• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० जेष्ठ १८, बिहिबार | Thursday, 01, Jun, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १समुदायमा जनचेतना जगाउँदै चौतारा बहुमुखी क्याम्पस
  • २जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा शर्मा प्रथम
  • ३आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)
  • ४गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला
  • ५कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान
  • ६कर्मचारीको कारण सेवा प्रवाह नै बन्द
  • ७कलेजो पीडितलाई ५० हजार रुपैंया सहयोग
  • ८सिन्धुपाल्चोकमा बेसबल तथा सफ्टबल संघ गठन

चुनाव खर्च उठाउन भाडा बृद्धि

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ मंसिर १, बिहिबार (६ महिना अघि)
  • २६३ पाठक संख्या
  • Kalinchok Kebalcar

    दोलखा । कालिञ्चोक केबलकारको भाडा बढाइएको छ । चुनावको मुखमा भाडा बढाइएपछि चुनाव खर्च उठाउन भाडा बढाइएको टिप्पणी हुन थालेको छ ।

    कालिञ्चोक दर्शन लिमिटेडले पर्यटकीय सिजन सुरु भएसँगै २० प्रतिशत भाडा बढाउँदा कालिञ्चोक आउने पर्यटकहरू मर्कामा पर्ने देखिएको छ । जसका कारण पर्यटकहरूमा नकारात्मक प्रभाव पर्ने देखिएको छ । कालिञ्चोक दर्शन लिमिटेडले २० प्रतिशत भाडा बढाएर प्रतिव्यक्ति ६ सय पुर्याईएको छ । प्रतिनिधिसभाका लागि दोलखाबाट नेकपा एमालेले बालकृष्ण शिवाकोटीलाई उम्मेदवार बनाएको छ । शिवाकोटी कालिञ्चोक दर्शन लिमिटेडका अध्यक्षसमेत हुन् । सोही कारण उम्मेदवारी दर्ता गराएपछि चुनाव खर्च उठाउन शिवाकोटीले केबलकारको भाडा बढाएको टिप्पणी हुने गरेको छ ।

    ४ वर्षअघि सञ्चालनमा आएको केबलकारमा ४ वटा गोण्डला छन् । हरेक डब्बामा १० जना बस्न सकिने क्षमता छ । केबलकारको भाडा यसअघि ५ सय रहेकोमा दसैँ अघिदेखि १०० रुपैयाँ बढेको हो । कुरीबाट कालिञ्चोकसम्म पुग्नका लागि केबलकारको लम्बाइ ९ सय मिटर छ । यसमा एकतर्फी यात्रा गर्न ४ मिनेट लाग्छ । कालिञ्चोक केबलकार मनकामना र चन्द्रागिरि हिल्सपछिको तेस्रो केबलकार हो । मनकामनामा ३ किलोमिटर लामो केबलकारको ७ सय र चन्द्रागिरि ४ किलोमिटरको भाडा ८ सय रुपैयाँ मात्रा जबकी ९ सय मिटर लामो कालिञ्चोक केबलकारको भाडा भने ६ सय पुर्याईएको छ ।

    कालिञ्चोकको कुरीबाट मन्दिरसम्म पुग्न एक किलोमिटर उकालो हिँड्नुपर्छ । कतिपय धार्मिक पर्यटकहरू त्यही उकालो चढ्न नसकेकै कारण बीच बाटोबाटै फर्किन बाध्य हुने गरेका छन् । केबलकार निर्माणपछि कालिञ्चोक धार्मिक पर्यटकहरू बढेका छन् । तर, भाडा वृद्धिले कालिञ्चोकमा यात्रुहरूमा असर गरेको कालिञ्चो मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष सुकमान तामाङले बताए ।

    २६ करोड रुपैयाँको लागतमा निर्माण गरिसक्ने लक्ष्य लिए पनि केबलकारको लागत ४० करोड रुपैयाँ पुगेको थियो । सञ्चालन खर्च धान्न नसक्ने भएकाले भाडा बढाउनु परेको कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले बताए । भाडा बढेपछि कतिपय यात्रु भने हिँडेरै मन्दिर जान थालेका छन् ।

    केबलकार बनेको क्षेत्र कालिञ्चोक गाउँपालिका वडा नं. १ र ५ बीच सीमाको स्वामित्व विवाद छ । त्यसैगरी केबलकारले भोगचलन गरेको जग्गा समेत गुठी र वन कसको भन्ने समेत विवाद छ । केबलकार सञ्चालन शिवाकोटीले पहुँचका भरमा गुठी बनाएर कम्पनीले भने गुठीसँग सम्झौता गरेको छ । जग्गासम्बन्धी विवाद अख्तियारले छानबिन गरिरहेको छ । जग्गा विवादकै कारण केबलकार निर्माणका बेला पटक पटक स्थानीयसँग झडप भएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • समुदायमा जनचेतना जगाउँदै चौतारा बहुमुखी क्याम्पस

  • जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा शर्मा प्रथम

  • आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

  • गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला


  • ग्लोबल अपडेटथप

    समुदायमा जनचेतना जगाउँदै चौतारा बहुमुखी क्याम्पस

    Sacheta Chautara Maltipal Campush

    जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा शर्मा प्रथम

    Baktritwokala

    आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

    Bajet

    गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला

    Training
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution