• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ श्रावण ५, मंगलबार | Tuesday, 21, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

१० पत्रकारलाई सम्मान र पुरस्कार प्रदान

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ पौष ३, आईतबार (३ साल अघि)
  • ७३१ पाठक संख्या
  • Awarded honors and awards to 10 journalists

    चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको २८औँ साधारण सभाको अवसरमा पत्रकारिता क्षेत्रमा विशेष योगदान पुर्याए वापत १० जना पत्रकारलाई आईतबार सम्मान र पुरस्कृत गरिएको छ ।

    सिन्धु पत्रकारिता सेवा सम्मानबाट माधव नेपाल र स्व. इश्वरीमान–राम स्मृति पत्रकारिता सम्मानबाट विष्णु न्यौपाने र रामकुमार केसीलाई सम्मान गरिएको छ । त्यस्तै कार्यक्रममा कञ्चन–ज्ञानेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट डम्बर रसिक भारती, स्व. पवित्रा घिमिरे रेडियो पत्रकारिता पुरस्कारबाट टीका दाहाल, स्व. दुर्गाप्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट कला अनुरागी, स्व. नानीराम नेपाल स्मृति पत्रकारिता पुरस्कारबाट दुर्गा दुलाल, सर्वपक्ष पत्रकारिता पुरस्कारबाट सुन्दर शिरीष, रामप्रसाद घिमिरे स्मृति पत्रकारिता पुरस्कारबाट विमल नेपाल र जुगल नवोदित पत्रकारिता पुरस्कारबाट कमला पाख्रिन पुरस्कृत भएका हुन् । पुरस्कृतहरुलाई नगद ५ हजार ५ सय ५५ रुपैंयासहित सम्मापत्र प्रदान गरिएको थियो ।

    सोहि अवसरमा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत राजकुमार, ब्ल्याक हर्स इन्टरप्राईजेजका सञ्चालक बेदबहादुर श्रेष्ठ, इन्जिनियर गम्भीरलाल श्रेष्ठ, सुकुटे बीच रिसोर्टका सञ्चालक महेन्द्र थापा, सुकुटे भ्याली रिसोर्टका सञ्चालक नारायण श्रेष्ठ, समाजसेवी नकुल नेपाल र जुगल बोर्डिङ स्कुलका प्रिन्सिपल ओमप्रकाश उप्रेतीलाई समेत सम्मान गरिएको थियो ।

    साधारण सभालाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारहरुले स्वच्छ पत्रकारिता गर्नुपर्नेमा जोड दिए । बस्नेतले पूर्वाग्राही रुपमा नभई पत्रकारले सत्य तथ्यको जगमा टेकेर मात्रै पत्रकारिता गर्दा पत्रकारजस्तो उँचो पेशाको मर्यदा रहने बताए । ‘पत्रकार सदैव जनताको आवाज बन्नुपर्दछ’, उनले भने– ‘पत्रकारलाई सहि मार्गमा डोहोर्याउन पत्रकार महासंघको भूमिका महत्वपूर्ण हुन्छ ।’

    पत्रकारिता क्षेत्रमा पनि विकृति भित्रिएको भन्दै उनले स्वतन्त्र, स्वस्थ, स्वच्छ पत्रकार बन्नुपर्नेमा प्रेरित गरे । अध्यक्ष बस्नेतले साना लगानीका सञ्चारमाध्यमलाई राज्यले थप सेवा सुविधा दिनुपर्ने औल्याउँदै अबको पत्रकारले अनलाइन, युट्युब जस्ता नयाँ मिडियालाई अधिकतम उपयोग गरी जनताको पक्षमा सूचना प्रवाह गर्नतर्फ ध्यान केन्द्रीत हुनुपर्ने बताए ।

    साधारण सभामा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोविन्द चौलागाई, सुनकोशी गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमल्सिना, प्रमुख जिल्ला अधिकारी वेदनिधी खनाल, बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, प्रदेश महासचिव कृष्ण सारु मगर, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत राजकुमार, नेकपा (एमाले) का जिल्ला अध्यक्ष कमल नेपाल, नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक गोविन्द पराजुली लगायतले सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

    साधारण सभाको बन्दसत्रमा प्रस्तुत प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनलाई पारित गरेको छ । कार्यक्रम जिल्ला शाखाका अध्यक्ष जीवन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution