• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ अषाढ २८, आईतबार | Sunday, 12, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

भोटेकोसीका बासिन्दाले भने युवा र महिला उम्मेदवार पाउँदा खुसी छौं, जिताउने हो

Durga Stha दुर्गाबहादुर श्रेष्ठप्रकाशित मिति: २०७९ कार्तिक १५, मंगलबार (३ साल अघि)
  • १०४७ पाठक संख्या
  • received_808273533723533
    फाईल तस्विर

    चीनसँग नाका जोडिएको भोटेकोसी गाउँपालिमा स्थानीयले मंसिर ४ मा हुने चुनावमा युवा र महिला उम्मेदवार जिताउने बताएका छन् ।

    भोटकोसीमा भएका भेटघाट तथा चियापानका सहभागीले प्रतिनिधि सभातर्फ युवा उम्मेदवार माधव सापकोटा सुबोध र प्रदेशमा सक्षम महिला उम्मेदवार मसिना खड्का पाउनुमा आफूहरुले गर्व गरेको बताए ।

    सोमबारसाँझ तातोपानीमा, आइतबार विहान कोदारी, लालबिर चोक, १० किलो, लार्चा र नारायण स्थानमा भएका भेटघाट तथा भेलाका सहभागीले युवा उम्मेदवारमा आफूहरुको विश्वास रहेको भनाई पटक पटक दोहोर्याएका थिए । ४० बर्षकै उमेरमा लामो राजनीतिक अनुभव बटुलिसकेका युवा उम्मेदवारको जोस र पत्यक्षतर्फ महिला उम्मेदवार पाउनु सिन्धुपाल्चोक क्षेत्र नं १ का लागि मात्रै नभएर देशकै लागि गर्वको विषय भएको आम नागरिको भनाई थियो ।

    विहान लालबिर चोकमा भएको चियापानमा बोलेका दल आवद्ध र दल बाहिरका स्थानीयले उम्मेदवारहरुलाई भव्य स्वागत गरेर गठबन्धनलाई सहज अनुमोदन गरे । स्थानीय युवा कुमार श्रेष्ठले नामै लिएर युवा र महिला उम्मेदवारलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए । युवा हुनुहुन्छ, विश्वास गरेर भोट हाल्छौं, जिताउँछौं, हामीलाई वेवास्ता नगर्नुहोस श्रेष्ठले भने ।तातोपानी नाकाको पुरानै लयमा सञ्चालन, अननिको हाइवेको व्यवस्थित स्तरोन्नति, स्थानीय बाटोलगायतका विषयमा युवा उम्मेदवार संवदेशील पाएको स्थानीयको भनाई थियो ।
    कोदारी र लार्चामा भएको कार्यक्रममा पनि स्थानीयले आफ्नो विश्वास युवा र महिला उम्मेदवारमा रहेको खुलेरै बताए ।

    भुकम्प र पटक पटकको बाढी पहिरोले पीडामा रहेका भोटकोसीका बासिन्दाले विकासका लागि युवाबाट मात्रै सम्भव भएको सुनाए । गठबन्धनमा रहेका दलका नेता कार्यकर्ताको संयुक्त उपस्थिति र गहिरो मिलन देखिने भोटेकोसीमा नारान स्थानमा पनि उत्तिकै रौनक देखियो ।

    कांग्रेसका वागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठले मोहन बस्नेतले गठबन्धनका उम्मेदवार जिताउन दिएको निर्देशनको पालना गर्दै पुरै कांग्रेस पंक्ति गाउँ बस्तिमा खटेको बताउँदै गठबन्धनका साझा उम्मेदवार जिताएरै छोड्ने प्रतिवद्धता व्यक्त गरे ।

    कांग्रेसका क्षेत्रीय सभापति एवं बाह्रविसेका मेयर बालकृष्ण बस्नेतले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै मोहन बस्नेतले १ नंबरमा माधब सापकोटालाई जिताउन सँगै हिड्न निर्देशन दिएको बताए । सुबोधलाई पनि मलाई नै सम्झेर भोट हाल्नुस र जिताउनुस भन्ने खबर आदरणीय नेता मोहन बस्नेतले भन्नुभएको छ, उनले भने ।नेता दोर्जे लामाले पनि आफूलाई सम्झेर सुबोधलाई जिताउन आग्रह गरे । उनले भने सुबोधले जिते मात्रै भोटेकोसीको समग्र विकास सम्भव छ ।

    प्रतिनिधि सभाका साझा उम्मेदवार माधव सापकोटा सुबोध र क्षेत्र नं १ को प्रदेश सभा क का उम्मेदवार मसिना खड्का भण्डारीले स्थानीको कुरा सुनेपछि आफूहरु साथसाथै रहने र स्थानीयको सुख दुखमा साथ दिने प्रतिवद्धता व्यक्त गरेका थिए । स्थानीय चुनावमा कांग्रेसले जितेको भोटेकोसीमा कांग्रेस र माओवादी मिल्दा विपक्षी निकै पछाडी देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution