• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

मेलम्ची नगर उद्योग वाणिज्य सघंको अध्यक्षमा धिताल

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ भाद्र ३१, शुक्रबार (३ साल अघि)
  • ९५१ पाठक संख्या
  • Melamchi Nagar Uddhog Banijya

    मेलम्ची । मेलम्ची नगर उद्योग वाणिज्य सघंको प्रथम साधारण सभा मेलम्चीमा सम्पन्न भएको छ ।

    सभाबाट २ वर्षे कार्यकालको लागि पुष्कर धितालको अध्यक्षतामा ३१ सदस्य कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुबास बानियाँ, वाणिज्य तर्फको उपाध्यक्ष जनकलाल श्रेष्ठ, उद्योग तर्फ उपाध्यक्ष कालीमाया वाइवा, वस्तुगत तर्फ उपाध्यक्ष रामचन्द्र श्रेष्ठ चयन भएका छन् । समितिको महासचिव तारा बानियाँ, सचिव एकलाल श्रेष्ठ, उपसचिव चन्दा श्रेष्ठ र कोषाध्यक्षमा प्रतिमा धिताल चयन भएका छन् ।

    सभाले ३ सदस्य सल्लाहकार समिति पनि गठन गरेको छ । समितिको संयोजकमा विजयकृष्ण श्रेष्ठ, सदस्यहरुमा रुद्रप्रसाद दुलाल र प्रेम नारायण लामिछाने चयन गरिएको हो । कार्यक्रममा सघंका महासचिव तारा बानियाँले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष प्रतिमा धितालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

    कार्यक्रममा मेलम्ची नगरपालिकाको प्रमुख आइतमान तामाङले मौसम हेरेर मेलम्चीमा तत्काल अस्थाई ह्युम पाइप राखिने बताए । उनले दशैं अघि नै यातायात सञ्चालनको लागि ह्युम पाइप राख्ने योजना रहेको जनाए । स्थायी रूपमा यातायात सञ्चालनको लागि मेलम्ची खोलामा बेलिबृज राख्नको लागि नगरपालिकाको बजेटले मात्र नपुग्ने भएकाले थप रकमको लागि मन्त्रालयमा प्रयत्न गरिरहेको तामाङले जानकारी दिए ।

    कार्यक्रममा उद्योग वाणिज्य सघं बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले उद्योग वाणिज्य सघंले गर्ने काम र समन्वय तरिका बारेमा जानकारी गराएका थिए । राष्ट्रिय व्यापार सघंका पूर्व अध्यक्ष तथा समाजसेवी नयनबहादुर पण्डितले यस क्षेत्रमा पहिला ब्यापारीक केन्द्र नै नभएको, ब्यापार गर्ने तरिका नै थाहा नभएको सन्दर्भमा अहिले उद्योग वाणिज्य सघं नै खोल्नु भनेको ठूलो सफलता भएको बताए ।

    साधारण सभा मेलम्ची नगरपालिकाको उप्रप्रमुख उमा प्रधान, वडा नम्बर ९ का वडा अध्यक्ष किरणदिप खड्का, वडा नम्बर ११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङ, वडा नम्बर ११ का पूर्व वडा अध्यक्ष रुद्रप्रसाद दुलाल, समाजसेवि सिद्धिनारायण श्रेष्ठ लगायतले आफ्नो धारणा राखेका थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution