• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ४, बिहिबार | Thursday, 20, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

जिल्ला अन्तर वडा स्तरीय पुरूष भलिबलको उपाधी पाङ्ताङ युवा समाजलाई

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ आश्विन १२, बुधबार (३ साल अघि)
  • १०६८ पाठक संख्या
  • IMG-cde799d8013903fff3b156194fec58e6-V
    फाईल तस्विर

    ढाडे:पाङ्ताङ युवा समाजको आयोजनामा जिल्ला कै सर्वाधिक ठूलो पुरस्कार राशी को प्रथम सिन्धुपाल्चोक जिल्ला अन्तर वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता २०७९ को उपाधी पाङ्ताङ युवा समाजले पारेको छ।

    पाङ्ताङ युवा समाजको आयोजनामा संचालित प्रतियोगिताको बुधबार सम्पन्न शानदार अनि रोमाञ्चक फाइनल खेलमा मेलम्ची नगरपालिका वडा नं ७ छापलाई ३-२ को सेटमा पाखा लगाउदै आयोजक पाङ्ताङ युवा समाजले उपाधी जितेको हो ।

    उल्लेख्य दर्शकले खचाखच भरिएको कार्तिकेको खेल मैदानमा उच्च मनोबलका साथ फाईनल भिडन्त मा उत्रेको पाङ्ताङ युवा समाजले उपाधी संगै नगद एक लाख, कप,मेडल तथा प्रमाणपत्र हात पारेका छन्।

    फाईनलमा हार ब्यहोरेको मेलम्ची नगरपालिका वडा नं ७ छाप उपबिजेतामा सिमित रहदै नगद ७० हजार, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै प्रतियोगितामा मेलम्ची ७ तृतीय हुँदै नगद ४० हजार, कप, मेडल तथा प्रमाणपत्र हात पारेका छन् भने हेलम्बु ५ ले सान्त्वना स्थान हुँदै नगद १५ हजार, कप, मेडल तथा प्रमाणपत्र हात पारेका छन्।

    कार्यक्रममा प्रमुख अतिथि रेशम स्याङवोले खेलकुदको विकासले शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा समेत ऊर्जा दिने र युवाहरुलाई यस्ता खालका प्रतियोगिताले गतिशीलता र क्रियाशीलता प्रदान गर्ने हुदा आगमी दिनमा गाउँपालिकले यस्ता खालका प्रतियोगिता सन्चालन गर्ने मन्तब्य राख्नु हुँदै बिजयी खेलाडीहरुलाई बधाई दिँदै आयोजकलाई धन्यवाद दिनु भएको छ।

    प्रतिस्पर्धात्मक खेल निकै रोचक रहेको थियो। विजेता खेलाडीलाई जुगल गाउँपालिका प्रमुख रेशम स्याङबोले पुरस्कार प्रदान गरेका हुन्।

    उक्त कार्यक्रम वडा अध्यक्ष प्रेम तामाङकाे अध्यक्षतामा जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबो को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

    कार्यक्रममा माओबादी केन्द्र जुगल गाउँपालिका अध्यक्ष ईश्वर गुभाजु, नेपाली कांग्रेस का गाउँपालिका सचिब गौरव श्रेष्ठ आयोजक सुरज गुभाजु खेलाडी लगायतको उपस्थितिमा सम्पन्न भएका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै

  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution