• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

जुगलको पाचँ हिमाल आरोहण खुलाउन नेपाल सरकारलाई सिफारिस

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ फागुन २१, आईतबार (३ साल अघि)
  • १२३८ पाठक संख्या
  • Jugal Mag

    काठमाण्डौ । सिन्धुपाल्चोकको जुगल हिमशृङ्खला अन्तरगतको ५ वटा हिमाल पर्वतारोहण खुला गर्नका लागि नेपाल सरकारलाई अनुरोध गर्दै सिफारिस गरिने भएको छ ।

    जिल्लाको दोर्जे लाक्पा र जुगल हिमनदी बिचमा रहेका चार र जुगल हिमनदी र जुगल याङ्री हिमचुलीको बीचमा रहेको एक हिमचुली गरी जम्मा पाचँ हिमचुलीको नामकरण गरी आरोहणका लागी खुला गर्न सस्ंकृति पर्यटन तथा नागरीक उड्ययन मन्त्रालय मार्फत नेपाल सरकारमा सिफारिस गर्ने निर्णय गरिएको जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोले जानकारी दिए ।

    आईतबार पर्यटन विभागको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरी नापी विभागले एभरेष्ट १८ सय ३० कोर्डिनेट सिस्टमबाट निर्धारण गरेको कोर्डिनेट अनुसार हिमचुलीको नामकरण गरी आरोहणका लागि खुला गर्न सिफारिस गर्ने निर्णय भएको अध्यक्ष स्याङबोको भनाई छ । उनका अनुसार ५ हजार ९ सय २२ देखि ६ हजार ५ सय ९१ मिटरसम्मका हिमालमा पर्वतारोहणको लागि खुला गर्न सिफारिस गरिने बताए । हिमाल आरोहण खुला गरी विदेशी पर्यटक आगमन बढाउने योजनाअनुसार कुनकुन हिमालमा पर्वतारोहीको आकर्षण देखिन सक्छ भनि छलफल गरेर यो निर्णय गरिएको अध्यक्ष स्याङबोको भनाई छ ।

    सिफारिस गरिएको नाममा जुगल १ को उचाई ६ हजार पाचँ सय ९१ मिटर, यहाँ ८५ डिग्री ४५ मिनेट ११.४९ सेकेण्ड पुर्वी देशान्तर रहेको छ भने अक्षाँश २८ डिग्री १० मिनेट ३०.२८ सेकेण्ड उतरी अक्षाँश रहेको छ । यस्तै जुगल २ मा ६ हजार पाचँ सय १८ मिटरमा ८५ डिग्री ४८ मिनेट ५९.२६ सेकेण्ड पूर्वी देशान्तर छ भने २८ डिग्री १० मिनेट ५३.९१ सेकेण्ड उतरी अक्षाँश छ । जुगल ३ मा अवस्थित ६ हजार १ सय ८४ मिटरमा ८५ डिग्री ४८ मिनेट ४६ .१० सेकेण्ड पुर्वी देशान्तर रहेकोमा २८ डिग्री ०९ मिनेट २९.५४ सेकेण्ड उतरी अक्षाँश रहेको छ ।

    जुगल ४ को ५ हजार ९ सय ३६ मिटर छ यहाँ ८५ डिग्री ४९ मिनेट ७.३७ सेकेण्ड पुर्वी देशान्तर र २८ डिग्री ०८ मिनेट ४५ .३२ सेकेण्ड उतरी अक्षाँश रहेको छ । ५ हजार ९ सय २२ मिटर रहेको जुगल ५ मा ८५ डिग्री ५१ मिनेट २८.४१ सेकेण्ड पुर्वी देशान्तर छ भने २८ डिग्री ०८ मिनेट ४७.५९ सेकेण्ड उतरी अक्षाँश रहेको छ ।

    जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोको अध्यक्षमा अन्तरक्रिया सम्पन्न भएको हो । उनले हिमचुली खुला गर्ने नीति आवश्यकता रहेको बताए । अन्तरक्रियामा पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुईटेल, गृह मन्त्रालयका उपसचिव फणिन्द्र दाहाल, नापी विभागका बरिष्ठ नापी अधिकृत हरिशरण नेपाल, पर्यटन विभागका निर्देशक युवराज खतिवडा, सूर्यप्रसाद उपाध्याय, नेपाल पर्वतारोहण संघ अध्यक्ष निमा निरु शेर्पा, पर्वतारोहण सञ्चालक संघ नेपालका अध्यक्ष डम्बर पराजुली, ट्रेकिङग एजेन्सिज एसोसियसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहाल, पर्यटन विभागका शाखा अधिकृत दिपेन्द्र रेग्मी, विज्ञान कोईराला, पर्यटन विभागकी सुशिला केसी, गोपाल गिरी, पर्यटन व्यवसायी मिलन तामाङलगायतको उपस्थिति थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    पर्यटन सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution