• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

३९ शैयाको अस्पताल निर्माण जारी

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ माघ ८, आईतबार (३ साल अघि)
  • १४३८ पाठक संख्या
  • Chautara Hospital

    चौतारा । चीनको सहयोगमा सिन्धुपाल्चोक सदरमुकाम चौतारामा ३९ बेडको सुविधासम्पन्न अस्पताल निर्माण भइरहेको छ ।

    निर्माणको ३० प्रतिशत काम सम्पन्न भएको चिनियाँ प्रतिनिधि मिस्टर लिउले जानकारी दिए । १५ अगस्ट, २०१८ मा चीनको अर्थमन्त्रालयअन्तर्गत एजेन्सी फर इन्टरनेसनल इकोनोमिक को–अपरेसन र नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच काठमाडौमा सम्झौता भएर भूकम्पपछि लडेको चौतारा अस्पताल पुनर्निर्माण गर्न ६ करोड १० लाख चिनियाँ आरएमबी सहयोग प्राप्त भएको हो । ९ सेप्टेम्बर, २०२२ मा सुरु भएको चाइना एड सिन्धुपाल्चोक हस्पिटल रिकभरी प्रोजेक्ट इन नेपाल करिब १८ महिना अर्थात् ३ मार्च, २०२४ मा निर्माण सम्पन्न हुनेछ ।

    चाइना क्वियुआन इन्जिनियरिङ कर्पोरेसन र सियान सिफाङ कन्स्ट्रक्सन सुपरभिजन कम्पनी लिमिटेडको मुख्य व्यवस्थापनमा चिनियाँ ठेकेदार कम्पनी हेवेई कन्स्ट्रक्सन ग्रुपले अस्पताल भवन धमाधम निर्माण गरिरहेको छ । अस्पताल निर्माणमा २५ चिनियाँ र ४० नेपाली कामदार खटिएका छन् । तीन हजार सात सय ९० वर्गमिटर क्षेत्रफलमा ३९ बेडसहित मेडिकल कम्प्लेक्स बिल्डिङ (३ स्टोरिज), वाटर पम्प रुम, टेम्पोररी मेडिकल वेस्टेज रुम, जेनेरेटर सेड निर्माणसँगै मेडिकल उपकरण, फर्निचर र अस्पतालका लागि आवश्यक सर्जिकल सामग्री चीन सरकारले उपलब्ध गराउने भएको छ ।

    निर्माणमा संलग्न चिनियाँ अधिकारी र कामदार चौतारास्थित जिल्ला समन्वय समितिको पुरानो भवनमा थप आफ्नै भवन तयार पारेर बसेका छन् । उनीहरू दैनिक १२ घन्टा काम गर्छन् । निर्माणका मुख्य सामग्री धेरैजसो चीनबाटै ल्याइएका छन् । नेपालको बालुवा, गिटी र सिमेन्ट मात्रै प्रयोग गरिएको छ ।

    निर्माणकार्य द्रुत गतिमा अगाडि बढेको जनाउँदै चिनियाँ प्रतिनिधि लिउले समयसीमामै निर्माण सकेर नेपाली पक्षलाई हस्तान्तरण गरिने बताए । भूकम्पपछि ध्वस्त भएको चौतारा अस्पतालले करिब पाँच वर्ष टेन्टमा रहेर बिरामीको उपचार गरेको थियो । अहिले पनि भवन अभावमा अस्पतालले मेडिकल सेवा प्रभावकारी बनाउन सकेको छैन । अस्पताल बनेपछि चौतारा साँगाचोकगढी नगर १४, इन्द्रावती, बलेफी र जुगलका धेरैजसो वडाका स्थानीयले उपचार सेवा पाउनेछन् ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution