• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० आश्विन १७, बुधबार | Wednesday, 04, Oct, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १मित्रता संघको अध्यक्षमा तामाङ
  • २विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित
  • ३सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा
  • ४१ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने
  • ५संविधानको उपलब्धीबारे परिसम्वाद
  • ६साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?
  • ७प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छनाैट
  • ८दुर्घटनामा दुई विद्यार्थी नेताको निधन

बाह्रविसेमा सुबोधलाई अपार समर्थन

Durga Stha दुर्गाबहादुर श्रेष्ठप्रकाशित मिति: २०७९ कार्तिक २७, आईतबार (१० महिना अघि)
  • ३६७ पाठक संख्या
  • received_643781127401515
    फाईल तस्विर

    सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा सुबोधलाई बाह्रविसे नगरपालिकामा स्थानीय भव्य स्वागत र सत्कार गरेका छन् ।

    पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको गृह नगर बाह्रविसेमा सुबोधलाई आम नागरिकले फूल, माला, खादा लगाइदिए ।

    शुक्रबार नेता बस्नेतकै आग्रहमा उनको निवास पँलातीमा बास बसेका सुबोधले शनिबार विहानै कर्थलीबाट घरदैलो तथा मतदाता भेटघाट सुरु गरेका थिए ।

    प्रदेश सभातर्फ सिन्धुपाल्चोक १ का उम्मेदवार मसिना खड्का भण्डारीसहित घरदैलोमा पुगेका उनलाई मतदाताले मालैमालाले गला भरिदिए।

    कर्थलीमा स्वतस्फूर्त बाजा सहित उपस्थित समूदायबाट शुभकामना र आशिर्वाद थापेर दुरुमथली पुगेका उनलाई त्यहाँ जम्मा भएका नेता कार्यकर्ता र सर्वसाधारणले भव्य स्वागत गरेर शुभकामना दिए ।

    दोलंसा ठेनासामा ठूलो संख्यामा उपस्थित स्थानीयले सुबोध र मसिनालाई उसैगरि चौरीको चमर र बाजागाजा सहित स्वागत गरे । जितका लागि अग्रिम शुभकामना दिए । बुधेपा, सिम्ले र क्षमादेवीमा भएका कोणसभा र घरदैलोमा सुबोध जस्तो युवा उम्मेदवार पाउनु गर्वको विषय भन्दै जनताले फूल माला र खादा लगाइदिएर अभिनन्दन गरे । घोर्थलीमा मिन बहादुर तामाङले सुबोध र मसिनालाई सगुग खुवाए । सञ्चारकर्मीहरुको जिज्ञासामा उनले यसअघि आफूले सगुन खुवाएका नेताले कहिल्यै चुनाव नहारेको सुनाए ।

    मतदाताको अपार समर्थन र मायाँ पाएका सुबोधले हरेक भेटघाटामा पाँच बर्ष पाँच मिनेट पनि विश्राम नगरी साझा उम्मेदवार भएर काम गर्ने प्रतिवद्धता जनाए । सांसद भएको मान्छे कति धेरै गाउँमा लखर लखर हिँडेको भन्नेगरि गाउँ बस्तिमा आउने बाचा गरे । नीति निर्माण र तीनवटै सरकारको समन्वयमा विकासका काम गर्ने बताए ।

    आइतबार सिंगार्चे, गाती, मान्द्रा, सोताङ, डाँडाकटेरी र भिमेश्वर मन्दिरमा आयोजित मतदाता भेटघाट कार्यक्रममा स्थानीयको मायाँ र समर्थन अझ बेजोड थियो । बाली नाली थन्क्याउने बेलामा समेत जनताको ठूलो उपस्थिति र सत्कार एवं सम्मानले सुबोधलाई बाह्रविसेले अनुमोदन गरेको देखिन्थ्यो ।

    नेता मोहन बहादुर बस्नेतको विशेष निर्देशनमा उनलाई बाह्रविसेमा अन्य पालिकाको तुलनामा धेरै र विशेष स्वागत सत्कार गरिएको गठबन्धनका एक नेताले जानकारी दिए । मोहन दाइले हाम्रा साझा उम्मेदवार सुबोलाई सत्कारमा कमि नगर्नु भन्नुभएको छ, कांग्रेसका एक नेताले भने ।

    हामी दुबै जितेपछि मोहन बस्नेत गृहमन्त्री सुबोध
    क्षेत्र नं १ का साझा उम्मदेवार माधव सापकोटा सुबोधले मंसिर ४ को चुनाव पछि नेता मोहन बहादुर बस्नेत गृहमन्त्री बन्ने उद्घोस गरेका छन् ।

    बस्नेतको गृहगाउँ ठूलो पँलातीस्थित क्षमादेवी मन्दिर परिसरमा आयोजित चुनावी सभालाई शनिबार साँझ सम्बोधन गर्दै सुबोधले आफू र मोहन बस्नेत दुबैले चुनाब जित्ने र बस्नेत गृहमन्त्री बन्ने बताए ।

    झमक्क साँझ परिसक्स्दा समेत उपस्थित ठूलो संख्याका स्थानीयकाबिच सुबोधले क्षेत्र नं १ मा आफूले र २ मा बस्नेतले चुनाव जित्ने बताउँदै जित पछि बस्नेतले गृहमन्त्रालयको जिम्मेवारी पाउने चर्चा गरे ।महत्वपूर्ण मन्त्रालय सहित बस्नेतले जिल्ला र देशकै विकास गर्ने क्षमता राख्ने उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • मित्रता संघको अध्यक्षमा तामाङ

  • विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित

  • सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा

  • १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने


  • ग्लोबल अपडेटथप

    मित्रता संघको अध्यक्षमा तामाङ

    Mitrata Sang

    विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित

    Padak

    सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा

    table tennis

    १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने

    380532760_997013611415888_2727565121418184396_n
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution