• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ आश्विन ३०, शुक्रबार | Friday, 16, Oct, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

बौद्धिक अपाङ्ता बालबालिकालाई हाम्रो जन्मभूमिले गरायो भोजन

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ भाद्र ३१, शुक्रबार (४ साल अघि)
  • ८२० पाठक संख्या
  • Hamro Janmabhumi

    चौतारा । हाम्रो जन्मभूमि समाजिक संस्थाले सिन्धुपाल्चोकको चौतारामा रहेको बौद्धिक अपाङ्गता अभिभावक संघले सञ्चालन गरेको छात्रावासमा बालबालिकालाई एक दिवसीय भोजन कार्यक्रमको गरेको छ ।

    श्री कृष्ण आधारभूत विद्यालयमा परिसरमा रहेको छात्राबासमा सातजना आवाससहितको सुविधामा अध्ययन गरिरहेका छन् । शुक्रबार भएको कार्यक्रममा संस्थाको अध्यक्ष गीता श्रेष्ठले बालबालिकाका लागि पोषणयुक्त खाद्यान्न खरिदका लागि पाँच हजार रुपैंयासमेत सहयोग गरेकी थिईन् । सहयोग रकम बौद्धिक अपाङ्ताका अभिभावक संघ सिन्धुपाल्चोककी अध्यक्ष जानकी श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।

    समाजिक अभियानमार्फत शिक्षा, स्वास्थ्य र सिंगो मानवताको पक्षमा विभिन्न कार्य गर्दै आइरहेको यो संस्थाले स्थापनाको एकवर्ष भित्रमा गरेको २५औं कार्यक्रम हो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का पूर्व वडा अध्यक्ष नरमान श्रेष्ठले हाम्रो जन्मभूमि सामाजिक संस्थाले समाजको विविध पाटोमा खेल्दै आएको भूमिकाको प्रशंसा गरे । ‘यो संस्थाले छोटो समयमा धेरै महत्वपूर्ण काम गरेको पाएको छु’, उनले भने ।

    सिन्धुपाल्चोकमा दर्ता भएको यो संस्थाले सामाजिक सञ्जालको प्रयोग गर्दै देशभर आफ्ना गतिविधि सञ्चालन गरिरहेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्ष जीवन श्रेष्ठले सामाजिक सञ्जालको दुरुपयोग बढिरहेको अवस्थामा हाम्रो जन्मभूमिले त्यसको सदुपयोग गर्दै सामाजिक कार्यमा अग्रसर भएको प्रति संस्थाको प्रशंसा गर्दै उदारणीय बनेको बताए ।

    एक दिवसिय भोजन कार्यक्रमका बौद्धिक अपाङ्ताका अभिभावक संघ सिन्धुपाल्चोककी अध्यक्ष जानकी श्रेष्ठ, भिन्तुना आमा समूहकी सचिव विन्दु घलेले संस्थाले समाजिक र मानवीय क्षेत्रमा पुर्याउँदै आएको योगदान सह्रानीय भएको भन्दै संस्थाको प्रगतिको शुभकामना प्रदान गरेका थिए ।

    ‘केहि सामाजिक काम गरौं भन्ने भावनाका साथ हामी समाजिक सञ्जाल टिकटकमा जोडिएको केही व्यक्तिहरुको सामूहिक प्रयासबाट सो संस्थाको गठन भएको हो’, कार्यक्रममा संस्थाको उद्देश्यबारे प्रष्ट्याउँदै अध्यक्ष गीता श्रेष्ठले भनिन्– ‘यो संस्थाले ओझलमा रहेका र बढी सहयोगको आवश्यकता रहेका क्षेत्रमा सहयोगको कार्यक्रम गर्दै आएको छ ।’ संस्थाको सदस्यहरु, आजीवन सदस्य र केहि मनकारी व्यक्तिहरुको सहयोगबाट देशभर यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनले बताईन् ।

    त्यस्तै शुक्रबार नै सो संस्थाले २६औं कार्यक्रम अन्तर्गत काठमाण्डौं कलंकी रविभवन- १३ स्थित बृद्धाश्रम व्यवस्था तथा सामाजिक कल्याण गुठी आमा घरमा बृद्धाश्रमामा आश्रित बृद्धाहरुका लागि एक दिवसीय भोजन कार्यक्रमको आयोजना गरेको छ । हाम्रो जन्मभूमि सामाजिक संस्थाका बरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ सागरको सभापतित्वमा भएको कार्यक्रममा करिव ३० जना बृद्धालाई भोजनको व्यवस्थापन गरिएको थियो ।

    स्थापनाको छोटो समयमा नै आफ्नो बेगल पहिचान बनाउन सफल हाम्रो जन्मभूमि समाजिक संस्थाले यसअघि पनि क्यान्सर, मृगौला पीडितहरुका लागि उपचार गर्न आर्थिक सहयोग प्रदान गरेको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution