• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ अषाढ २८, आईतबार | Sunday, 12, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

न्यूनतम सेवा प्रदान गर्ने अस्तालमध्ये चौतारा अस्पताल देशभरकै पहिलो

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ चैत्र ९, बिहिबार (३ साल अघि)
  • ११३१ पाठक संख्या
  • Chautara Hospital

    चौतारा । न्यूनतम सेवा मापदण्ड पालना गरी सेवा प्रदान गर्ने अस्पतालमध्ये सिन्धुपाल्चोकको चौतारा अस्पताल देशभरमै प्रथम भएको छ ।

    बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठ तथा न्यूनतम सेवा मापदण्डका टोली प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाको ५ सदस्यीय टोलीले देशभर गरेको अनुगमनमा चौतारा अस्पतालले ८९ प्रतिशत अंक प्राप्त गरी नेपालकै १५ शैया अस्पताल समूह अन्तर्गत प्रथम हुन सफल भएको हो ।

    अस्पतालको सेवामा जम्मा ६ सय ४७ वटा मापदण्ड मध्ये ५ सय ७६ मापदण्डहरु जसमा ७ सय ६१ नम्बरबाट ६ सय ७८ नम्बर प्राप्त गरी नेपालभरकै उत्कृष्ट नम्बर ल्याई प्रथम हुन सफल भएको न्यूनतम सेवा मापदण्डका टोली प्रमुख डा. झाले बताए । अस्पताहरुको लेखा, प्रशासन, अस्पताल भित्र चल्ने क्लिनिकल सर्भिस, सर्पोट सर्भिस, व्यवस्थापन पक्ष, लगायत सबै प्रकारको अवस्था हेरेर मूल्याङ्कन गरिएको उनले बताए ।

    न्यूनतम सेवा मापदण्डमा सुशासनमा २० प्रतिशत, क्लिनिकल सेवा प्रवाहमा ६० प्रतिशत र अस्पताल सर्पोट सर्भिसमा २० प्रतिशत गरी कुल १ सय प्रतिशत मध्ये ८९ प्रतिशत ल्याई चौतारा अस्पताल १५ शैया वर्गको अस्पतालमा पहिलो भएको हो । चौतारा अस्पताल बाहिरबाट हेर्दा जति सुन्दर देखिन्छ यसको भित्रि पक्ष पनि निकै सुन्दर हुँदै गएको भन्दै मूल्याङ्कन समितिका संयोजक झाले खुसी व्यक्त गरे ।

    बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले चौतारा अस्पतालमा गरेको अनुगमन पछिको समिक्षा कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले आफ्नो नगरभित्र रहेको अस्पतालले सिमित स्रोत साधनको वावजुद पनि गरेको प्रगतिले अस्पतालको मात्र नभई सिंगो नगरको र जिल्लाको समेत नाम राख्न सकेकोमा खुसी व्यक्त गरे । चौतारा अस्पतालले ८९ प्रतिशत ल्याउनु भनेको स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको प्रमाण अस्पतालले दिएको भन्दै उनले अब बाँकी रहेको ११ प्रतिशत काम पनि पूरा हुनेमा विश्वास व्यक्त गरे ।

    कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सीता थापाले अस्पताललाई आफूले नजिकबाट हेरिरहेको बताउँदै अस्पतालको विकास निर्माण तथा सेवा विस्तारमा हातेमालो गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । थापाले अस्पतालको बारेमा बाहिरबाट आएका गुनासोहरुलाई छोटो समयमा पूरा गरी स्वास्थ्य सेवामा गरेको सुधारबारे प्रसंसा गदै सो कार्यमा लाग्ने सबैलाई धन्यवाद व्यक्त गरिन् ।

    त्यस्तै बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले अस्पतालको गतिलाई थप प्रभावकारी ढंगबाट सञ्चालन गरी तत्काल ५० शैयामा स्तर उन्नतिका साथ देशको उत्कृष्ट अस्पतालको रुपमा चिनाउन तीनै तहका सरकारले सहयोग गर्नुपर्ने बताए ।

    अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर कार्कीले विज्ञमार्फत दिएको निर्देशन तथा सुझाव अस्पतालको नियमित सेवासँग सम्बन्धित भएकाले त्यसको पनि सुधार गरेर अर्को वर्ष शतप्रतिशत हासिल गर्ने लक्ष्य लिई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले अस्पताललाई यो अवस्थासम्म पुर्याउन अस्पतालमा कार्यरत कार्यालय सहयोगीदेखि सम्पूर्ण स्वास्थ्यकर्मी कर्मचारीहरुको ठूलो भूमिका रहेको भन्दै सहयोगी सबैलाई धन्यवाद व्यक्त गरे ।

    सो समिक्षा कार्यक्रममा विभिन्न सूचाङ्कको आधारमा अनुगमन गरिएको र १ सय अंक ल्याउन ११ अंक नपुग्नुका कारणहरु बारेमा समेत समिक्षा गरिएको थियो । कार्यक्रममा अस्पतालबाट महिनामा उत्कृष्ट हुने कर्मचारीहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । मंसिर महिनामा कार्यलय सहयोगी तामबहादुर श्रेष्ठ, पुस महिनामा सहायक कम्प्युटर अपरेटर विवेक श्रेष्ठ, माघ महिनामा मेडिक अधिकृत डा. सुसान्त श्रेष्ठ र फागुन महिनामा स्टाफ नर्स रन्जिता श्रेष्ठ, कार्यालय सहयोगी टीकालाल श्रेष्ठ उत्कृष्ट कर्मचारी घोषित भएका थिए ।

    त्यस्तै अस्पतालमा आएका विरामीहरुको विद्युतीय अभिलेख चुस्त राख्ने तीन शाखाहरुलाई समेत सम्मान गरिएको छ । अन्तरंग विभाग, बहिरंग विभाग र प्रयोगशाला शाखालाई सम्मान गरिएको हो ।

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution