• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ माघ १५, आईतबार | Sunday, 29, Jan, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)
  • २३० परिवारको निःशुल्क जीवन बिमा
  • ३पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी
  • ४बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त
  • ५पशु फर्ममा आगलागी हुँदा ५० लाख बढीको क्षति
  • ६बाग्मती प्रदेशले पायाे ११ मन्त्री (नामसिहत)
  • ७बालविकास सहजकर्ताहरुको लागि मन्टेश्वरी तालिम प्रदान
  • ८नमूना पोषण पाठशालाले मनायो पोषण दिवस

‘रेफर सेन्टर’ बन्यो चौतारा अस्पताल, निःशुल्क औषधिको चर्को शुल्क

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ कार्तिक १०, बिहिबार (३ महिना अघि)
  • २९९ पाठक संख्या
  • Chautara Hospital

    चौतारा । कानको उपचारको लागि चौतारा अस्पताल पुगेका लक्ष्मण विष्टले उपचारमा आवश्यक सामग्री नभएको अस्पताल प्रशासनको जवाफपछि त्यसै फर्किनु पर्यो । अस्पताल प्रशासनले नै उनलाई काठमाडौँका अस्पतालहरू जान आग्रह गरे ।

    सिन्धुपाल्चोकवासीलाई अस्पतालको यस्तो जवाफ पहिलो भने होइन । अस्पताल पुग्ने प्रायः बिरामीले पाउने जवाफ यस्तै यस्तै हुने गर्छ । पछिल्लो समय चौतारा अस्पताल ‘रेफर सेन्टर’ जस्तो मात्रै बनेको स्थानीयको दुखेसो छ । उपचारका लागि आवश्यक सामान्य सामग्री र चिकित्सक नहुँदा सिन्धुपाल्चोकवासी सामान्य उपचारका लागि समेत काभ्रेको धुलिखेल वा राजधानी काठमाडौं नै पुग्नुपर्ने बाध्यतामा छन् ।

    सदरमुकाममा चौतारास्थित यो अस्पताल बागमती प्रदेशअन्र्तगत सञ्चालित छ । अस्पतालको सेवा सुधारको नारा पटक पटक सुने पनि अस्पताल स्वयं भने ‘कोमा’मा रहेको सर्वसाधारणको आरोप छ ।

    निःशुल्क औषधिमा चर्को शुल्क
    चालु आर्थिक वर्ष ०७९/८० को बजेटमा हरेक सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने घोषणा भएको थियो । तर चौतारा अस्पतालको फार्मेसीमा अहिले पनि निःशुल्क पाइने औषधिको नामावली ७० प्रकारका मात्रै छ ।

    निःशुल्क भनी लेखिएको औषधि कै समेत अस्पतालले बिल काटेर खुलेआम शुल्क लिइरहेको सेवाग्राहीहरू बताउँछन् । चौताराका ठाकुर श्रेष्ठ भन्छन्, ‘निःशुल्क औषधि अस्पतालले सञ्चालन गरेको फार्मेसीमा छैन । नजिकैको निजी मेडिकलमा जानुपर्छ । निःशुल्क औषधिको नाममा यसरी अनियमितता मौलाएको छ ।’

    सबै बिरामीको उपचार एउटै कोठामा
    अस्पतालमा दैनिकजसो भिडभाड हुने गरेको छ । सेवामा मात्रै होइन अस्पतालको व्यवस्थापन पनि निकै कमजोर छ । शौैचालयबाट निस्केपछि हात धुन धारोमा पानी हुँदैन । एक्सरे, रगत परीक्षण मेसिन जस्ता सामग्री एक पटक बिग्रिएमा लामो समयसम्म बन्दैन । भवन निर्माणको क्रम रहेकाले सबै बिरामीलाई एउटै कोठामा राखेर उपचार गरिन्छ ।

    जेष्ठ नागरिकले पनि निःशुल्क उपचार पाउँदैनन्
    कानुनमा जेष्ठ नागरिकहरूलाई सरकारी अस्पतालमा ५० प्रतिशत छुट दिनुपर्ने हो । तर, यो अस्पतालले राज्यले जारी गरेको कानुन समेत नटेर्ने गरेको नेपालका बारका अध्यक्ष एवं अधिवक्ता भुपेन्द्र थिङले बताए । बुबाको उपचार गर्दा कुनै छुट नपाएको र यसबारे प्रश्न गर्दा अनेक बाहाना गरेको उनको भनाइ छ ।

    चौतारा अस्पताल व्यवस्थापन समिति अध्यक्ष टंक कार्कीले भने न्यूनतम सेवा मापदण्ड कुनै पनि स्वास्थ्य संस्थाको ऐना भएको र कमजोरी भएको भए सुधारेर जाने बताए । डिसी नेपालबाट

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

  • ३० परिवारको निःशुल्क जीवन बिमा

  • पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी

  • बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त


  • ग्लोबल अपडेटथप

    एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

    Exam

    ३० परिवारको निःशुल्क जीवन बिमा

    Jugal

    पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी

    Agni

    बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

    Bagmati
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution