• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

कविताः स्वाभिमानी

Akshar Manchh copy अक्षर मञ्च । ग्लोबलपाटीप्रकाशित मिति: २०७९ पौष २३, शनिबार (३ साल अघि)
  • १२५९ पाठक संख्या
  • Bishwo Adhikari
    विश्व अधिकारी

     

    हामीसँग जे छैन,
    जुन हाम्रो आफ्नो होईन
    त्यसकै लागि दुःखी छौं हामी
    आफूसँग नभएको कुरा, आफ्नो बन्न नसकेसम्म
    वा, आफ्नै बनाउन नसकेसम्म
    अर्का कै भर पर्नु पर्ने हुन्छ
    माग्ने, पाउने वा किन्ने,
    अधिकार नै भए पनि
    अर्काले नदिए पछि, कुनै दिन
    भोकै पनि टार्नु पर्ने हुन्छ ।

    हामीसँग जे छ,
    जुन हाम्रो आफ्नो हो
    त्योसँग खुशी छैनौं हामी
    न त त्यसको सदुपयोग गर्न सकेका छौ
    न त त्यसमा भएका अपार सँभावनाहरुको
    पहिचान गरेका छौं
    वा प्रयोग गर्ने यत्न गरेका छौं
    हामी चाहदैनौं वा हामीले जानेका छैनौं ?
    जानेर पनि गर्नु हुदैन वा
    गर्नु पर्दैन भनेर मानेका छौं ?

    उस्तै मस्तिष्क
    हामी सबैको भए पनि
    किन्ने वा बेच्ने, दिने वा लिने,
    पर्खिने वा बोलाउने
    विवेकको सही प्रयोग नभएपछि,
    गन्तव्य हराउन पनि सक्छ
    दिउँसो उज्यालोको
    जति कुरा गरे पनि,
    राती अँध्यारोले सताउन पनि सक्छ ।
    सु–संस्कारको अभावमा
    कु–संस्कार मौलाउँछ
    विश्वसनीय प्रणालीको अभावमा
    सँभावनाका भावहरु
    क्षीण हुदै जान्छन्
    सु–संस्कार र सशक्त प्रणाली नभएसम्म
    भ्रष्टाचारका अवसरहरु
    यत्रतत्र रहिरहन्छन्
    जसले जे जति लेखे पनि
    जे भने पनि, जे गरे पनि
    सार्वभौम तर गरीबहरु
    गरीब नै भईरहन्छन् ।

    हजारौं कोशको यात्रा
    एक पाईलाबाट प्रारम्भ हुन्छ
    सार्थक स्वाभिमान
    स्वनिर्माणबाट मात्र सँभव छ
    प्रस्थानबिन्दु केवल त्यो एक पाइला
    स्वनिर्माणको लागि
    आत्मरुपको पहिचान गर्दै
    आफ्नो सामथ्र्यय र
    सम्भावनाहरुको सदुपयोग गर्दै
    स्वाभिमानको नाममा फेरि पनि
    परनिर्भरताको पर्खाईमा होईन
    अवसरमा आफु जत्तिकै
    क्षमता राख्ने मान्छेलाई
    भेडाहरु सम्झी
    आफु भेडाको गोठालो होइन
    मानव मूल्य मान्यता सभ्यता
    र क्षमताको कदर गर्दै
    विकास र खुशीलाई
    आफ्नो दायित्व र लक्ष्य स्वीकार्दै
    आफुबाट सँभावना देख्ने मानिसहरुलाई
    आफुले सम्भावना देखाएका मानिसहरुलाई
    मान्छे सम्झी मान्छेको अभिभावक बन्न सकेमा
    एक–एक प्रत्येक जागरणको यो यात्रामा
    असंख्य पदचाप र ब्रम्हतरंगले
    अपार स्वाभिमान बन्न पनि सक्छ
    स्वनिर्माणमा ऐक्यबद्धताको यो अभियान
    सार्थक बनाउन सकेमा
    अरुको त के कुरा
    सारा जगतले पनि गन्न र भन्न सक्छ
    स्वाभिमानी ।
    ०००

  • कविता
  • प्रतिक्रिया दिनुहोस
    कला/साहित्य सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution