• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ पौष ३०, बुधबार | Wednesday, 14, Jan, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • २मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ३सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ४उ दिन सम्झँदा
  • ५तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ६क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ७टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ८वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

कौराहा नृत्यसहित सांस्कृतिक कार्यक्रम सम्पन्न

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ फागुन २८, आईतबार (२ साल अघि)
  • ७५६ पाठक संख्या
  • Magar

    चौतारा । ‘सम्पूर्ण मगर विद्यार्थीहरु एक होऔ, शैक्षिक जागरण फैलाऔं’ भन्ने मूल नाराका साथ चौतारा साँगाचोकगढी नगरपालिका– ९ मूलखर्कमा सामूहिक कौराहा नृत्य प्रतियोगितासहितको सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिका– ९ का वडा अध्यक्ष विमल श्रेष्ठको प्रमुख आतिथ्यमा नेपाल मगर विद्यार्थी संघको २८औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष श्रेष्ठले मगरहरूको भेषभुषा, संस्कार, संस्कृति संरक्षण गर्नको लागि मगर विद्यार्थीहरु एकजुट भएर अगाडि बढेकोमा खुसी व्यक्त गरे । उनले दिवसको अवसरमा सामूहिक कौराहा नृत्य र निबन्ध लेखन प्रतियोगितामा सफल हुने विद्यार्थीहरुलाई बधाई दिए ।

    सामूहिक कौराहा नृत्य प्रतियोगितामा जुगल– ५ का मगर विद्यार्थीहरूको समूह प्रथम, साँगाचोकको विद्यार्थीहरु दोस्रो, भोटसिपाको विद्यार्थीहरु तेस्रो र इर्खुको विद्यार्थीहरु सान्त्वना भएका थिए । त्यसैगरी मावि स्तरीय निबन्ध लेखन प्रतियोगितामा इर्खु माविकी बिनिता तामाङ प्रथम, रत्नराज्य माविकी सुजिता रखाल मगर दोस्रो, गोल्मादेवी माविकी निशा तामाङ तृतीय र जनगागृति माविकी सुदिक्षा राना सान्त्वना भएका थिए । नृत्य प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई ट्रफी र प्रमाण पत्र, निबन्ध प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई स्टेसनरी सामग्री र प्रमाण पत्र प्रदान गरिएको थियो ।

    कार्यक्रममा हाँस्य कलाकार रोहित कार्की, लिजा राना मगरले हास्यव्यङ्ग्य प्रस्तुति दिएका थिए भने गायक सुनिल थापा मगर, दिलिप राना मगर, विरेन्द्र लोप्चनले सांगीतिक प्रस्तुति दिएर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिका महासचिव चन्द्र थापा मगर, नेपाल मगर संघ जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको अध्यक्ष मोहन थापा मगर, आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष हरिकुमार श्रेष्ठ, नेपाल मगर संघ सिन्धुपाल्चोक काठमाण्डौ सम्पर्क समन्वय समितको अध्यक्ष संगिता राना मगर लगायतका व्यक्तिहरूले शुभकामना दिएका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि विशेष अतिथि र अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम नेपाल मगर विद्यार्थी संघ जिल्ला समितिको अध्यक्ष राजेन्द्र राना मगरको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

  • मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

  • सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

  • उ दिन सम्झँदा


  • ग्लोबल अपडेटथप

    तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

    Game News

    मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

    Mitrata Shang

    सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

    UML

    उ दिन सम्झँदा

    Poem Sambhu
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution