• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ १, शुक्रबार | Friday, 15, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ माघ १९, बिहिबार (३ साल अघि)
  • ९५८ पाठक संख्या
  • Siddiganesh

    चौतारा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले जनताले दिएको करको सही सदुपयोग नभईरहेको पाईएकोले दिगो विकासको अवधारणा ल्याएको बताएका छन् ।

    चौतारा साँगाचोकगढी नगरपालिका– ७ सानोसिरुवारीमा रहेको सिद्धिगणेश माध्यमिक विद्यालयको ६१औं वार्षिकोत्सव, अभिभावक भेला तथा भूपू विद्यार्थी पुनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले जनताको गाँस काटेर उठाईएको करबाट गरिने प्रत्येक विकास माटो र पानीमा मिसिएकोजस्तो भएको भन्दै सडक, सार्वजनिक भवन लगाएत पूर्वाधारहरूमा गरिएको लगानी खेर जान नदिन आफूले दिगो विकासको अवधारणा ल्याएको बताए ।

    आफू भौतिक विकासमन्त्री भएसँगै सबै सडकहरूको स्तर उन्नती तत्काल गर्ने उद्घोष गर्दै दुलालले विकासको कार्यमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाए । मिहिनेतपूर्वक लागियो भने सफलतापूर्वक परिणाम आउँदो रहेछ भन्ने कुरा सिद्धिगणेश लगाएत विद्यालयले प्राप्त गरेको भन्दै आफू सामाजिक विकास मन्त्री हुँदा बागमती प्रदेशका २० वटा विद्यालय छनौट गरेको स्मरण गरे ।

    मन्त्री दुलालले आफूले ल्याएको विद्यालय नर्स कार्यक्रम, विद्यालय बस कार्यक्रम प्रभावकारी रहेको दावी गरे । त्यस्तै बागमती प्रदेश सरकारले अब २ सय नर्स थप्ने योजना रहेको उनको भनाई छ । पछिल्लोपटक विद्यालयका वार्षिक कार्यक्रम सुधारात्मक हुँदै गएको बताउँदै मन्त्री दुलालले अझ सिर्जनात्मक बनाउन आग्रह गरे । यस अघि बागमती भित्र ५ सय नर्स कायम भईसकेका छन् ।

    Yubaraj Dulal

    कार्यक्रममा एसियाली विकास बैंक परामर्श दाता डा. रामप्रसाद घिमिरेले विज्ञान र प्रविधिको बदलिदो अवस्थामा विद्यालयका बालबालिकाहरूलाई प्रविधिमैत्री बनाउनु पर्ने धारणाा राखे । विद्यालयको वार्षिक उत्सव कार्यक्रमलाई विभित्र व्यक्तित्वहरूले शुभकामना मनतब्य राखेका थिए ।

    वार्षिकोत्सवको अवसरमा सो विद्यालयमा अध्यायन गरेर उच्च ओहदा तथा सरकारको विभिन्न निकायहरूमा पुग्न सफल व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा सोही विद्यालयका पूर्व विद्यार्थी बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, उर्जा तथा एशियाली विकास बैंक परामर्श दाता डा. रामप्रसाद धिताल, शसस्त्र प्रहरी बल प्रहरी नायब उपरीक्षक श्यामबाबु घिमिरे र चार्टर एकाउन्ट राजेश नेपाल लगाएत थिए ।

    विद्यार्थीहरूको विज्ञान प्रयोगशाला प्रदर्शन तथा साँस्कृतिक प्रस्तुती सहितको वार्षिकोत्सब कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक राजकुमार यादवले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै यादवले विद्यालयको औषत सिकाई उपलब्धिमा बृद्धि भईरहेको बताए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution