• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

विद्यालय कर्मचारी परिषद्को नगर अध्यक्षमा चौलागाई

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ पौष २, शनिबार (३ साल अघि)
  • १०७५ पाठक संख्या
  • School Karmachari

    चौतारा । नेपाल विद्यालय कर्मचारी परिषद् चौतारा साँगाचोकगढी नगरपालिकाको अध्यक्षमा प्रविण चौलागाई चयन भएका छन् ।

    शनिबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी स्थित श्री कृष्ण रत्न गंगा माद्यमिक विद्यालयमा भएको नगर भेलाले चौलागाईको अध्यक्षतामा १७ सदसीय कार्यसमिति चयन गरेको हो । परिषद्को नगर उपाध्यक्षमा राजेन्द्र सापकोटा, बरिष्ठ महिला उपाध्क्षमा सीता थापा, सचिवमा कृष्णगोपाल श्रेष्ठ, सह–सचिवमा दिपेन्द्र मास्के र कोषाध्यक्षमा सविता श्रेष्ठ चयन भएका छन् ।

    त्यस्तै सदस्यमा संजिना श्रेष्ठ, सरुना तामाङ, गणेश श्रेष्ठ, गोमा चौलागाई, तिलकबहादुर तामाङ, सरिता खत्री, सुजता नेपाल, सानुकाजी माझी, मन्दिरा पराजुली, गोविन्दप्रसाद ढुङ्गेल र मन्दिरा कार्की चयन भएका हुन् ।

    कार्यक्रममा नेपाल विद्यालय कर्मचारी परिषद् बागमती प्रदेशको बरिष्ठ उपाध्यक्ष दिपक खतिवडाले विद्यालयका कर्मचारीहरुलाई दरबन्दीको व्यवस्था गर्नुपर्नेमा जोड दिए । ‘हाम्रो मूख्य माग भनेको विद्यालयका कर्मचारीहरुलाई दरबन्दीको व्यवस्था गर्नुपर्छ भन्ने हो’, उनले भने– ‘राज्यले हाम्रो कुरा कार्यान्वयन नगर्दासम्म हामी आन्दोलनमै रहनेछौं ।’

    भेलामा चौतारा साँगाचोकगढी नगरपालिकाको सामाजिक विकास समितिका संयोजक एवम् १३ नं. का वडा अध्यक्ष रामप्रसाद गौतम, नेपाल विद्यालय कर्मचारी परिषद् सिन्धुपाल्चोकका अध्यक्ष मनोरथ दुलाल, सचिव अर्जुन भट्टराई, एकीकृत अखिल नेपाल शिक्षक संगठनका नगर सचिव मनोज सापकोटा, शिक्षक महासंघका नगर सचिव सुवर्णलाल श्रेष्ठ, नेपाल शिक्षक संगठनका नगर संयोजक सविन दंगाल, नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश सल्लाहकार नरमान श्रेष्ठ, नेकपा एमालेका प्रतिनिधि खिलबहादुर श्रेष्ठ लगायतले शुभकामना प्रदान गरेका थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution