• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० आश्विन ५, शुक्रबार | Friday, 22, Sep, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने
  • २संविधानको उपलब्धीबारे परिसम्वाद
  • ३साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?
  • ४प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छनाैट
  • ५दुर्घटनामा दुई विद्यार्थी नेताको निधन
  • ६क्यान सिन्धुले गर्यो १२औं साधारणसभा तथा साईबर सुरक्षाबारे कार्यशाला
  • ७अखिल (क्रान्तिकारी)ले बनायो ३५ सदस्यीय नगर समिति, अध्यक्षमा कसजू (सूचीसहित)
  • ८स्थानीय तहका कर्मचारी आन्दोलित, निजामती दिवस बहिस्कार गर्ने

‘समतामूलक ढंगबाट समान विकास गर्छु’ थापा

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ मंसिर १, बिहिबार (१० महिना अघि)
  • ६११ पाठक संख्या
  • Deepak Thapa In

    मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा मतदान गर्न अब ३ दिन मात्र बाँकी छ । २ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र भएको सिन्धुपाल्चोकमा प्रतिनिधि सभा क्षेत्र नं १ को प्रदेश सभा क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपक थापाले उम्मेदवारी दिएका छन् । विद्यार्थी राजनीतिबाट मुलधारको राजनीतिमा प्रवेश गरेका थापा उनी उम्मेदवार बनेको क्षेत्रका सुपरिचित व्यक्ति हुन् । निर्माण व्यवसायी थापा समाजसेवा र राजनीतिको माध्यमबाट त्यस क्षेत्रका युवाहरुमाझ लोकप्रिय छन् । प्रदेश सभा सदस्य बनेपछि पार्टी सरकारमा सहभागी भएमा थापालाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने समेत पार्टीका पूर्व अध्यक्ष पशुपतिशमसेर राणाले बताएका छन् । उनै थापासँग गरिएको निर्वाचन लक्षिते कुराकानीको सम्पादित अंशः

    तपाईंको मुख्य चुनावी अजेन्डाहरु के–के छन् ?
    म आफू पनि ग्रामीण क्षेत्रको मान्छे भएकोले सिन्धुपाल्चोकको सदरमुकाम चौतारा र जुगलले विकट गाउँ तेम्बाथानका बासिन्दाले समान सुविधा उपभोग गर्न पाउनुपर्छ भन्ने कुरामा सदैव दृढ छु । ६ कक्षाभन्दा माथि पढ्न नपाउने तेम्बाथानका बालबालिकासहित हरेक बालबालिकाले आफ्नो क्षमता अनुसार गरिब पारिवारिक पृष्ठभूमि हुनेले पनि एकदमै सस्तोमा उसले चाहेको शिक्षा लिन पाउनुपर्छ भन्ने मेरो माग छ । गरिबका बच्चा पनि डाक्टर, इन्जिनियर, पाइलट हुन पाउनुपर्छ । हरेक बालबालिकाको शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मा सरकारले लिनुपर्छ, म लिन्छु । सडक, पुल, विजुली, खानेपानी जस्ता आधारभूत विकास नेताले छानेर हैन, सरकारले जानेर दिनुपर्छ ।

    मेरो क्षेत्रको हरेक नागरिक यी सुविधाबाट बञ्चित नहुने गरी समतामूलक ढंगबाट सबैतिर समान विकास गरिनेछ । आवश्यकताको आधारमा विकास गर्ने नीति निर्माण गर्दै प्रमुख सडक तथा अन्य वडास्तरीय ग्रामीण सडकहरु बाह्रैमहिना कम्तिमा एम्बुलेन्स गुड्न सक्ने गरी स्तरोन्नति गरिनेछ । अझै पनि विजुली बत्ती बाल्न नपाएका जुगलका तेम्बाथान, क्याङसिङ, गुम्बा सहितका यस क्षेत्रका सबै बस्तीमा नियमीत बिजुली बालिनेछ । विपन्न परिवार पहिचान गरी घरायसी प्रयोजनको बिजुली निशुल्क गरिनेछ । टुकी र सोलारको धिपधिपे उज्यालोमा रहेका बस्तीलाई राष्ट्रिय प्रशारण लाइनमा जोडेर गाउँवासकिो जीवनशैली परिवर्तन गर्ने मेरो लक्ष्य छ ।

    तपाईंलाई के विश्वासले मतदान गर्ने ?
    म राजनीतिक चेत बोकेर विद्यार्थीकालदेखि नै राजनितिमा होमिएको युवा हुँ । क्याम्पसका स्ववियु निर्वाचनहरुमा समेत सहभागी भई विद्यार्थीको हक र अधिकारको पक्षमा वकालत गर्दै आज यो अवस्थामा आइपुगेको छु । म सँग स्पष्ट भिजन छ । म जितेर गएपछि नीति बनाउने ठाँउमा पुग्ने भएकाले नयाँ पुस्ताले देशमै रोजगारी पाउन सक्ने, उचित शिक्षा पाउन सक्ने, अध्ययन र रोजगारी कै लागि विदेशिनु पर्ने अवस्थाका अन्त्य हुने गरी दिर्घकालीन लक्ष्यसहितको नीति निर्माण गर्नेछु ।

    भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर आफू पनि भ्रष्टाचार गर्दिन र भ्रष्टाचारीलाई कडाभन्दा कडा सजाय हुने कानुन निर्माण गराउनेछु । मैले मतदातालाई एकपटक मलाई हेर्नुस्, काम गरिन भने अर्कोपटक फेर्नुस भन्दै हिँडेको छु । म अरु दलका उम्मेदवार जस्तो म मात्रै ठिक भन्ने घमण्ड बोकेर हिडेको छैन । मसँग त आत्मविश्वास छ, मेरो त्यही आत्मविश्वास देखेरै मतदाता पनि मलाइ मत दिन आतुर हुनुहुन्छ ।

    म आवद्ध पार्टी देशकै माटो सुहाँउदो पार्टी हो । आयातित माक्र्सवादी दल भन्दा म आवद्ध दल नयाँ र नेपाली मौलिक पार्टी हो । यो पार्टीको सदस्य भएर निर्वाचनमा होमीन पाउनु मेरो लागि सौभाग्य समेत हो । पार्टीमा नयाँ नेतृत्व आएपछि अहिले देशैभरबाट उदयीमान वैकल्पिक शक्तिको रुपमा राप्रपा उदाइरहेको छ । यस्तो अवस्थामा आम मतदाताले यस पटकको स्वर्णीम मौका गुमाउनुहुनेछैन ।

    अंकगणीतीय रुमिा तपाईंको पार्टीको मत जित्नका लागि पर्याप्त देखिदैन । त्यसमा पनि दुई ठूला दल गठबन्धन नै गरेर आएका छन् । यस्तोमा हार्ने नै हो भनेर जनताले मत हाल्दैनन् कि तपाईंलाई ?

    तपाईं कुरा अंकगणीतीय हिसाबले हेर्दा ठिकै हो । दलगत रुपमा हामी अरु दलको तुलनामा कमजोर छौं । तर अहिलेका सचेत मतदाताले दल भन्दा पनि त्यसका उम्मेदवार र उसले उठाएका मुद्दा हेरेर मत हाल्ने हुनाले जनताले मेरो प्रतिज्ञा पत्र हेरेर मलाई नै मत हाल्ने मनसाय बनाइसक्नु भएको छ । र, अर्को मलाई फाइदा हुने कुरा के छ भने मेरा प्रतिस्पर्धी मित्रहरु मेरो लागि कहिल्यै समस्या बन्नुहुन्न । गठबन्धनको तर्फबाट उम्मेदार बन्नुभएका माओवादी नेता यो ठाउँको पाहुना हुनुहुन्छ । पाहुनालाई फूलमालाले स्वागत गर्ने हो, मत दिने हैन भनेर उहाँकै कार्यकर्ताहरुले नै भन्दै आएका छन् । एमालेका उम्मेदवार पनि यसअघि गाउँपालिका अध्यक्ष जितेर जनताले उहाँको कार्यशैली नियालिसक्नु भएको छ । एमालेकै कार्यकर्ताहरु समेत उहाँसँग रुष्ट हुनुहुन्छ ।

    गठबन्धनका कारण नेपाली काँग्रेसले उम्मेदवार नपाउँदा उहाँहरु पनि खुसी हुनुहुन्न । उहाँहरुलाई के कुरा थाहा छ भने यदि यो क्षेत्रमा यस पटक कम्युनिष्टले किला गाड्यो भने अर्को पटकबाट काँग्रेसले त्यो किला फुकाल्ने त परै जाओस, हल्लाउन पनि सक्नुहुन्न । त्यसकारण पनि प्रजातन्त्रको रक्षा गर्दै लोकतन्त्रको संस्थागत विकासको लागि पनि मैले जित्दा राप्रपासहित काँग्रेस, एमाले र माओवादीको जित नै हुन्छ । नयाँ स्वतन्त्र मतदाताहरुको चाहना पनि युवा नेतृत्व नै भएकाले मलाई मत हाल्ने कुरा उहाँहरुले नै मलाई बताउनुभएको छ । दीपकले हार्छ की भन्ने डर त्यागेर ढुुक्कसँग मत हाल्न मैले सबैलाई आग्रह समेत गरेको छु र उहाँहरुले पनि मत हाल्ने प्रतिवद्धता जनाउनुभएकोले म निर्वाचन जित्नेमा पूर्ण विश्वस्त छु ।

    तपाईंको क्षेत्र कृषि, पर्यटनको लागि उर्वर क्षेत्र मानिन्छ, सम्भावना हुँदा हुँदै पनि यहाँका युवाहरु श्रमका लागि पलायन भईरहेका छन् । यदी तपाईले निर्वाचन जित्नुभयो भने विशेष योजनाहरु के के छन् ?

    अहिले जुगल गाउँपालिकाभित्र मात्रै ३१० मेगावाटभन्दा धेरै विजुली निकाल्ने गरी हाइड्रोपावरहरु दर्ता भइ सञ्चालनमा रहेका छन् भने लामोसाँघुको म्याग्नेसाइट उद्योग रुग्ण बनेर बसेको छ । यी उद्योगहरुमा स्थानिय युवाहरुलाई उनीहरुको सीप र श्रमको आधारमा रोजगारीको व्यवस्था गर्न सकिने आधारहरु छन् । हाइड्रोेपावर कम्पनीहरुलाई नेताप्रति भन्दा जनताप्रति बफादार बनाइ जनताको माग पूरा गर्ने वाचा भयो । युवाहरुको विदेश पलायनताको क्रम रोक्न

    स्वरोजगारमूलक तालिम दिने र सीप बन्धकी राखेर सामूहिक कृषि उद्यम गर्न चाहने युवालाई निव्र्याजी ऋण दिने नीति प्रदेश सरकारबाट निर्माण गराइनेछ । मल तथा बिउ समयमै उपलब्ध गराउने मेरो पहल हुनेछ ।
    उच्च क्षेत्रमा उत्पादन हुने आलु, मुला तथा बेशीका फाँटहरुमा तरकारी तथा अन्न उत्पादन गर्न प्रोत्साहन गरी विचौलियाले नाफा खाएर किसान लुटिने दिनको अन्त्य गरिनेछ । कृषि उत्पादन सरकारले नै किन्ने व्यवस्था गर्नेछु । प्रदेश सरकारको अनुदानमा बीमा गराउने गाउँमै रहेर कृषि कर्ममा लागेका किसानलाई कर छुट दिइने, व्यापारी, व्यवसायी ठेकेदारसँग नाफाको अनुपातमा मर्का नपर्नेगरी कर नीति लागू गर्ने मेरो योजना छ ।

    तपाईंलाई पनि थाहै होला, अहिले जुगल गाउँपालिकाले प्रचारमा ल्याएको नेपेमासल र जुगल हिमालको प्रचारको लागि मेरै व्यक्तिगत पहल र खर्चमा गाउँपालिकाले भन्दा पहिले नै भिडियो डकुमेन्ट्री बनाइसकेको छु । यस्ता पर्यटकीयस्थलहरुको प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार, पदमार्ग तथा प्रचारप्रसार गरी स्थानीय जनताको आर्थिक विकास गर्ने मेरो लक्ष्य छ । सुकुटे करिडोर जल पर्यटन हब बनाउदै जुगल हिमाललाई हिमाल आरोहण अभ्यास केन्द्रको रुपमा विकास गर्नेछु । जङ्गललाई स्थानीय जनताको आयस्तरको स्रोत बनाउदै जग्गा बाँझो छाड्ने परिपाटी अन्त्य गराउन बाँझो जग्गा भूमिहीनले खेती गर्न पाउनेगरी जग्गाधनिसँग निःशुल्क लिजमा दिलाइनेछ ।

     

  • अन्तर्वार्ता
  • दीपक थापा
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्वार्ता सम्बन्धि थप
  • १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने

  • संविधानको उपलब्धीबारे परिसम्वाद

  • साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?

  • प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छनाैट


  • ग्लोबल अपडेटथप

    १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने

    380532760_997013611415888_2727565121418184396_n

    संविधानको उपलब्धीबारे परिसम्वाद

    Parisambad

    साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?

    Buddi

    प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छनाैट

    uml-logo_dampboJyTg
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution