चौतारा । जातिय भेदभाव तथा छुवाछुत मुद्दामा ३ महिना कैद र ५० हजार जरिवाना सजाँय भई फरार रहेका एकजनालाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ ।
२०७६ फागुन ६ सिन्धुपाल्चोक जिल्ला अदालतले कैद र सँजाय तोकोको सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ५ का २४ वर्षिय निकेश भन्ने मुस्कान घलेलाईलाई प्रहरीले पक्राउ गरेको हो । फरार रहेकै अवस्थामा प्रहरी टोलीले आईतबार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकी जानकारी दिए ।
पक्राउ परेका घलेलाई प्रहरीले कैद र जरिवाना सजाँय असुलका लागि जिल्ला कारागार चौतारा चलान गरिएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ