• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ माघ १५, आईतबार | Sunday, 29, Jan, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)
  • २३० परिवारको निःशुल्क जीवन बिमा
  • ३पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी
  • ४बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त
  • ५पशु फर्ममा आगलागी हुँदा ५० लाख बढीको क्षति
  • ६बाग्मती प्रदेशले पायाे ११ मन्त्री (नामसिहत)
  • ७बालविकास सहजकर्ताहरुको लागि मन्टेश्वरी तालिम प्रदान
  • ८नमूना पोषण पाठशालाले मनायो पोषण दिवस

तातोपानी नाकाबाट भित्रियो केही कन्टेनर

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ भाद्र २७, सोमबार (४ महिना अघि)
  • ३६३ पाठक संख्या
  • Tatopani Border

    चौतारा । चीनको स्वशासित क्षेत्र तिब्बतका विभिन्न शहरमा कोरानाको कारण ८ अगस्टदेखि लगाइएको लकडाउन खुकुलो भएसँगै तिब्बतमा रोकिएको दशैँका सामानहरु भित्रन थालेको छ ।

    एक महिनापछि चीनले तातोपानी नाकाबाट आईतबार सामान नेपाल पठाएको छ । चीनतर्फ रोकिएको लसुनसहितका सामान बोकेका केही कन्टेनर नेपालतर्फ पठाएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार चीनले नियमित रुपमा नै नाका खुलाएको हो वा हैन भन्नेबारे अन्योल रहेको बताए ।

    ‘केही ट्रक सामान आएका छन्, यो नियमित हुन्छ कि हुँदैन भनेर चिनियाँ पक्षसँग छलफल गरौं भनेको छु,’ उनले भने, ‘अहिलेसम्म नाका खुलेको हो वा हैन भन्ने यकिन छैन । गत २५ साउनमा चीनले नेपालतर्फका दुवै स्थल नाका बन्द गरेको थियो । चीनको तिब्बत क्षेत्रमा कोभिड–१९ संक्रमण बढेको भन्दै तातोपानी र रसुवागढी नाका चिनियाँहरुले बन्द गरेका थिए । दसैँलगायत चाडबाडलक्षित सामान तिब्बत क्षेत्रमै रोकिएका छन् । झन्डै ५० कन्टेनर स्याउ कुहिने अवस्थामा पुगेको बताइएको छ । नेपालका लागि स्याउ ल्याउने व्यापारी सबै चिनियाँ नै हुन् । त्यसैले चिनियाँ व्यापारीले सुरक्षा सावधानी अपनाएर भए पनि उत्तरी नाका खुलाउन सरकारलाई दबाब दिइरहेका छन् ।

    चीनबाट आउने सामानहरुको आपूर्ति कमजोर हुँदा बजारमा मूल्य बढेको छ भने बजारमा कतिपय वस्तुको अभाव सुरु भएको छ । चीनमा रहेको नेपाली दुतावासको पहली कदमले केहि कन्टेर भएपनि भित्रिएको भोटेकोशी चेम्बर अफ कमर्शका अध्यक्ष फुनु शेर्पा बताउँछन् । उनका अनुसार करिब एक सय कन्टेनर खासा नाकामा रोकिएका छन् ।

    आईतबार सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ र नेपाल हिमालय सीमापार बाणिज्य संघका पदाधिकारी र व्यवसायीहरुले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई तातोपानी नाका खोल्न आईतबार ज्ञापनपत्रसमेत बुझाएका थिए । उनीहरुले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन् । व्यवसायीहरुको ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री खड्काले तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताए । मन्त्री खड्काले नाका सहज रुपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षहरुसँग पनि कुरा गरिरहेको जानकारी दिए ।

    उनले चिनियाँ पक्षसँगको भेटमा पनि नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिने प्रतिबद्धता जनाए । उनले दशैंभन्दा अघि नै आपूर्ति सहज हुने हिसाबले सकारात्मक नतिजा दिने बताए । उनले दशैंभन्दा अघि नै आपूर्ति सहज हुने हिसाबले सकारात्मक नतिजा दिने बताए । उनले सोमवार चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउने र मंगलबार आफूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै उनीसँगको भेटमा नाका सञ्चालनको बारेमा कुरा राख्ने बताए । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चान्सु सोमबार ४ दिने नेपाल भ्रमणमा आउँदै छन् ।

    सो भेटमा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले तातोपानी नाका २०७२ सालको जस्तै गरी सञ्चालन गरे व्यवसायीहरुले राहत पाउने बताए । उनले परराष्ट्रमन्त्रीले यसबारेमा पहल गरिदिने र चाँडै व्यापार, व्यवसायको व्यवस्थापन हुनेमा आफू आशावादी रहेको बताए । अध्यक्ष बस्नेतले व्यावसायीहरु आफ्नो लगानी डुब्ने अवस्थामा रहेको चिन्तित भएको भन्दै नाका तत्काल सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

  • ३० परिवारको निःशुल्क जीवन बिमा

  • पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी

  • बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त


  • ग्लोबल अपडेटथप

    एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

    Exam

    ३० परिवारको निःशुल्क जीवन बिमा

    Jugal

    पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी

    Agni

    बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

    Bagmati
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution