• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ मंसिर ३, बुधबार | Wednesday, 19, Nov, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १उ दिन सम्झँदा
  • २तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ३क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ४टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ५वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ६म संघीयताको हत्यारा हुँ
  • ७गन्तव्यः चौतारा टु पाँचपोखरी
  • ८१ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

प्राज्ञिक विद्यार्थी परिषदद्वारा शैक्षिक सामग्री वितरण

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ भाद्र ५, आईतबार (३ साल अघि)
  • ८१६ पाठक संख्या
  • Pragyik Bidyarthi Parisad

    बाह्रविसे । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ४ को शारदा माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।

    परिषद्ले प्रति विद्यार्थी १ थान झोल, १ थान टोकी, १ थान र्यापिड इङ्लिस बुक, ५ थान अभ्यास पुस्तिका प्रदान गरेको छ । त्यस्तै विज्ञान तथा कक्षा १० को लागि इन्स्ट्रमेन्ट बक्स र विद्यालयको प्रयोजनको लागि ५ थान शब्दकोश समेत हस्तान्तरण गरिएको प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकालले जानकारी दिए ।

    शैक्षिक सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले दातृनिकायको काम अनुकरणीय भएको र आफ्नो कार्यकालमा नगरले शिक्षा क्षेत्रमा दिनुपर्ने सबै सुविधा र काम–कारबाही सुरु भइसकेको बताए । उनले नगरमा कक्षा १२ सम्म निःशुल्क शिक्षा र ८ सम्म दिवा खाजाको व्यवस्था गरिएको बर्ता । नगरको शिक्षा क्षेत्रलाई अझै प्रभावकारी बनाउन आफु र नगरपालिका सदैव लागिरहने बताए ।

    विद्यार्थीको शैक्षिक क्षेत्रमा योगदान पुर्याउने हेतुले शैक्षिक सामग्री सहयोग गरिएको बताउँदै राष्ट्रिय संगठन सचिव ढकालले निस्वार्थ रुपले विद्यार्थीहरुलाई सहयोग गर्ने परिषद्को मूख्य उद्देश्य रहेको भन्दै भूकम्प र कोरोना पीडितलाई पनि सहयोग गरेको सुनाए । उनले विद्यार्थीको समग्र व्यक्तित्व विकासको लागि काम गर्ने परिषद एक मात्र अर्गनाइजेशन भएको दाबी गरे । नेपाल भारत सनातनकालदेखि छिमेकी देश हुन भन्दै उनले भारतले शैक्षिक क्षेत्रमा नेपाललाई धेरै ठूलो सहयोग गर्दै आएको बताए ।

    परिषद्का महासचिव छितराज न्यौपानेले नेपालका हिमाली भेगमा अध्ययनरत विद्यार्थीहरूको आवश्यकतालाई महसुस गरी व्याग कपी, पिक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहत् शब्दकोश, टोपी लगायतका शैक्षिक सामग्रीहरू वितरणको सुरुवात शारदा मावीबाट गरिएको बताए । शैक्षिक सामग्री परिषद्को आग्रहलाई स्वीकार गरी भारतीय जनता र भारत सरकारको सहगोगबाट प्राप्त भएकोसमेत उनले बताए ।

    कार्यक्रममा विद्यालयको प्रधानाध्यापक नीलप्रसाद सुवेदीले शैक्षिक सामग्री सहयोग गरेकोमा प्राज्ञिक विद्यार्थी परिषद्लाई धन्यवाद ब्यक्त गर्दै यस्ता सहयोगले विद्यालय र विद्यार्थी दुबैलाई सकरात्मक प्रभाव पर्ने बताए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उ दिन सम्झँदा

  • तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

  • क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

  • टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम


  • ग्लोबल अपडेटथप

    उ दिन सम्झँदा

    Poem Sambhu

    तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

    Tatopani

    क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

    CAN

    टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

    Game
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution