• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

आर्थिक तथा सामाजिक विकासमा कटिबद्ध रहनेछु – पौडेल

Durga Stha दुर्गाबहादुर श्रेष्ठप्रकाशित मिति: २०७९ कार्तिक १९, शनिबार (३ साल अघि)
  • ५४७ पाठक संख्या
  • FB_IMG_1667312492657
    फाईल तस्विर

    सिन्धुपाल्चोक जिल्लाको कर्णाली भनेर चिनिने जुगल गाउँपालिकाका मतदाताले लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट प्रदेश सभाको लागि उम्मेदवार बनेका सरल सहयात्री पौडेललाई हर्ष उल्लासका साथ स्वागत गरेका छन् ।

    उम्मेदवार पौडेलले घरदैलो तथा मतदाता भेटघाट सुरु गरेको गाउँघरमा स्थानीयले गरेको स्वागत र उल्लासले पौडेललाई अनुमोदन गरेको प्रस्ट देख्न सकिन्थ्यो ।

    सो क्षेत्रमा मतदाताहरूले निकै सरल र शालीन स्वभावका उम्मेदवार पौडेल जस्तो युवा उम्मेदवार पाउनु आफ्नो गर्भको कुरा भएको अभिव्यक्ति दिएका छन् । ‘यस क्षेत्रका लागि सङ्घमा र प्रदेश दुवै क्षेत्रमा उहाँहरू जस्ता युवा उम्मेदवार पाउनु नै हाम्रो गर्भको कुरा हो भोट के मा हाल्ने भनेर सोच्नुपर्ने नै छैन यस पटकको भोट उहाँहरूलाई नै हो ।’ स्थानीय रामशरण पराजुलीले भने ।

    उनले भने, ‘चुनावको समयमा झुट आश्वासन त जुनसुकै उम्मेदवारले पनि दिने रहिछन्, हामीले काम गर्ने उम्मेदवार चिन्न नसक्दा जुगलको समग्र विकासमा हामी ५ वर्ष पछि परिसकेका छौँ । त्यो गल्ती हामीले दोहोराउने छैनौँ यो पटक काम गर्ने दुख सुखमा साथ दिनेलाई नै हो र हाम्रो दुख सुखमा रहने पनि उहाँहरू नै हो ।’

    जुगल गाउँपालिकाको सेलाङ, गोल्चे, गुम्बा, पाङताङ, बराम्ची, हगाम, याङ्लाकोट लगाएत विभिन्न टोलवस्तीमा मतदाता भेटघाटमा पुगेका उम्मेदवार पौडेलसँग मतदाताले पालिका अध्यक्ष जस्तो जितेर गइसकेपछि आफुहरुलाई नबिर्सन आग्रह समेत गरेका थिए ।

    जुगल गाउँपालिकाका स्थानीय प्राय सबैको एउटै माग थियो बर्खाको समयमा गाउँसम्म गाडी चढेर आइपुग्न सकियोस्, गाउँमा नै रोजगारीको अवस्था सिर्जना होस र आफ्ना छोराछोरीले रोजगारका लागि देश छाडेर बिदेसिन नपरोस् ।

    स्थानीयले गरेका गुनासोको सम्बोधन गर्दै उम्मेदवार पौडेलले बलेफी कात्तिके सम्मको बाटो तत्काल कालोपत्रे हुने अन्तिम चरणमा रहेको स्मरण गराउँदै अन्य शाखा बाटोहरूको स्तर उन्नति आफ्नो कार्यकालको प्रमुख एजेन्डा हुने बताए ।

    ‘मेरो कार्यकालमा विकास निर्माणले पक्कै पनि जुगल गाउँपालिकाको मुहार फेर्ने छ, पूर्वाधारका विकास सँगसँगै आर्थिक तथा सामाजिक पक्षको विकासका लागि समेत कटिबद्ध रहेर म लग्ने छु ।’उम्मेदवार पौडेलले भने ।

    पालिकाका गठबन्धन दलका नेता तथा कार्यकर्ताको साथमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा मतदाताको घरदैलोमा पुगेका पौडेललाई मतदाताहरूले उल्लासका साथ गरेको स्वागत र सत्कारले जुगल गाँउपालिकाले पौडेललाई रुचाएको स्पष्ट देख्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै

  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution