• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ १६, सोमबार | Monday, 30, Jun, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • २गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ३खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • ४पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ५खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ६कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ७लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु
  • ८सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया

१ करोड ७१ लाख लागतमा निर्मित विद्यालय भवन समुदायलाई हस्तान्तरण

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ कार्तिक १४, सोमबार (२ साल अघि)
  • ९०८ पाठक संख्या
  • Nepal Hilfe

    चौतारा । नेपाल हिल्फे वाइलग्रिस ईभी जर्मनीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ९ सिरानचौरमा रहेको सेतीदेवी आधारभुत विद्यालयको भवन निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरेको छ ।

    कुल १ करोड ७१ लाख रुपैंयामा भवन निर्माण पूरा भएको निर्माण सहकार्य संस्था जनहित ग्रामीण सेवा समितिले जनाएको छ । १ करोड २९ लाखको लागतमा भवन, ३४ लाख लागतमा घेराबारका साथै शौचालय र खेलमैदानसहित सुविधा सम्पन्न विद्यालय तयार भएको समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले जानकारी दिए । विद्यालयको जग्गाका लागी स्थानीयले ८ लाख जन श्रमदानबाटै जुटाएका थिए । जग्गा सम्याउनको लागि चौतारा साँगाचोकगढी नगरपालिकाले ३ लाख रुपैंया समेत प्रदान गरको थियो ।

    नव निर्मित विद्यालय भवन सोमबार एक कार्यक्रमका बीच नेपालहिल्फे वाइलग्रिस ईभीका अध्यक्ष म्यानफ्रिड लिन्डरले विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरे । अध्यक्ष लिन्डरको टोलीले कक्षाकोठाको अवलोकन समेत गरेको थियो । कोभिडका कारण विद्यालय निमार्ण सम्पन्न गर्न ढेड वर्ष लागेको जनहित ग्रामीण सेवा समितिका अध्यक्ष भरत सापकोटाले बताए । कक्षा ४ सम्म पढाई हुने विद्यालय भूकम्प पछि अस्थाई सिकाई केन्द्रबाट पठनपाठन हुँदै आएको थियो । विद्यालयको लागि समुदायको अपनत्व र सहयोगका कारण भवन लगायतका संरचना निमार्ण उत्कृष्ट भएको अध्यक्ष सापकोटाले बताए ।

    नेपाल हिल्फे वाइलग्रिस ईभी जर्मनीले सिन्धुपाल्चोकमा १९ वटा विद्यालय सहित थप सहयोगका २ गरी २१ वटा विद्यालय निमार्ण गरेको हिल्फेका कार्यक्रम संयोजक श्याम पण्डितले बताए । फर्निचरदेखि शौचालय ल्याब लगायत विद्यालयले माग गरेका आवश्यकता पूरा गर्दै गएको हिल्फेका कार्यक्रम संयोजक पण्डितको भनाई छ । नेपाल हिल्फे वाइलग्रिसले विशेषतः च्यारीटी शो गरेर रकम संकलन गर्दै स्वयम्सेवक ढंगले रकम सहयोग गर्ने गरेको छ । पर्वतारोही, ईन्जिनियर, डाक्टर, अफिसरहरु लगायत जर्मनी विद्यार्थीहरुबाट संकलित रकमबाट हिल्फे वाइलग्रिसले काम गर्दै आएको छ ।

    Melchour
    यसैबीच सोमबार नै नेपाल हिल्फे वाइलग्रिसको आर्थिक सहयोग र जनहित ग्रामीण सेवा समितिको सहकार्यमा मेलचौर स्थित ज्ञान मन्दिर माध्यमिक विद्यालयको शिक्षकहरु बस्ने क्वाटरको पनि उद्घाटन र हस्तान्तरण गरिएको हो । शिक्षकहरुलाई आवासको रुपमा प्रयोग गरिनेसो क्वाटर निमार्णको लागि संस्थाले ६५ लाख उपलब्ध गराएको हो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

  • गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

  • पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द


  • ग्लोबल अपडेटथप

    बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

    Aparad

    गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    Helth Camp

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News

    पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द

    purbaaraniko-mk
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution