• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

‘हामी झुठा आश्वासन र नसक्ने प्रतिबद्धता गर्दैनौ र गरेको जति पूरा गर्छौ’

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ चैत्र १, बुधबार (३ साल अघि)
  • १७६२ पाठक संख्या
  • Achyut

    वि.सं २०५५ साल माघ २५ गते सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर ५, चनौटेमा बाबु कुञ्जरमणी अधिकारी र आमा पबित्रा अधिकारीको कान्छो सुपुत्रको रुपमा जन्मीएर गाउँकै श्री रत्न राज्य माध्यमिकै विद्यालयमा कक्षा १२ (प्रमाण पत्र) तह उत्तिर्ण गरि हाल जलबिरे भ्याली क्याम्पसमा शिक्षा संकाय पहिलो वर्षमा अध्ययनरत रहि आसन्न चैत्र ५ गते सम्पन्न हुन लागेको स्ववियु निर्वाचनमा अनेरास्ववियू(क्रान्तिकारी) को तर्फवाट सभापति पदमा उम्मेदवारी दिएका जुझारु युवा विद्यार्थी नेता अच्यूत अधिकारीसँग ग्लोबलपाटीले गरेको कुराकानीः

    शिक्षामा सबैको पहुँच पुयाई महंगो शिक्षा र ब्यापारिकरण बन्द गरिनेछ, वैज्ञानिक, व्यवहारिक, प्राविधिक, खोजमूलक र गुणस्तरीय शिक्षा विद्यार्थीले पाउनेछन् ।

    आउँदो स्वबियु निर्वाचमा जलबिरे भ्याली क्याम्पसबाट सभापतिमा उम्मेदवारी दिनुभएको छ । ठ्याक्कै भन्नुस्, तपाईको उम्मेद्वारी किन ?
    प्वईन्टमा भन्नुपर्दा क्याम्पसमा विद्यार्थीले साम्रोसँग अध्ययन गर्न पाउन, विद्यार्थीले पाउने सेवा सुविधाको उपभोग गर्न पाउन भन्ने हो । शिक्षामा सबैको पहुँच पुयाई महंगो शिक्षा र ब्यापारिकरण बन्द गर्न, सुविधा सम्पन्न इ–लाइब्रेरी, छात्रावास, निःशुल्क कोचिङ प्रशिक्षण र व्यक्तित्व विकास, वैज्ञानिक, व्यवहारिक, प्राविधिक, खोजमूलक र गुणस्तरीय शिक्षा विद्यार्थीले पाउनुपर्छ भन्ने हाम्रो टीमको मूख्य एजेण्डा हो ।

    जलबिरे भ्याली क्याम्पसमा पहिले पनि स्वबियु निर्वाचन भएको हैन र ? अघिल्लो टीमले विद्यार्थीको हक हितमा काम गरेन ?
    निक्कै महत्वपूर्ण विषय उठान गर्नुभयो । अघिल्लो स्वबियुको टीमले पनि विद्यार्थीका लागि केहि काम त गर्नु भयो तर त्यो अपूर्ण छ । त्यसलाई पूरा गर्नको लागि हामी सक्षम छौं । विद्यार्थीले शिक्षा त प्राप्त गरे तर उनीहरुले प्राप्त गरेको सर्टिफिकेटले रोजगार प्रदान गर्न सकेन । त्यसकारण हामीले भनेका छौं कि एक हातमा सर्टीफिकेट र अर्को हातमा रोजगारीको अवसर सिर्जना हुनुपर्छ, साथै खेलकुदलाई व्यवस्थापन गरी राष्ट्रिय तथा अनर््तराष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गरिनु पर्छ । यी र यावत कुराहरु हामी गर्न सक्षम हुनेछौं ।

    तपाईं अखिल (क्रान्तिकारी) बाट चुनावी मैदानमा हुनुहुन्छ । तपाईंको माउ पार्टी सरकारमा नै छ, तपाईं निर्वाचनमा नआउँदा पनि त यि कामहरु हुन्थे होलान नि त ?
    यो कुरा केहि हद्सम्म त ठीकै हो । तर विद्यार्थीको समस्या र सम्भावना विद्यार्थीले नै बुझेको हुन्छ । त्यसकारण मैले अखिल (क्रान्तिकारी) बाट चुनावी मैदानमा होमिने निर्णय गरे । सबै निर्णयमा कुनै न कुनै कारण हुन्छ, मैले क्रान्तिकारी रोज्नुको कारण अखिल (क्रान्तिकारी) को गर्विलो इतिहास र यस्ले लिएको लक्ष्य, उदेश्य तथा आम विद्यार्थीको जनजीबिकाको बारेमा नियमित उठान गरिरहेका मुद्दा र वर्गको समान धारणा पनि हो । हाम्रो टीम वियजी हुँदा विद्यार्थीका समस्याहरु समाधान हुनेछ भन्ने पनि विश्वास दिलाउन चाहान्छु ।

    तपाईंको क्याम्पसमा कति विद्यार्थीले अध्ययन गर्छन् ? सबै तपाईं र तपाईंको मुद्दामा सहमत होलान त ? तपाईंले चुनाव जित्ने आधार के ?
    क्याम्पसमा १ सय ९० विद्यार्थी रहेका छन् । यस मध्ये बहुमत विद्यार्थीको साथ हामीलाई हुने अपेक्षा छ । किनकि हामीले उठाएको मुद्दालाई विद्यार्थीहरुले साथ दिनेछन् र हाम्रो मुद्दा, कार्ययोजनाहरु वैज्ञानिक, वस्तुनिष्ठ र माटो सुहाउँदो छ । विद्यार्थीको सबै समस्या र सम्भावनाहरुलाई हामीले गहिरो ढंगले अध्ययन गरेर मुद्दामा समावेश गरेका छौं ।

    अरु संघ संगठन र हामीमा पक्कै पनि फरक छ । हाम्रो स्पष्ट कार्ययोजना, लक्ष्य र उद्देश्य छन् त्यो पूरा गर्न हामी हरपल साथ रहनेछौं ।

    अरु उम्मेद्वार, विद्यार्थी संघ संगठन तपाईंकोबीचमा के फरक छ ?
    अहिले विद्यार्थीहरुमा सबै संग संगठन र उम्मेद्वार उस्तै उस्तै हो भन्ने भ्रम परेको छ, तर त्यो होइन अरु संघ संगठन र हामीमा पक्कै पनि फरक छ । हाम्रो स्पष्ट कार्ययोजना, लक्ष्य र उद्देश्य छन् त्यो पूरा गर्न हामी हरपल साथ रहनेछौं । क्याम्पसको हरेक समस्यासँग जुध्ने आँट र साहस छ । हामी झुटा आश्वासन र नसक्ने प्रतिबद्धता गर्दैनौ र गरेको जति पूरा गर्छौ । त्यसैले हामी फरक छौं ।

    तपाईं निर्वाचित भएपछिको कार्ययोजना के के छन् त ?
    हाम्रो जितपश्चात प्रमुख काम भनेको नियमित पठनपाठन, पुस्तकालयको राम्रो प्रबन्ध, क्यान्टिन्को व्यवस्था, छात्रवृत्ति वितरणको समुचित व्यवस्थापन, प्राथमिक उपचार कक्षको व्यवस्था, कम्युटर ल्याबको प्रबन्ध, क्याम्पसमा लोक सेवा तथा शिक्षा सेवा आयोगको कक्षा संचालन, महिनावारी समस्या समाधान गर्न सेनेटरी न्यापकिन भेन्डिङ मेसिनको ब्यबस्था लगायत को योजना रहेको छ ।

    क्पाम्पसमा अब शैक्षिक सुधार आउने छ, यहि आशा सबै विद्यार्थी र अभिभावकले गर्दा हुन्छ ?
    निश्चित रूपमा हुन्छ, म र यस क्याम्पसमा अध्यायन गर्ने विद्यार्थीको आर्थिक सामाजिक र भौगोलिक रूपमा समानता रहेकोले मैले मेरो वर्गप्रति धोका दिने छैन, पक्कै पनि न्याय गर्ने छु । यसमा म र मेरो टीमले ल्याएको योजनामा सबैको साथ र सहयोगको आवश्यकता पर्दछ । र, त्यसमा सबैले साथ दिनुहुनेछ भन्ने आशा गरेको छु ।

    अन्त्यमा, यहाँको कुरा के छ ?
    अन्त्यमा, मलाई आफ्नो विचार र योजना व्यक्त गर्ने मौका दिनुभएकोमा धन्यवाद । साथै यस जलबिरे भ्याली क्याम्पसमा अध्यायनरत सम्पूर्ण विद्यार्थीहरुमा हाम्रो प्रतिबद्धता पूरा गरि क्याम्पसलाई थप उचाइमा पुर्याउन म र मेरो प्यानललाई अत्यधिक मतदान गरि विजयी गराइदिनुहुन सम्पूर्ण विद्यार्थी साथीहरूमा हार्दिक अनुरोध गर्दछु ।

  • अन्तर्वार्ता
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्वार्ता सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution