• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ मंसिर ३, बुधबार | Wednesday, 19, Nov, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १उ दिन सम्झँदा
  • २तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ३क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ४टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ५वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ६म संघीयताको हत्यारा हुँ
  • ७गन्तव्यः चौतारा टु पाँचपोखरी
  • ८१ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

बागमती प्रदेशको संसदीय दलमा माओवादीका चार नेताको दाबी

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ पौष २, शनिबार (२ साल अघि)
  • ७२३ पाठक संख्या
  • Bagmali Mawobadi

    हेटौंडा । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेता बन्न आकांक्षी बढ्दै गएका छन् ।

    सरकार निर्माणका लागि माओवादी निर्णायक भएकाले मुख्यमन्त्री बन्ने आकांक्षासहित दलको नेतामा दाबी गर्ने नेताहरु बढेका हुन । दलको नेताका लागि अहिलेसम्म शालिकराम जमरकट्टेल, गंगानारायण श्रेष्ठ, युवराज दुलाल र सरल सहयात्री पौडेलले दाबी गरेका छन् । बागमती प्रदेशमा २१ सिटसहित तेस्रो दल बनेको माओवादी सरकार निर्माणका लागि निर्णायक देखिन्छ । अहिलेको सत्ता गठबन्धन जारी रहँदा कांग्रेस र माओवादीबीच आधा–आधा कार्यकाल मुख्यमन्त्रीको सहमति हुने देखिएकाले पनि दलको नेतामा दाबी गर्नेहरु बढेका हुन ।

    बागमती प्रदेशमा ३७ सिटसहित नेपाली कांग्रेस पहिलो र २७ सिटसहित नेकपा एमाले दोस्रो स्थानमा छन् । कांग्रेस र एमाले मिलेको अवस्थामा बाहेक सरकार गठनका लागि माओवादीको साथ अनिवार्य देखिन्छ ।

    चारै जना मुख्यमन्त्रीका आकांक्षी
    यसअघि पनि माओवादी संसदीय दलको नेता रहेका जमरकट्टेल यसपालि पनि दाबेदार छन् । यसअघि नेकपा एमाले नेता डोरमणि पोडेल पौडेल र नेकपा एकीकृत समाजवादीका नेता सुरेन्द्र पाण्डे नेतृत्वको सरकारमा मुख्यमन्त्रीपछिको दोस्रो ‘पोजिसन’ रहेका कट्टेल यसपालि मुख्यमन्त्रीको आकांक्षी छन् ।

    नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेका नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगनाराण श्रेष्ठले पनि दलको नेतामा दाबी गरेका छन् । बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गर्नुअघि माओवादीकै नेता रहेका श्रेष्ठले आफूलाई यसपालि न्याय पाउनुपर्ने बताए । ‘मैले न्याय पाउनुपर्छ भन्ने हो,’ उनले भने, ‘यसमा मुख्य नेतृत्वले सम्बोधन गनुपर्छ ।’

    दलको नेतामा दाबी गर्ने दुलाल यसअघि समाजिक विकास मन्त्री भइसकेका छन् । सत्ता गठबन्धनले सरकार सञ्चालनका लागि बनाएको संयन्त्रको समेत उनी संयोजक हुन । यसपालि दलको नेता बनेर मुख्यमन्त्री बन्ने आकांक्षा दुलालको छ । माओवादीको बागमती प्रदेश अध्यक्ष समेत रहेका पौडेलले पनि दलको नेतामा आफ्नो बलियो दाबेदारी रहेको बताएका छन् । दलको नेतामा सहमति नभएको अवस्थामा आफू चुनाव लड्ने उनको भनाइ छ । चुनावबाटै माओवादीको बागमती प्रदेश अध्यक्ष जितेका उनले प्रतिस्पर्धाबाटै नेतृत्व छान्ने कुरालाई प्रोत्साहित गर्नुपर्ने बताउने गरेका छन् ।

    ‘कसले नेतृत्व गर्ने भन्ने विधि बनाउनुपर्छ । त्यही विधिमा पार्टी पनि बन्छ,’ पौडेलले भने, ‘म पार्टीको बागमती अध्यक्ष भएको हुनाले स्वभाविकरुपमा त्यो बिधि निर्माणका लागि दाबी गर्नु पनि स्वभाविक हुन्छ ।’

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उ दिन सम्झँदा

  • तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

  • क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

  • टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम


  • ग्लोबल अपडेटथप

    उ दिन सम्झँदा

    Poem Sambhu

    तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

    Tatopani

    क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

    CAN

    टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

    Game
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution