• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ पौष ३०, बुधबार | Wednesday, 14, Jan, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • २मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ३सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ४उ दिन सम्झँदा
  • ५तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ६क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ७टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ८वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

कविताः मेरो नयाँ बाटो

Akshar Manchh copy अक्षर मञ्च । ग्लोबलपाटीप्रकाशित मिति: २०७९ पौष २३, शनिबार (३ साल अघि)
  • १२५३ पाठक संख्या
  • Keshav Nepal
    केशव नेपाल

     

    जब म जवानी भएँ
    मनले प्रेमी खोज्दैथ्यो
    हृदयले प्रेमी रोज्दैथ्यो
    त्यो पुरानो समाजमा
    त्यो पुरानो जमानामा
    न प्रेमी आफैंले रोज्न पाइन्थ्यो
    न प्रेमी आफैंले खोज्न पाइन्थ्यो
    न प्रेम गर्न पाइन्थ्यो
    आफ्नो प्रेमी
    आफैंले खोज्ने होइन
    आफैंले रोज्ने होइन
    आमा, बुबा र ईस्टमित्रले खोजिन्थ्यो
    लमी लगाएर खोजिन्थ्यो
    जोसँग मेरो प्रेम थिएन
    जसलाई मैले रोजेको थिइन
    जसलाइ मैलेखोजेको थिइन
    त्यसैसँग
    मैले होइन
    मेरो परिवारले
    मेरो विवाहको सम्झौता ग¥यो
    भोलीपल्ट मैले थाहा पाएँ
    मैले पहिलो चोटी
    मेरो प्रेमीलाई विवाह मण्डपमै देखें
    धुमधामसँग विवाह भो
    त्यसपछि त
    पढाई मेरो त्यसै रोकियो
    जागिर मेरो त्यसै खोसियो
    शर्तहरु सबै हावाले उडाइ दियो
    म त चुलोचौकोको चौघेराभित्र
    एउटा कैदीबन्दीजस्तै पो बन्न पुगे
    म त उस्को प्रेमीका होइन
    उसको दासी पो बन्न पुगे
    मैले उसलाइ राम्रो प्रेमी बनाउन खोजे
    प्रेमको अगालोभित्र बाँध्न खोजे
    मैले उसलाई माया गर्थे
    उसले मलाई घृणा गथ्र्यो
    मैले उसलाई आफ्नो ठान्थें
    उसले मलाई पराई ठान्थ्यो
    मैले उसलाई नजिक ल्याउथें
    उसले मलाई टाढा राख्थ्यो
    मैले उसलाई प्रेमी मान्थें
    उसले मलाई नोकर ठान्थ्यो
    मैले उसको माया कहिल्यै पाइन
    मैले उसको दया कहिल्यै पाइन
    मैले उसको विस्वास कहिल्यै पाइन
    मैले उसको आडभरोसा कहिल्यै पाइन
    मैले उसको साथ सहयोग कहिल्यै पाइन
    उसले त
    मप्रति जहिले पनि
    जहाँ पनि
    रिस र आक्रोस गर्न पो थाल्यो
    अपमान र तिरस्कार पो गर्न थाल्यो
    अविस्वास र घृणा गर्न पो थाल्यो
    मलाई त हिंसा पो गर्न थाल्यो
    न उसले मलाई आफ्नो बनाउन खोज्यो
    न मैले उसलाई आफ्नो बनाउन सकें
    हामी त नदीको दुई किनारामा उभियौ
    एउटा वारी अर्को पारी
    त्यसपछि त मैले मेरो
    स्वतन्त्रताको लागि
    समानताको लागि
    स्वाभिमानको लागि
    न्यायको लागि
    मैले अठोट गरें
    सदासदाको लागि
    सम्बन्ध–बिच्छेदको नयाँ बाटो रोजे
    अनि हामी दुबै स्वतन्त्र भयौं
    आकाशमा उड्ने चरी झैं
    म मेरो बाटो लागें
    उ आफ्नो बाटो लाग्यो ।
    ०००

  • कविता
  • प्रतिक्रिया दिनुहोस
    कला/साहित्य सम्बन्धि थप
  • तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

  • मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

  • सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

  • उ दिन सम्झँदा


  • ग्लोबल अपडेटथप

    तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

    Game News

    मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

    Mitrata Shang

    सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

    UML

    उ दिन सम्झँदा

    Poem Sambhu
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution