• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ फागुन २३, शनिबार | Saturday, 07, Mar, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

प्रेस सेन्टर सिन्धुपाल्चोकको अध्यक्षमा सुन्दर

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ फागुन २६, शुक्रबार (२ साल अघि)
  • ५१८ पाठक संख्या
  • Press Center

    चौतारा । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको छैठौं अधिवेशन शुक्रबार चौतारामा सम्पन्न भएको छ ।

    अधिवेशनबाट सुन्दर शिरीषको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । उपाध्यक्षमा निर्मल बस्नेत, सम्झना कार्की, सचिवमा अर्जुन शर्मा, सहसचिवमा सुमित्रा श्रेष्ठ, कोषाध्यक्षमा दीलमाया श्रेष्ठ सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक रत्न श्रेष्ठले जानकारी दिए । सदस्यमा राजेन्द्र रानामगर, सुप्रिन्स कसजू, मोनिका विक, निर्मल माझी निर्वाचित भए । पहिलो बैठकले १ सदस्य थप गर्ने गरी ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको श्रेष्ठले जानकारी दिए । निर्वाचित समितिलाई प्रेस सेन्टर नेपालको वाग्मती प्रदेश अध्यक्ष यदुनाथ गौतमले सपथ ग्रहण गराएका थिए ।

    नवनिर्वाचित अध्यक्ष शिरीषले प्रेस सेन्टर नेपालको गौरवमय विराशतलाई नयाँ टीमले अझ उचाईमा पु¥याउने बताए । ‘हामीमा ठूलो जिम्मेवारी आएको हामीले ठानेका छौं, यो जिम्मेवारीलाई हामी पूरा गर्न सक्षम रहनेछौं भन्ने विश्वास व्यक्त गर्दछु’, उनले भने– ‘पत्रकारको हक हित, सांगठानिक विकास, जनपक्षिय पत्रकारिताको विकासमा हामी दृढ रहनेछौं ।’ मूख्यगरी सञ्चारकर्मीको पेशागत हकहित, स्थानीय सरकार, पत्रकारका संघसंगठनसँग सहकार्य गरेर पेशगत विकासमा जोड दिने उनले बताए ।

    अधिवेशनलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का पोलिट्व्यूरो सदस्य एवम् चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख कृष्णप्रसाद सापकोटाले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै अबको पत्रकारिता समृद्धि र विकासको पक्षमा रहनुपर्ने धारणा व्यक्त गरे । ‘पत्रकारिताले सामान्य जनजीवन व्यतित गरिरहेका व्यक्ति, समुदायको आर्थिकउन्नती गर्ने कोणबाट गरिनु पर्दछ’, उनले भने– ‘पत्रकारिताले राजनीति, जनजीविका, समाजमा परिवर्तनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा पत्रकार र पत्रकारिता क्षेत्र गम्भीर भएर लाग्नु पर्दछ ।’ जनपक्षिय पत्रकारिताको विरासतलाई प्रेस सेन्टर नेपालले कायम राख्नुपर्नेमा जोड दिँदै सापकोटाले नगरपालिका र पार्टीको तर्फबाट संगठनको संस्थागत विकासमा सदैव सहयोग गर्न तयार रहेको बताए ।

    Press Center1

    अधिवेशनलाई सम्बोधन गर्दै प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले अब पत्रकारहरुले समृद्धि र समाज विकासको लागि के कस्तो भूमिका निभायौं भन्ने कुरामा गम्भीर हुनुपर्नेमा जोड दिए । कृष्ण सेन इच्छुकले देखाएको पत्रकारिताको बाटोलाई जनपक्षिय पत्रकारले अंगिकार गर्नुपर्ने धारणा राख्दै उनले त्यसको लागि केन्द्रले विशेष योजना ल्याउने बताए । ‘हामीले सुरुवाति कालखण्डमा बन्दूक र कलम सँगसँगै बोकेर पत्रकारिता गर्यौं’, उनले भने– ‘अहिले सञ्चारको विकास र सामाजिक, राजनीतिक परिवर्तनलाई आत्मसाथ गर्दै रचनात्मक तवरले जनपक्षिय पत्रकारिता गर्न जरुरी छ ।’ नयाँ बनेको कार्यसमितिले सिन्धुपाल्चोकको जनपक्षिय पत्रकारिताको उचाईलाई अझ अग्ल्याउने विश्वास व्यक्त गर्दै सापकोटाले त्यसको लागि केन्द्रले गर्नुपर्ने साथ सहयोगप्रति सदैव तत्पर रहेको बताए ।

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश अध्यक्ष एवम् प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले पत्रकारिता किन गर्ने भन्ने कुरामा पत्रकार स्पष्ट हुनुपर्ने धारणा व्यक्त गरे । ‘हामीले किन र कस्को लागि पत्रकारिता गरिरहेका छौं ? यो कुरामा जनपिक्षय पत्रकार स्पष्ट हुनुपर्दछ’, पौडेलले भने– ‘दृष्टिकोण प्रष्ट भए मात्र लक्ष्यमा पुग्न सकिन्छ ।’ पत्रकारिता क्षेत्रको विकास र पत्रकारहरुको प्रवद्र्धनमा आफू सदैव तयार रहेको बताउँदै उनले नवनिर्वाचित टीमले जिल्लाको पत्रकारितालाई अझै सशक्त बनाउने विश्वास व्यक्त गरे ।

    नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश सचिवालय सदस्य प्रेमप्रसाद सापकोटा ‘राजेन्द्र’, प्रेस सेन्टर नेपालका उपाध्यक्ष एवम् बागमती प्रदेश इञ्चार्ज लक्ष्मण खड्का, उपाध्यक्ष निर्मल ज्ञावली, बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतम, नेपाल पत्रकार महासंघ सिन्धु शाखाका अध्यक्ष एवम् प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकका पूर्व अध्यक्ष जीवन श्रेष्ठ, केन्द्रिय परिषद् सदस्य ज्ञानेन्द्रप्रसाद तिमल्सिना, प्रेस युनियन सिन्धुपाल्चोकका निरोज चौलागाई, आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुपाल्चोकका सचिव दीपेन्द्र घलेले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

    कार्यक्रमकै बीच प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकका पूर्व अध्यक्ष जीवन श्रेष्ठलाई सम्मान गरिएको थियो । बन्दसत्रमा अधिवेशन आयोजक समिति संयोजक सुन्दर शिरीषले प्रस्तुत गरेको सांगठानिक एवम् आर्थिक प्रतिवेदनलाई पारित गरेको छ । कार्यक्रममा प्रमुख अतिथि, अतिथि, जग्गादाता नरमान श्रेष्ठलाई मायाको चिनो प्रदान गरी आभार व्यक्त गरिएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution