• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

गठबन्धनका उम्मेदवार जिताउन बाह्रबिसेबाट बस्नेतको आह्वान

Durga Stha दुर्गाबहादुर श्रेष्ठप्रकाशित मिति: २०७९ कार्तिक १४, सोमबार (३ साल अघि)
  • ६७६ पाठक संख्या
  • received_4249295505294604
    फाईल तस्विर

    बाह्रबिसे :नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार मोहन बहादुर बस्नेतले कुनै अफ्ठेरो नमानी गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आह्वान गरेका छन् ।

    लोकतान्त्रिक वाम गठबन्धन सिन्धुपाल्चोक क्षेत्र न. १ प्रदेश सभा ‘क’ स्तरिय अगुवा कार्यकर्ता भेलालाई आज बाह्रबिसेमा सम्बोधन गर्दै नेता बस्नेतले गठबन्धनको केन्द्रिय नीतिबाट आफू २ नम्बर क्षेत्रमा उम्मेदवार बनेको स्पष्ट गर्दै जिल्लाभर सबै उम्मेदवारलाई जिताउन नेता कार्यकर्तालाई अपिल गरे ।
    “म यहाँ आउँदा साथीहरुलाई निराश देखे , अब निराश हुनु पर्दैन, म २ नम्बरबाट सानदार मतले जित्छु, यहाँ माओवादीका उम्मेदवार जिताउनुहोस”उनले भने । पार्टीले आफ्नो क्षमता देखेरै २ नम्बरको उम्मेदवार बनाएको बताउदै इमानदार भएर साझा उम्मेदवार जिताउन आग्रह गरे । उनले गठबन्धनले एकतावद्द भएर सहयोग गर्छ भन्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।
    क्षेत्र नम्बर १ का गठबन्धनका साझा उम्मेदवार एवम् माओवादी पोलिटब्युरो सदस्य माधव सापकोटा सुबोधले इमानदार भएर गठबन्धनका सबै साझा उम्मेदवार जिताउन अपिल गरे । उनले नेता मोहन बस्नेतको नेतृत्वमा विकास र समृद्धिका काम अघि बढाउने प्रतिवद्द्ता व्यक्त गरे । क्षेत्र नम्बर १ मा माओवादीलाई आएको मत क्षेत्र नम्बर २ मा काङ्ग्रेसको चिन्हमा परिणत हुने चर्चा गर्दै गठबन्धनको राष्ट्रिय आवश्यकता बारे स्पष्ट गरे । जितपछी साझा प्रतिनिधिका रुपमा काम गर्ने उनको भनाइ थियो ।

    एकीकृत समाजवादीका केन्द्रिय सदस्य सुवास कर्माचार्यले बिना हिचकिचाहट क्षेत्र नम्बर १ मा माधव सापकोटा सुबोध र क्षेत्र नम्बर २ मा मोहन बहादुर बस्नेतलाई एवम् प्रदेश सभामा साझा उम्मेदवारहरुलाई मतदान गर्न अपिल गरे । उनले मङ्सिर ४ सम्म पार्टीको नभएर गठबन्धनको कुरा गर्न आग्रह गरे ।

    सिन्धुपाल्चोक १ को प्रदेश ख का उम्मेदवार सरल सहयात्री पौडेलले नेता मोहन बहादुर बस्नेतको नेतृत्वमा सिन्धुपाल्चोकको विकास गरेर सिन्धुपाल्चोकलाई बदल्ने दृढता व्यक्त गरे । प्रतिगमनकारी सोचलाई परास्त गर्न क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ साझा उम्मेदवार माधव सापकोटा सुबोधलाई गोलाकार भित्रको हसिया हतौडामा मतदान गर्न र प्रदेश सभा क मा मसिना खड्का भणडारीलाई मतदान गर्न उनको आग्रह थियो ।
    एकीकृत समाजवादी केन्द्रिय सदस्य एवम् समानुपातिक उम्मेदवार भगवती नेपालले गठबन्धनका साझा उम्मेदवारलाई मत माग्दै गाउँ बस्ती जान र मतदान गर्न आग्रह गरिन।
    क्षेत्र नम्बर १ प्रदेश सभा क का उम्मेदवार मसिना खड्का भण्डारीले पार्टी कुनै इगो नराखी साझा उम्मेदवारलाई मतदान गर्न आग्रह गरिन ।
    माओवादीका समानुपातिक उम्मेदवार लालकान्छा तामाङले गठबन्धनका साझा उम्मेदवारलाई मत हाल्ने प्रतिवद्द्ता व्यक्त गर्दै सोही अनुसार गर्न अपिल गरे ।
    काङ्ग्रेसका बागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठले गठबन्धन जनताले चाहेको राष्ट्रिय आवश्यकता रहेको चर्चा गरे।
    बाह्रबिसे नगरपालिकाका प्रमुख एवम् काङ्ग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले अलमलमा नपरी साझा उम्मेदवारलाई मतदान गर्न नेता कार्यकर्तालाई अपिल गरे । एमाले लाखापाखा लागिसकेको र गठबन्धनको जित सुनिश्चित भएको उनको टिप्पणी थियो ।
    काङ्ग्रेसका नेता भरत बोहराले यो सम्विधान रहेसम्मा गठबन्धन रहने बताउदै दुविधामा नपरी माओवादीलाई मतदान गर्न नेता कार्यकर्तालाई विशेष अपिल गरे ।

    काङ्ग्रेस नेता डा प्रेमध्वज लामाले ब्यवस्था र सम्विधान जोगाउन गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।
    माओवादी जिल्ला संयोजक गोबिन्द पराजुलीले सम्पूर्ण नेता कार्यकर्तालाई ईमानदार भएर साझा उम्मेदवारलाई भोट हाल्न अनुरोध गरे।
    काङ्ग्रेस नेता केदार क्षेत्रीले गठबन्धन दलका नेता कार्यकर्तालाई साझा उम्मेदवारलाई भोट हाल्न कुनै अफ्ठेरो नभएको बताए । उनले गठबन्धनलाई हालेको भिटको श्रेय मोहन बस्नेतलाई जाने भनाइ राखे ।काङ्ग्रेस जिल्ला सभापति जङ्ग बहादुर लामाले चुनाव नजिक आइसकेकोले गाउँ फर्केर साझा उम्मेदवार जिताउने काममा लाग्न अपिल गरेका छन।

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution