• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ ५, मंगलबार | Tuesday, 19, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

तातोपानी नाका पूर्ण रुपमा खुलाउने काम प्राथमिकतामा छ, प्रचण्ड

Durga Stha दुर्गाबहादुर श्रेष्ठप्रकाशित मिति: २०७९ पौष ६, बुधबार (३ साल अघि)
  • ५७७ पाठक संख्या
  • DACBB95B-2053-4B37-AF5B-59CE9441F36B
    फाईल तस्विर

    पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले चीनसँगको व्यापारिक नाका तातोपानी नाका पूर्णरुपमा खुलाउने काम प्राथमिकतामा रहेको बताएका छन् ।

    सिन्धुपाल्चोक क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा नेतृत्वको टोलिबाट बुधबार खुमलटारमा नाका खुलाउनेसन्दर्भमा ज्ञापनपत्र बुझेपछि प्रचण्डले भूकम्पपछि नाका खोल्ने विषयमा आफू लगातार लागिपरेको बताए ।

    दोस्रो पटक प्रधानमन्त्री भएपछि आफूले चिनियाँ राष्ट्रपति सि जिन फिङ्सँग नाका खुलाउने विषयमा छलफल गरेको स्मरण गर्दै उनलेतातोपानी नेपालीहरुको व्यवसाय र नेपालको व्यापारिक दृष्टिबाट महत्वपूर्ण रहेको स्पष्ट गरे ।

    चिनियाँ पक्षसँगको हरेक भेटमा तातोपानी नाका छलफलको विषय बनेको स्मरण गर्दै प्रचण्डले यसको ऐतिहासिक पक्षबारे पनिचीनलाई जानकारी गराइएको बताए । चिनियाँ राजदूति हाउ यान्छीसँगको विदाई भेटमा पनि आफूले यसबारे कुराकानी गरेको रसकारात्मक जवाफ पाएको प्रचण्डको भनाई थियो । भूकम्प पछिको पुनर्निर्माण भइसकेको र ड्राइपर्ट पनि बनिसकेको अवस्थामानाकालाई दोहोरो सुचारु गर्नु पर्नेमा जोडदिँदै उनले चीनबाट नयाँ राजदूत आएपछि आफूले थप कुरा गर्ने बताए । नयाँ राजदूत आएपछिदुवैतिर आवत जावत खुला हुने विश्वास व्यक्त गरे ।

    जुरे पहिरो, भूपम्प वा अन्य सन्दर्भमा आफूले सिन्धुपाल्चोकसँग जोडिन पाएको चर्चा गर्दै प्रचण्डले सिन्धुपाल्चोकका जनताको समस्यामाआफू अझ बढि संवदनशील रहेको र समस्या समाधान गर्ने बताए । ‘म बेइजिङ्मा पनि कुरा गर्छु, नयाँ राजदूत आएपछि पनि कुरा गर्छु, सबै खालका रेस्ट्रिक्सन हटाइदिन पर्यो भन्छु’ उनले टोलिसँग प्रतिवद्धता व्यक्त गरे ।

    ज्ञापनपत्र बुझाएपछि सिन्धुपाल्चोक १ का प्रतिनिधि सभा सदस्य माधव सापकोटाले नेपाल– चीनबीचको प्रमुख व्यापारिक केन्द्रतातोपानी नाका सहज रुपमा संचालन र अरनिको राजमार्गको  स्तोरन्नतिका लागि  अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गरिएको जानकारीदिए । उनीसँगै ज्ञापनपत्र बुझाउन बागमती प्रदेशसभा सदस्यहरु सरल सहयात्री, अमृता  नेपाल, सिन्धुपाल्चोक उद्योग वाणिज्य  संघ, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा, नेपाल हिमालय सिमापार वाणिज्य संघका प्रतिनिधि प्रचण्ड निवास पुगेका थिए ।

    निर्वाचनका बेला तातोपानी नाका पूर्ण रुपमा दुइतर्फी खुलाउन आफूले उच्च नेतृत्वको ध्यानाकर्षण गराउने बताएका सापकोटाले यसकोथालनी गरेका छन् ।

    यसैबीच निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका सञ्चालनका लागि आफ्नो तर्फबाट पहल जारी राख्ने बताएकाछन् । नाकाबारे छलफलका लागि बुधबार भेट गरेका प्रतिनिधि तथा प्रदेश सभाका सांसद र व्यापारी व्यवसायीसँग उनले नाका खुलाउनआफ्नो पहल जारी रहने जानकारी दिएको भेटमा सहभागीले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution