• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

शहीद सप्ताह सुरुः प्रेस सेन्टरले गर्यो शहीदको सम्झना

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ फागुन १४, आईतबार (३ साल अघि)
  • ६९१ पाठक संख्या
  • Press Center
    फाईल तस्विर

    चौतारा । परिवर्तनको आन्दोलनमा बलिदान गर्ने सबै सहिदहरुको सम्झनामा शहीद सप्ताह सुरु भएको छ ।

    शहीद सप्ताहको पहिलो दिन प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले जनयुद्धको क्रममा शहादत प्राप्त पत्रकार एवम् साहित्यकार कञ्चन प्रियदर्शीकोलाई सम्झना गरेको छ । आईतबार साँझ भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष एवम् सेन्टरको सल्लाहकार जीवन श्रेष्ठ र सल्लाहकार सुरेश कसजु लगायत प्रेस सेन्टर सिन्धुपाल्चोकको पत्रकारहरुले प्रियदर्शीको तस्विरमा पुष्पगुच्छा र मैनबत्ती बालेर श्रद्धाञ्जली व्यक्त गरेका हो । कार्यक्रममा अध्यक्ष जीवन श्रेष्ठले प्रियदर्शीको व्यक्तित्व, पत्रकारिता र राजनैतिक जीवनको बारेमा चर्चा गरेका थिए ।

    प्रियदर्शीको २०५९ बैशाख १६ गते बलेफी गाउँपालिका– १ साँउबोटेमा तत्कालीन शाही नेपाली सेनाद्वारा गोली हानी हत्या गरिएको थियो । २०५१ सालमा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको सचिव र २०५३ सालमा उपसभापतिको जिम्मेवार बहन गरेका उनी पत्रकारितासँगै साहित्य क्षेत्रमा समेत क्रियाशिल थिए ।

    कार्यक्रममा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोक सम्मेलन आयोजक समितिका संयोजक सुन्दर शिरीषले झापा विद्रोह, जनयुद्ध लगायत परिवर्तनको आन्दोलनमा बलिदान गर्ने सबै शहीदहरुको सम्झनामा एक हप्ता बलिदान दिवस मनाउने गरिएको बताए । उनले नेकपा (माओवादी केन्द्र) निकट जनवर्गीय संगठनको शनिबार बसेको बैठक अनुरुप १ हप्तासम्म विभिन्न कार्यक्रम गरी दिवस मनाईने जानकारी दिए ।

    १० बर्षे शसस्त्र जनयुद्धको क्रममा शहादत प्राप्त गर्ने शहीदहरुको सम्झनामा एक फागुन १४ देखी २१ गतेसम्म सप्ताहव्यापी रुपमा शहीद दिवश मनाउने गरेको छ । जनयुद्धको पहिलो शहीद दिलबहादुर रम्तेललाई ११ बर्षको उमेरमा सेनाले नै हत्या गरेको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution