• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

मेहफिलमा गुञ्जियो मुक्तक, श्रेष्ठलाई ‘मुक्तक सम्राट’ उपाधिद्वारा सम्मान

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ फागुन ७, आईतबार (३ साल अघि)
  • १८९७ पाठक संख्या
  • Mehaphil

    जिन्दगी शीत हो कर्कलामा टल्कने
    जिन्दगी गीत हो हृदयभरी घन्कने
    ज्यूँदै मर्ने लाछीहरुलाई के थाहा
    जिन्दगी ज्वाला हो छातीभरि सल्कने

    सिन्धुपाल्चोकको पहिलो मुक्तक कृतिकार जीवन श्रेष्ठको झरेका फूलहरु संग्रहमा रहेको यो मुक्तक वाचन गर्दै चौतारा साँगाचोकगढी नगरपालिका– ५ का पूर्व वडा अध्यक्ष नरमान श्रेष्ठले मुक्तक मेहफिलको उद्घाटन गरे ।

    शब्द–सारथिको आयोजनामा प्रजातन्त्र दिवसको अवसरमा आईतबार सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सभाकक्षमा भएको कार्यक्रममा ६ मुक्तककारको ७२ वटा मुक्तकले मेहफिल गुञ्जियमान भयो । मुक्तक मञ्च सिन्धुपाल्चोक शाखाको सहकार्यमा गरिएको सो मुक्तक मेहफिलमा मुक्तककार अमित घिमिरे, सुन्दर शिरीष, रमेश श्रेष्ठ, हेमन प्रधान, ऋषिराम अपवाद र केशव आशुतोषले मुक्तक वाचन गरेका थिए । विजय नेपालले सुत्राधार गरेको मेहफिलको पहिलो चरणमा ६ मुक्तककारले ५/५ वटा मुक्तक वाचन गरे । दोस्रो चरणमा ४/४ वटा र तेस्रो चरणमा ३/३ वटा मुक्तक वाचन गरी मेहफिललाई रौनकता प्रदान गरेका थिए ।

    कार्यक्रममा सिन्धुपाल्चोकको पहिलो मुक्तक कृतिकार जीवन श्रेष्ठलाई ‘मुक्तक स्रमाट’ उपाधिद्वारा सम्मान गरिएको थियो । सिन्धुको पहिलो मुक्तक संग्रह झरेका फूलहरु वि.सं. २०५३ सालमा प्रकाशन भएको थियो । मुक्तकको पहिलो कृति प्रकाशन गरी सिन्धु साहित्यलाई थप उचाईमा पुर्याउन योगदान पुर्याएवापत श्रेष्ठलाई ‘गजल स्रमाट! उपाधिद्वारा सम्मान गरिएको शब्द–सारथिले जनाएको छ । सम्मान पछि श्रेष्ठले आफ्नो मुक्तक संग्रहबाट पाँचवटा मुक्तक वाचन गरेका थिए ।

    मेहफिलको अवसरमा मुक्तक मञ्च सिन्धुपाल्चोक शाखाका अध्यक्ष सुन्दर शिरीषले ‘मुक्तकमा सिन्धु’ नामक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा को पहिलो खण्डमा कवि दील कार्की, इसान घिमिरे, निर्मल बस्नेतलगायतले सिर्जना वाचन गरेका थिए । मुक्तक मेहफिल पछि कार्यक्रमलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिका– ५ का पूर्व वडा अध्यक्ष नरमान श्रेष्ठले मेहफिलमा वाचन गरेको मुक्तकहरु चोटिलो हुनुको साथै समाजलाई सहि गन्तव्य देखाउन प्रेरित रहेको बताए । ‘मुक्तकले मनोरञ्जन मात्र प्रदान गरेको छैन समाज विकास, रानीतिज्ञलाई सच्चिन आग्रह, वेरोजगारीको पीडा, विदेशिनुको पीडा, प्रेम, राज्य सञ्चालन पद्धतिप्रति व्यङ्गजस्ता कुरालाई प्रस्तुत भयो’, उनले भने– ‘यो प्रहारले पक्कै सकारात्मक प्रवाह ल्याउने छ ।’

    शब्द–सारथिको स्थापनाकालदेखि नै आफू कुनै न कुनै रुपमा संलग्न रहेको बताउँदै श्रेष्ठले शब्द–सारथिले सिन्धुपाल्चोकको साहित्य क्षेत्रमा विशेष योगदान पुर्याएको बताए । ‘विभिन्न विसंगतिबिरुद्ध सडक कविता वाचन, राष्ट्रिय/अन्तराष्ट्रिय साहित्य यात्रामार्फत जिल्लाको प्रचार प्रसार, राष्ट्रियस्तरको प्रतियोगिता, विद्यार्थीसँग सिर्जना साटफेरजस्ता कार्यक्रम गरी साहित्यको उच्चतम विकास गर्न शब्द–सारथि लागिरहेको पाएको छु’, श्रेष्ठले भने– ‘यस्ता कार्यक्रमले जिल्लाको कला, साहित्य, संस्कृति प्रबद्र्धनमा विशेष भूमिका खेल्छ ।’

    चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ ले सहयोग गरेको कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यपालिका सदस्य एवम् वडा नं. ५ को वडा सदस्य सानुमाया गुरुङ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सदस्य उजार सिं तामाङ, प्रगतिशील लेखक संघ सिन्धुपाल्चोकका अध्यक्ष निर्मल बस्नेतलगायतले शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रमकै बीच चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ वडास्तरीय बाल सञ्जालले प्रकाशन गरेको स्मारिका ‘कर्णधार’को विमोचन गरिएको थियो । प्रमुख अतिथि नरमान श्रेष्ठले स्मारिकाको विमोचन गरेका थिए । त्यस्तै कार्यक्रममा मेहफिल सफल बनाउन विशेष योगदान पु¥याएको भन्दै पूर्व वडा अध्यक्ष नरमान श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, कञ्चन स्मृति ग्राम पुस्तकालय, प्रगतिशील लेखक संघ सिन्धुपाल्चोक र मेहफिलका सुत्राधार विजय नेपाललाई मायाको चिनो प्रदान गरिएको थियो ।

    स्रष्टा, सारथि, साहित्यनुरागी, बुद्धिजीवि, सञ्चारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमलाई समापन गर्दै शब्द–सारथिका अध्यक्ष अमित घिमिरेले साहित्यको उन्नयनको लागि संस्थाले स्थापनादेखिनै केहि न केहि काम गरिरहेको बताए । ‘साहित्यलाई अनुत्पादक क्षेत्रको रुपमा लिईने गरेता पनि साहित्य राज्यको एउटा अभिन्न अंग हो भन्ने कुरालाई संस्थाले उजागर गर्दै आईरहेको छ’, उनले भने– ‘यो मेहफिलको आयोजना गरी एउटा मूधन्र्य स्रष्टालाई सम्मान गर्न पाउनु हाम्रो गौरवको कुरा हो ।’ अध्यक्ष घिमिरेले कार्यक्रमलाई सफल बनाउन जुट्ने वडा कार्यालय, विभिन्न संघसंस्था, विभिन्न व्यक्तित्व, सञ्चार क्षेत्रलाई विशेष धन्यवाद व्यक्त गरे ।

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution