• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ श्रावण २, शुक्रबार | Friday, 18, Jul, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा
  • २बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • ३गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ४खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • ५पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ६खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ७कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ८लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु

सिन्धुका ५ क्याम्पसमा निर्वाचन ५ मा सर्वसम्मत, अखिल (क्रान्तिकारी) पहिलो

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ चैत्र ५, आईतबार (२ साल अघि)
  • १६०८ पाठक संख्या
  • Sobiu Election

    चौतारा । सिन्धुपाल्चोकका १२ वटा क्याम्पस मध्ये ५ वटा क्याम्पसमा स्ववियु पदाधिकारी चुन्न निर्वाचन भएको छ ।

    जलबिरे भ्याली क्याम्पस जलबिरेको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) का अच्यूत अधिकारी विजयी भएका छन् । अधिकारीले नेबिसंघका सुदेश ढकाललाई ३० मतले पछि पार्दै विजयी भएका हुन् । कुल मतदाता १ सय ९१ मध्ये १ सय ८१ मतदाताले मतदान गरेका थिए । अधिकारीले ७९ मत पाउदा नेबिसंघका ढकालले ४९ मत पाएका छन् । त्यस्तै अर्का प्रतिस्पर्धी अनेरास्ववियुका दिनेश गोलेले ४६ मत पाए । अखिल (क्रान्तिकारी) बाटै सचिवमा बिक्रम भट्टराई, कोषाध्यक्ष दीपा सापकोटा र सदस्यहरुमा रिता बि.क, कृष्णकुमारी गोतामे र अस्मिता श्रेष्ठ निर्वाचित भएका छन् ।

    जुगल क्याम्पस साँगाचोकमा पनि अखिल (क्रान्तिकारी) को प्यानलले जितेको छ । क्रान्तिकारीबाट सभापतिमा सुदर्शन अर्याल, मन्जु नेपाल, कोषाध्यक्षमा मनिला लामा, सदस्यमा सुस्मिता तामाड, अनिस गिरी र कुसुम तामाड बिजयी भएका हुन् । समानुपातिकतर्फ जमुना श्रेष्ठ दिपा राना, मनिका भुजेल, विष्णुमाया राना र सर्मीला गिरी निर्वाचित भएका हुन् ।

    यता मेलम्ची भ्याली क्याम्पस हेलम्बु गाउँपालिका ४ मा सम्पन्न स्ववियु निर्वाचनमा वामपन्थी विद्यार्थीहरुको संयुक्त प्यानल विजयी भएका छन् । सभापतिमा एमाले निकट अनेरास्ववियुका पवनकुमार लामिछाने ७० मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेविसंघका रणजित कार्कीले ५१ मत प्राप्त गरे । यस्तै, सचिवमा अखिल क्रान्तिकारीका राजन गिरी ७२ मत ल्याएर विजयी भए । कोषाध्यक्षमा नेकपा एकीकृत समाजवादीका प्रदिप गुरागाईं ७२ मत ल्याएर विजयी भए । सदस्यमा गोकुल लामिछाने ७१, सरिता जोती ६८ मत ल्याएर विजयी भए । सुन्तली तामाङ निर्विरोध भईन् । सदस्यमा निर्वाचित तामाङ र ज्योति अखिल क्रान्तिकारीका हुन भने लामिछाने एमाले निकट अनेरास्ववियुका हुन् ।

    अरनिको कलेज बाह्रबिसेमा नेविसंघबाट सभापति सन्दीप बस्नेत निर्वाचित भएका छन् । सचिवमा र कोषाध्यक्षमा अनेरास्ववियुले जितेको छ । सचिवमा सजान तामाङ र कोषाध्यक्षमा सबिना कार्की विजयी भएका हुन् ।

    त्यस्तै ईन्द्रावति क्याम्पस मेलम्चीमा गोला प्रथाबाट सभापतिमा अनेरास्ववियुका किसन दुलाल बिजयी भएका छन् । नेविसंघ दुलाल र नेविसंघका उम्मेद्वार सरोज बस्नेत दुबैले १ सय ८ मत प्राप्त गरेपछि पुनः मतगणना गरिएको थियो । अन्तिममा दुबै पक्षबाट गोला प्रणालीबाट सभापति चुनिने सहमति भएपछि अनेरास्ववियुका किसन दुलाल विजयी भएका छन् । दुई सय ४२ मत खसेकोमा अन्य सचिव, कोषाध्यक्ष र सदस्य पदमा भने अनेरास्ववियु क्रान्तिकारी, अखिल र राप्रपाको गठबन्धन विजयी भएको छ ।

    ५ वटामा निर्विरोध
    यसअघि ५ क्याम्पसमा मनोनयन दर्ताकै दिन सर्वसम्मत पदाधिकारी निर्वाचित भइसकेका थिए । जिल्लाका प्रमुख चौतारा बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अमृत श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् । अनेरास्ववियु, नेविसंघ र समाजवादी विद्यार्थी संगठनले अन्य पदहरू लिएर सर्वसम्मत रूपमा स्ववियु निर्वाचित भएका छन् । सुनकोशी बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुकी हिरा थामी सभापतिमा निर्वाचित भइन् भने अखिल क्रान्तिकारी र नेविसंघले अन्य पदहरू लिए ।

    ककलिङ क्याम्पस ठूलोपाखरमा अखिल क्रान्तिकारीका लक्ष्मण घिसिङ सभापति छानिए । त्यस्तै, ठोकर्पा सामुदायिक क्याम्पसमा नेविसंघकी सरस्वती जिसी सभापतिमा निर्वाचित भएकी छन् । ती दुबै क्याम्पसमा अनेरास्ववियु लगायतका क्रियाशिल सबै विद्यार्थी संगठनका प्रतिनिधिहरू रहेका छन् । उता सिन्धु भ्याली क्याम्पस भोटेचौरमा नेविसंघका सुरज चौलागाईं सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।

    यो परिणामसँगै सिन्धुपाल्चोकमा अखिल (क्रान्तिकारी) ले ४, अनेरास्ववियुले ३ र नेविसंघले ३ वटा क्याम्पसमा जित हासिल गरेको छ । दशमध्ये ४ वटा क्याम्पसमा जित हासिल गरेसँगै अखिल (क्रान्तिकारी) जिल्लाकै पहिलो संगठनको रुपमा दरिएको छ । अभयानन्द र पाँचपोखरी क्याम्पसमा भने विद्यार्थी न्यून भएकाले स्ववियु निर्वाचन नै हुन सकेन ।

  • स्ववियु निर्वाचन २०७९:
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

  • बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

  • गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ


  • ग्लोबल अपडेटथप

    १ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

    Chautara Campus

    बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

    Aparad

    गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    Helth Camp

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution