• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ कार्तिक १२, बुधबार | Wednesday, 29, Oct, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • २वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ३म संघीयताको हत्यारा हुँ
  • ४गन्तव्यः चौतारा टु पाँचपोखरी
  • ५१ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा
  • ६बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • ७गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ८खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

रत्न राज्य र स्लिङ्टन कलेजबीच सहकार्यको सहमति

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ पौष २२, शुक्रबार (२ साल अघि)
  • ८३० पाठक संख्या
  • School

    बराम्ची । जुगल गाउँपालिका वडा नं ५ स्थित रत्न राज्य माध्यमिक विद्यालय र काठमाडौंस्थित स्लिङ्टन कलेजबीच प्राविधिक र व्यवस्थापकीय सहकार्य गर्ने सहमति भएको छ ।

    सिन्धुपाल्चोक क्षेत्र नंबर १ का संघीय सांसद माधव सापकोटाले यी दुई शैक्षिक संस्थाबीच सहकार्यको चाँजोपाँजो मिलाएका हुन् । प्रविधि र व्यवस्थापनको क्षेत्रमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सो कलेजले रत्न राज्यमा प्रविधि र व्यवस्थापनमा सहयोग गर्ने जनाईएको छ । रत्न राज्य माध्यमिक विद्यालयले गाउँपालिका भित्रको समग्र शैक्षिक सुधार एवं गुणस्तरीय शिक्षाका लागि आयोजना गरेको अन्तरक्रियाकाे बीच सहकार्यको सहमति भएको थियो । सो कार्यक्रममा स्लिङ्टन कलेजसँग सहकार्य र जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङको अध्यक्षतामा पालिकाको समग्र शैक्षिक अवस्था सुधारका लागि काम गर्ने निर्णय भएको छ ।

    अन्तरक्रियामा सांसद सापकोटाले विद्यालयहरुलाई साधन स्रोतको अभाव हुन नदिने प्रतिबद्धता जनाए । उनले कार्यक्रम आयोजक रत्नराज्य माविलाई जुगल गाउँपालिकाको केन्द्रिय विद्यालयका रुपमा विकास गर्न समेत प्रस्ताव गरे । निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाको विशेष चासो पछि चीन सरकारको सहयोगमा निर्मित रत्न राज्य माविको भव्य एवं व्यवस्थित भवनको सहि सदुपयोग गर्न सके छोराछोरी पढाउन कै लागि काठमाडौं गएका मध्ये ४० प्रतिशत मानिसलाई गाउँ फर्काउन सकिने उनको भनाई थियो ।

    विद्यालयको व्यवस्थापन र प्राविधिक पक्षलाई बढाउन सकियो भने राम्रो गर्न सकिने सापकोटाको विश्वास थियो । ‘प्रविधि र व्यवस्थापन पक्षमा सुधार गरेर शिक्षामा गुणस्तर ल्याउन सकिन्छ’ उनले भने । गत मंसिर ४ को चुनावमा शिक्षालाई सहज, गुणस्तरयुक्त र पहुँचयोग्य बनाएर क्रमशः निःशुल्क बनाउन स्थानीय तह, प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेका सांसद सापकोटासँगै वागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल, अमृता नेपाल, माई सेकण्ड टिचरका संस्थापक एवं स्लिङ्टन सञ्चालक सुलभ बुढाथोकीसँगै कार्यक्रममा सहभागी भएका थिए ।

    सांसद सहयात्रीले विद्यालयको व्यवस्थापनमा छलफल गर्दा मसिना कुरामा बढि ध्यान आग्रह गरे । ‘साना लाग्ने तर महत्वपूर्ण कुरामा छलफल गरौं’ उनले भने । माई सेकेन्ड टिचरका संस्थापक सुलभ बुढाथोकीले अब रत्न राज्य माविलाई काठमाडौं आफूलाई राम्रो भन्ने विद्यालय सरह बनाउन सकिने र आफूहरुले त्यसका लागि काम गर्ने बताए । अन्तरक्रियामा जुगल गाउँपालिका उपाध्यक्ष, दलका प्रतिनिधि, वडा अध्यक्षहरु, पालिका भित्रका सबै विद्यालयका शिक्षक प्रतिनिधि, शिक्षा विद्, पालिकाको शिक्षा विभागका प्रतिनिधि, शिक्षक एवं सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

  • वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

  • म संघीयताको हत्यारा हुँ

  • गन्तव्यः चौतारा टु पाँचपोखरी


  • ग्लोबल अपडेटथप

    टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

    Game

    वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

    Programme

    म संघीयताको हत्यारा हुँ

    Poem Amit

    गन्तव्यः चौतारा टु पाँचपोखरी

    Milan Pachpokhari
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution