• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ मंसिर २३, मंगलबार | Tuesday, 09, Dec, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • २उ दिन सम्झँदा
  • ३तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ४क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ५टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ६वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ७म संघीयताको हत्यारा हुँ
  • ८गन्तव्यः चौतारा टु पाँचपोखरी

सहज नागरिकता, विवाह कानून र रोजगारीको माग

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ मंसिर १, बिहिबार (३ साल अघि)
  • ५८३ पाठक संख्या
  • Matadata Sindhu

    चौतारा । सिन्धुपाल्चोक चौताराकी भगवती माझीले बुझ्ने भएपछि मात्रै आफू तेस्रोलिङ्गी भएको पत्तो पाइन् ।

    तर उनले जतिबेला आफूमा पुरुष वा महिला भन्दा फरक पहिचान भएको मान्छे हुँ भनिन् उनलाई परिवारले नै स्वीकारेन, घर परिवारले नै स्वीकार नगरेपछि समाजले उनको पहिचान स्वीकार्ने कुरै भएन । घरपरिवार र समाजबाट तिरस्कारमा परेपछि किशोर उमेरमै उनी घर छोड्न बाध्य भइन् । साढे दुई वर्षअघि यौनिक तथा अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्ने हेटौंडाको संस्था फ्रेण्डस हेटौंडामा उनको सम्पर्क भयो । अहिले उनी यहि संस्थाको संरक्षणमा छिन् ।

    उनको हिजोआज परिवारसँग फोनमा कुराकानी हुनेगरेको छ । ‘घरका सबैजनाले फोन गर्नुहुन्छ । सञ्चो बिसञ्चो सोध्नुहुन्छ । घर आउ पनि भन्नुहुन्छ’, उनी भन्छिन्, ‘तर समाजले अझै पनि मलाई स्वीकारेको छैन । मेरो कारणले परिवारलाई अप्ठेरो पर्छ भनेर म घर गएको छैन ।’ आफूजस्तै यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई समाजले स्वीकार गर्ने खालको कानून बनिदिएको भए अन्य मानिस सरह आफ्नै समाजमा हुर्कन र रमाउन पाउने थिएँ भन्ने माझीलाई लागेको छ ।

    नीति निर्माण तहमा पुगेका नेताहरुले यसखालको समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ । चुनाव नजिकिंदै जाँदा नेताहरुले यस समुदायको भोट सुरक्षित गर्न अनेक आस्वासन दिनथालेको उनले बताइन् । उनी भन्छिन्, ‘भोट माग्दै नेताहरु आइपुगे भने हाम्रो समुदायलाई अधिकार र सम्मानित जीवनयापनको लागि कानून निर्माण गरिदिनुस् भन्नेछु ।’

    तेस्रोलिङ्गी माझीसँग कुकको सीप छ । तर उनलाई सीप अनुसारको काम दिन कोही पनि तयार छैन । उनी भन्छिन्, ‘तपाईंहरुलाई राख्दा यस्तो मान्छे राखिस्, उस्तो मान्छे राखिस् भनेर हामीकहाँ ग्राहक नै आउँदैनन् भनेर साहुहरुले भन्छन् । त्यसैले हामीले कही पनि काम पाउँदैनौं ।’

    सरकारले आफूजस्तै व्यक्तिका लागि रोजगारीमा कोटा छुट्याउनुपर्ने उनको माग छ । उनी भन्छिन्, ‘अब बन्ने सरकारमा जान लागेका नेताहरुले हाम्रा यी समस्या बुझेर काम गरिदिए हुनेथियो ।’

    बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले गएको वर्ष यौनिक तथा लैङ्गिक समुदायका ४० जनालाई व्युटिपार्लर, वारिस्ता र कुकको तालिम दिएको थियो । तालिम लिएका कसैले पनि अहिलेसम्म रोजगारी पाएका छैनन् । महिला र पुरुषको लागि खुलेको कोटा सँगसँगै गएर आवेदन दिएर नाम निस्कियो भने पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट हो भन्ने थाहा भयो भने गर्ने व्यवहारनै फरक हुने गरेको उनले अनुभव सुनाइन् । सरकारले नै आरक्षणको व्यवस्था गरेर यस समुदायलाई रोजगारीको ग्यारेन्टी गर्नुपर्ने उनी बताउँछिन् ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

  • उ दिन सम्झँदा

  • तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

  • क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन


  • ग्लोबल अपडेटथप

    सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

    UML

    उ दिन सम्झँदा

    Poem Sambhu

    तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

    Tatopani

    क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

    CAN
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution