• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

जुगल हिमाल आरोहण खुलाउन अनुरोध

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ पौष १२, मंगलबार (३ साल अघि)
  • १२१६ पाठक संख्या
  • Jugal Himal

    चौतारा । सिन्धुपाल्चोकमा पर्ने जुगल हिमशृङ्खलाका विभिन्न उचाईको हिमचुलीहरु पर्वतारोहणका लागि खुला गर्ने माग गरिएको छ ।

    प्रतिनिधिसभा सदस्य माधव सापकोटा, जुगल गाँउपालिका अध्यक्ष रेशम स्याङ्बो, पर्यटन विभागको महानिर्देशक होमप्रसाद लुईटेल, गृह मन्त्रालयका उप सचिव, प्रमुख नापी अधिकृत लगायतको उपस्थितिमा मंगलबार बैठक गरी आरोहण खुल्ला गर्न पर्यटन विभाग मर्फत संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको हो ।

    ‘सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल हिमाश्रृखलाका विभिन्न उचाईको हिमचुलीहरु पर्वतारोहणका लागि खुला गर्ने सम्बन्धमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको नेतृत्वमा भएको अध्ययन प्रतिवेदन माथि छलफल भयो’, निर्णयमा भनिएको छ– ‘प्रतिवेदनमा समावेश गरिएका हिमालहरु पहुँचका दृष्टिले राजधानीबाट नजिक रहेको, पर्वतारोहणका लागि सहज पदमार्गको पहिचान भएको र मुलुकको आर्थिक तथा सामाजिक विकासमा समेत योगदान पुर्याउने देखिएकोले आरोहणका लागि खुला गर्न पर्यटन विभाग मार्फत नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरियो ।’

    बैठकले पर्वतारोहणका लागि प्रस्ताव गरिएका हिमचुलीहरुको नामाकरण गर्न समेत अनुरोध गरेको छ । जुगल १ (६५९१ मि.), जुगल २ (६५१८ मि.), जुगल ३ (६१८४ मि.) र जुगल ४ (६१२० मि.) नामाकरण गर्न अनुरोध गर्ने निर्णय भएको प्रतिनिधिसभा सदस्य सापकोटाले जानकारी दिए ।

    ६ हजार १ सय ५१ मिटर उचाइको जुगल हिमशृंखलाअन्तर्गतको ग्याल्जेन पिक यस अधि दुईपटक आरोहण भईसकेको छ । पहिलो पटक २०७५ चैत २६ मा सफल आरोहण गरिएको थियो । सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा पहिलो पटक आरोहण भएको थियो । त्यस्तै दोस्रो पटक २०७७ कार्तिकमा आरोहण गरिएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    पर्यटन सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution