• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ श्रावण २, शुक्रबार | Friday, 18, Jul, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा
  • २बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • ३गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ४खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • ५पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ६खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ७कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ८लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु

विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ मंसिर ११, आईतबार (२ साल अघि)
  • ८९८ पाठक संख्या
  • Nirbachan Pramanpatra

    चौतारा । सिन्धुपाल्चोकमा विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण गरिएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा निर्वाचित सांसद्हरुलाई आईतबार मूख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्रसहित सम्मान गरेको हो ।

    प्रतिनिधिसभा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका माधव सापकोटा, सोहि क्षेत्रको प्रदेश सभा १ मा विजयी मसिना खड्का, प्रदेशसभा २ मा विजयी सरल सहयात्री पौडेललाई निर्वाचन अधिकृत रुद्रप्रसाद सुवेदीले अविर टिका र खाँदा लगाई प्रमाणपत्रले सम्मान गरे । त्यस्तै क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित मोहनबहादुर बस्नेत, सोहि क्षेत्रको प्रदेश सभा १ मा विजयी युवराज दुलाल र प्रदेश सभा २ मा विजयी कृष्णकुमार तामाङलाई मूख्य निर्वाचन अधिकृत विदुर कोईरालाले प्रमाणपत्रसहित सम्मान गरेका थिए ।

    कार्यक्रममा उपस्थित कर्मचारी, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलको प्रतिनिधि लगायतले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्दै खाँदा लगाएर सम्मान गरेका थिए । सिन्धुपाल्चोककाबाट प्रतिनिधि र प्रदेशसभामा निर्वाचित ६ जना विजयी उम्मेदवार बाम लोकतान्त्रीक गठबन्धनक उम्मेद्वार हुन् । नेकपा (माओवादी केन्द्र) लाई एक प्रतिनिधि सभासहित २ प्रदेशसभा र नेपाली कांग्रेसलाई पनि एक प्रतिनिधिसभासहित २ प्रदेशसभा भागबण्डा गरिएको थियो ।

    विजयी उम्मेद्वारको तर्फबाट बोल्दै प्रतिनिधिसभा १ का विजयी उम्मेदवार माधव सापकोटाले जिल्लाको समृद्धि र विकासका लागि तीनै तह हातेमालो गरेर काम गर्न प्रतिवद्धता व्यक्त गरे । चाँडो भन्दा चाँडो तातोपानी नाका सञ्चालन गर्नको लागि आफूले उच्चस्तरीय राजनैतिक संयन्त्रलाई भेट गरी प्रयत्न सुरु गर्ने बताए ।

    कार्यक्रममा मूख्य निर्वाचन अधिकृत विदुर कोईरालाले सबैको सामुहिक प्रयासले मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन निष्पक्ष, स्वतन्त्र, भयरहित र पारदर्शी ढंगले सम्पन्न गर्न सहयोग पुगेको बताए । ‘निर्वाचन सफल बनायौं, यसका लागि कर्मचारी, सुरक्षा, राजनीतिक दल र आम सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रह्यो,’ मुख्य निर्वाचन अधिकारी कोईरालाले भने,‘ अहोरात्र खटाई र जिम्मेवार प्रस्तुतीकरणका कारण निर्वाचन सम्पन्न गर्न सफल भयौं, यसका लागि सबै पक्षलाई हार्दिक धन्यवादसहित आभार व्यक्त गर्दछु ।’

    सिन्धुपाल्चोकको कुल मतदाता २ लाख ६० हजार २ सय ७३ मतदाता रहेकोमा ५६ दशमलव २१ प्रतिशत मात्रै मत खसेको थियो । प्रतिनिधि सभा क्षेत्र नं. १ मा गठबन्धनका साझा उम्मेदवार माओवादीका सापकोटाले निकटतम् प्रतिद्वन्दी एमालेका सरेश नेपाललाई ३ हजार ३ सय ५४ मतान्तरले पराजित गरे । सापकोटाले ३० हजार ३ सय ७४ मत ल्याए भने नेपालले २७ हजार २० मत मात्र पाए ।

    त्यस्तै प्रदेशसभा १ मा कांग्रेसकी खड्काले एमालेका बुद्धविक्रम तामाङलाई पराजित गरिन् । खड्काले तामाङ १ हजार ६२ मतान्तरले हराइन् । खड्काले १४ हजार ६ सय ५२ मत पाउँदा तामाङले १३ हजार ४ सय ९० मत ल्याए । प्रदेश सभा २ मा माओवादीका पौडेल एमाले उम्मेदवार होमनारायण श्रेष्ठलाई ४ हजार २ सय ४३ मतान्तरले पराजित गर्न सफल भए । पौडेलले १७ हजार २ सय ५६ मत ल्याउँदा श्रेष्ठले १३ हजार १३ मत मात्र पाए ।

    प्रतिनिधि सभा क्षेत्र नं. २ मा कांग्रेस उम्मेदवार बस्नेतले एमालेका शेरबहादुर तामाङलाई ११ हजार ८ सय ७४ मतान्तरले पराजित गरे । बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याए भने तामाङले २७ हजार ४ सय ९३ मत मात्र पाए । प्रदेशसभा १ तर्फ माओवादीका दुलालले एमाले उम्मेदवार अमानसिं तामाङलाई पराजित गरे । दुलालले २० हजार २ सय ६ मत ल्याए भने तामाङले १२ हजार १ सय ३९ मत मात्र पाए । प्रदेशसभा २ मा एमालेका उम्मेदवार हस्तबहादुर पण्डितलाई पराजित गर्दै कांग्रेसका तामाङ निर्वाचित भएका हुन् । तामाङले १७ हजार सय ५८ मत ल्याए भने पण्डितले १६ हजार २ सय ५३ मत मात्र पाएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

  • बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

  • गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ


  • ग्लोबल अपडेटथप

    १ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

    Chautara Campus

    बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

    Aparad

    गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    Helth Camp

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution