• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ अषाढ २८, आईतबार | Sunday, 12, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

त्रिपुरासुन्दरीका गाउँबस्तिमा गठबन्धन–उम्मेदवारहरुलाई फूल मालाले अभिनन्दन

Durga Stha दुर्गाबहादुर श्रेष्ठप्रकाशित मिति: २०७९ कार्तिक २५, शुक्रबार (३ साल अघि)
  • ६४६ पाठक संख्या
  • 1668165393645
    फाईल तस्विर

    सिन्धुपाल्चोकको  त्रिपुरासुन्दरी गाउँपालिका बासीले घर आँगनमा आएका गठबन्धनका साझा उम्मेदवारहरुलाई फूल मालाले अभिनन्दन गरेका छन् ।

    चुनावी प्रचारका लागि घरदैलो, भेटघाट र कोणसभामा सहभागी हुन त्रिपुरासुन्दरीको टेकानपुर, गैरी गाउँ, तौथली, जलजले, पिस्कर पुगेका साझा उम्मेदवारहरु माधव सापकोटा सुबोध, मसिना खड्का भण्डारी र समानुपातिक उम्मेदवारहरु अमृता नेपाल प्रभा, भोजराज श्रेष्ठलगायतलाई स्थानीयले गला भरी माला लगाइदिएर अभिनन्दन गरेका हुन् । स्थानीयले उम्मेदवारहरुलाई सत्कार र सम्मान गर्दै जितका लागि शुभकामना दिए ।

    ऐतिहासिक सुन्दर बस्ती तौथली, जलजले र चर्चीत पिस्करका बासिन्दाले आफूले मत दिने तयारी गरेका उम्मेदवार आफ्नो भूगोलमा आएपछि विहिबार भव्य स्वागत गरेका हुन् ।

    जनताको न्यानो मायाँ र सत्कार पाएका उम्मेदवारहरुलाई शुक्रबार त्यसैगरि धुस्कुन, पात्लेबासीले स्वागत र सत्कार गरे । जितका लागि आशीर्वाद दिए । युवा, महिलादेखि पाको उमेर समुहका स्थानीयले गरेको फूलै फूलको अभिनन्दनका तस्बिरहरु सामाजिक सञ्जालमा क्षणभरमा सार्वजनिक भएका छन् । यसले सिन्धुपाल्चोक १ को चुनावी माहोलको यर्थाथ सार्वजनिक भएको छ ।

    फूल मालाको अभिनन्दनसँगै स्थानीयले भौतिक पूर्वाधार, खासगरि सडक मार्गलाई व्यवस्थित बनाउने विषयलाई पहिलो प्राथमिकतामा राख्ने गरेका छन् । पहाडी बाटोमा बर्षातको समयमा सवारी साधन चल्न कठिन छ । शिक्षा, स्वास्थ्य र रोजगारीका विषय ध्यान दिन र आफूहरुलाई नविर्सन स्थानीयको आग्रह हुने गरेको छ ।

    प्रतिनिधि सभाका लागि क्षेत्र नं १ का साझा उम्मेदवार माधव सापकोटा सुबोधले जलजलेमा भएको कोण सभामा स्थानीयको कुरा सुनेपछि संघीय सांसदको मुख्य भूमिका नीति निर्माण भएपनि तीनवटै तहका सरकारहरुबीचको समन्वयमा भौतिक एवं पूर्वाधार विकासका लागि आफूले विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरे ।

    राजनीतिमा लाग्दा पिस्कर र पिस्कर आन्दोलनबाट प्रभावित भएको बताएका युवा नेता सुबोधले पिस्करमा थामी संग्रहालय निर्माणका लागि आफूले विगतमा गरेको पहलबारे स्मरण गराए । संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा सो क्षेत्रमा अझ धेरै काम गर्न सकिने उनको भनाइलाई स्थानीले तालि बजाएर अनुमोदन गरे ।

    प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution