• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ १, शुक्रबार | Friday, 15, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

सुबोध र मसिनालाई भोटेकोसीले दियो थप ऊर्जा

प्रकाशित मिति: २०७९ कार्तिक १७, बिहिबार (३ साल अघि)
  • ६९६ पाठक संख्या
  • received_798280634777934
    फाईल तस्विर

    चीनसँग सिमाना जोडिएको भोटकोसी गाउँपालिकाका मतदाताले लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुलाई सत्कार गरेर जिताउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नंं १ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारहरुले चुनावी अभियानको सुरुआत गर्न भोटेकोसी गाउँपालिका रोजे । संघीय संसद, प्रतिनिधि सभा सदस्यका लागि साझा उम्मेदवार माधव सापकोटा सुबोध र क्षेत्र नं १ को प्रदेश सभा १ का उम्मेदवार मसिना खड्का भण्डारीले २०७२ सालको भूकम्प र कोरोना करहले प्रभावित बनेको चीनसँगको उत्तरी नाका तातोपानी क्षेत्रबाट चुनावी अभियान सुरु गर्दा मतदाताले जिताउने प्रतिवद्धता गरेर उर्जा थपिदिएका हुन् ।

    मंगबार र बुधवार भोटेकोसीका जनताको गुनासो र समस्या सुन्न पुगेका त्यहाँका स्थानीयहरु उल्लासका साथ बजारमा निस्किएर भव्य स्वागत गरे ।

    गाँउमा उम्मेदवार आउने खबर पाएपछि फुलमाला र खादाले स्वागत गर्न निस्किएका मतदाताको उत्साहले उम्मेदवार द्धय सापकोटा र खड्काले आफूहरु उत्साहित बनेको सुनाए । आफ्ना गाँउमा उम्मेदवार आएपछि खादा माला लगाइदिएर आफ्ना समस्या र गुनासो सुनाए । स्थानीयले मुख्यतः तातोपानी नाकाको सुचारु गरेर आफ्नो रोजिरोटी जोगाइदिन आग्रह गरेका थिए ।

    मतदाता आफ्नो गुनासो सुनाउदै गर्दा निरास भने थिएनन् । उनिहरुलाई गठबन्धनका तर्फबाट उम्मेदवार बनेका युवा नेता सुबोलाईलाई आफूहरुले विश्वास गरेको सुनाए । सुबोध उम्मेदवार बनेपछि विश्वास र भरोसा छ, स्थानीयको भनाई थियो ।

    स्थानीयका कुरा सुनेपछि साझा उम्मेदवार सुबोधले आफू पहिले पनि सधँै जनताको साथमा रहेको र भोलि पनि जनताकै साथमा रहने प्रतिवद्धता व्यक्त गरे ।

    ‘मेरो पहुचले हुने कामहरु मैले सहज रुपमा नै गर्नेछु र मेरो पहुचले नपुग्ने भोटेकोसीका समस्याहरु समस्या समाधान गर्न देशका शीर्ष नेता प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्थानीय माझ निम्त्याउनेछु छलफल गर्नेछु’ उनले भने खुलस्त कुरा राखे । ‘दुई शीर्ष नेतालाई ल्याएर भोटेकोसी र बाह्रबिसे क्षेत्रको बाढीपहिरो, तातोपानी नाकाको अवस्था र पर्यटन प्रवद्र्धन सम्बन्धि छलफल गर्छु,’ उनले थपे । ‘राज्यको ध्यान खिच्न चुनाबपछिको पाँच वर्षमा पाँच मिनेट पनि खेर फाल्दिन ।’ उनले प्रतिवद्धता व्यक्त गरे । नेता सापकोटाको भनाइमा स्थानीयले बरर तालि पिटे । भोटेकोसीको समग्र विकासका लागि योजना सहित उम्मेद्वारहरु घरदैलो आइपुग्दा स्थानीयहरु हर्षित भएका हुन् । नयाँ जोश र जाँगर बोकेका युवा उम्मेदवार र महिलाहरुको प्रतिनिधित्व गर्ने उम्मेदवार पाएकोमा उनिहरु निकै खुसि देखिए, त्यो खुसी व्यक्ति गरे ।

    मंसिर ४ मा खुसीलाई मतका रुपमा मतपेटिकामा खसाल्ने पटक पटक दोहोर्याए ।
    गाँउपालकाको वडा नं. २ कोदारीबाट सुरु भएर तातोपानी बजार, लार्चा, नाराणथान, हिन्दी, घिप्चे, साबुखानी, लिस्ति, चाकु बजार, मार्मिङ र नयाँपुलमा भएको कार्यक्रममा उस्तै उत्साह र उमंग थियो । ‘भोटेकोसीको भविश्य बनेर आएका युवा नेताहरुको स्वागत गर्न पाउदा निकै खुसि मिलेको छ, पक्कै हाम्रो गाँउले मुहार फेर्ने छ ।’ घिप्चेका स्थानीय साङगे शेर्पाले खुसी व्यक्त गरे ।

    कार्यक्रममा सँगसँगै रहेका गठबन्धन दलका नेताहरु पनि उम्मेदवार सापकोटाले गरेका प्रतिवद्धताको साक्षी बस्दै कुनै बस्दै गठबन्धनमा उम्मेद्वारलाई जिताउन आव्हान गरिरहेका थिए । उम्मेदवार सँगै गाँउगाँउमा पुगेका नेपाली कांग्रेस वागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठले नेता मोहन बस्नेतले गठबन्धनका उम्मेदवार जिताउन दिएको निर्देशन पालना गर्दै पुरै कांग्रेस पंक्ति गाउँ बस्तिमा खटेको बताए । उनले सबै कार्यक्रममा गठबन्धनका साझा उम्मेदवार जिताएरै छोड्ने प्रतिवद्धता व्यक्त गरे ।

    कांग्रेसका क्षेत्रीय सभापति एवं बाह्रविसेका मेयर बालकृष्ण बस्नेतले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै मोहन बस्नेतले १ नंबरमा सुबोधलाई जिताउन सँगै हिड्न निर्देशन दिएको बताए । सुबोधलाई पनि मलाई नै सम्झेर भोट हाल्नुस र जिताउनुस भन्ने खबर आदरणीय नेता मोहन बस्नेतले भन्नुभएको छ, उनले भने । यस्तै नेपाली कांग्रेस जिल्ला उपाध्यक्ष तथा भोटेकोशीमा परिचित युवा नेता नेता दोर्जे लामाले आफूलाई सम्झेर सुबोधलाई जिताउन आग्रह गरे । उनले भने ‘सुबोधले जिते मात्रै भोटेकोसीको समग्र विकास सम्भव छ ।’

    गाँउको विकासका लागि सहयोग गर्ने सबै एकै टिममा गोलबद्ध भएर गाँउमा पस्दा मतदाताहरुमा कुनै ठुलै पर्व आएको आभास गरिरहेका थिए । स्थानीयले स्वागत मात्रै गरेनन आफ्नोे गुनासोहरु समेत निर्धक्क भएर सुनाए । मतदाताले सुनाएका गुनासोहरु सुनेपछि उम्मेदवार सुवोधले भने, ‘झुटो आश्वासन दिन्न, काम गरेर देखाउँछु ।’ जित पछि पनि जनताकै बीचमा बसेर योजनाका खाका बनाउने बाचा गरिरहेका उनले अहिले र जित पछि पनि उस्तै व्यवहार गर्ने प्रतिवद्धता जनाए ।

    कार्यक्रममा गठबन्धन पार्टीमा आवद्ध नेता तथा कार्यबर्ता मात्रै उपस्थित थिएनन्, सो क्षेत्रका सामाजिक व्यक्तिहरुको समेतको उपस्थिति रहेको थियो । लामो समयदेखि व्यापार व्यवसायमा रहेर देशभर चिनिएका उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वेदबहादुर श्रेष्ठ, कमलकुमार श्रेष्ठ, पूर्वउपाध्यक्ष दोर्जे लामा, ट्रक कन्टेनर संघका अध्यक्ष अर्जुनबहादुर सापकोटा, पूर्वअध्यक्ष राजकुमार पौडेल, समाजसेवी शम्भु शेर्पालगायत व्यक्तिले गठबन्धनलाई समर्थन गर्दै चुनावमा साथ दिने भन्दै घरदैलोमा पुगेका थिए ।

    प्रतिनिधि सभाका लागि उम्मेदवार सुबोध र क्षेत्र नं १ को प्रदेश सभा १ का उम्मेदवार मसिना खड्का भण्डारीले स्थानीको कुरा सुनेपछि आफूहरु साथसाथै रहने र स्थानीयको सुख दुखमा साथ दिने प्रतिवद्धता व्यक्त गरे । स्थानीय चुनावमा कांग्रेसले जितेको भोटेकोसीमा कांग्रेस र माओवादी मिल्दा विपक्षी निकै पछाडी देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution