• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ २१, शनिबार | Saturday, 05, Jul, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • २गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ३खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • ४पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ५खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ६कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ७लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु
  • ८सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया

जनमत–जनक प्रधान सेवा सम्मानबाट कसजू सम्मानित

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ चैत्र २५, शनिबार (२ साल अघि)
  • ६८६ पाठक संख्या
  • Samman

    बनेपा । सिन्धुपाल्चोकका पत्रकार तथा साहित्यकार सुरेश कसजू ‘जनमत–जनक प्रधान सेवा सम्मान’बाट सम्मानित भएका छन् ।

    काभ्रेस्थित जनमत वाङमय प्रतिष्ठानको ३९औं वार्षिकोत्सवको अवसरमा कसजूलाई सम्मान गरिएको हो । प्रतिष्ठानको आयोजनामा शनिबार बनेपामा भएको कार्यक्रममा कसजुलाई साहित्यकार तथा प्रा.डा. अभि सुवेदीले दोसल्ला ओढाएर सम्मान गरे । कसजू ४० को दशकदेखि साहित्य र पत्रकारितामा क्रियाशील छन् । सिन्धु साहित्यको विकास, संरक्षण र उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत उनी सम्मानित भएका हुन् ।

    उनले जुगल साहित्य मासिक, विप्लव मासिक लगायत पत्रपत्रिकामा सम्पादकको भूमिका निर्वाह गरेका थिए । दुःखी प्रकाशनमार्फत सर्जकहरुको साहित्यिक कृति प्रकाशन, नव सर्जकहरुका लागि प्रोत्साहन र संरक्षणको भूमिकामा कसजू लामो समयदेखि समर्पित छन् ।गोरखापत्र संस्थानका पूर्व बोर्ड सदस्यसमेत रहेका कसजुको सम्पादकत्वमा सिन्धुसन्देश साप्ताहिक, सर्वपक्ष दैनिक, जुगल खबर अनलाईन सञ्चालन तथा प्रकाशन हुँदै आएको छ । प्रमुख अतिथि सुवेदीले २०७७ र २०७८ सालमा सम्मानित हुनु भएका स्रस्ताहरुलाई सम्मान गरेका थिए ।

    २०७७ र २०७८ सालको दीपा–जनमत सम्मान भगवती अर्याल पाण्डे र युवराज नयाँघरेलाई, गणेश खिलकुमारी दुवाल–जनमत सम्मान श्रीओम श्रेष्ठ रोदन र अशेष मल्ललाई, हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान रामकुमार पाण्डे र पद्मावती सिंहलाई, २०७८ को जनमत–जनक प्रधान सेवा सम्मान मणी लोहनीलाई सम्मान गरिएको हो । त्यसैगरी केवलपुरे–जनमत सम्मान सुमित्रा सुमि र जलेश्वरी श्रेष्ठलाई, जनमत–महेन्द्रलाल कलाकार सम्मान विक्रमश्री र राजु तुलाधरलाई, कमला सैंजू–जनमत सम्मान डा.गीता त्रिपाठी र तारा केसीलाई, जनमत–राजभाई सहयात्री सम्मान दिलसुन्दर श्रेष्ठ र हरिप्रसाद चौलागाईलाई, भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान–सीता राई थुलुङ र बालिका गिरीलाई सम्मान प्रदान गरिएको छ ।

    जनमत–केदार सुदर्शना बालसाहित्य सम्मान–अनन्तप्रसाद वाग्ले र विजयराज आचार्यलाई, जनमत–सिचिधर्म र संस्कृति सम्मान शिला पन्त र ऋषिकेशव कँडेललाई, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान कृष्णप्रकाश श्रेष्ठ मरणोपरान्त र डा. गंगाप्रसाद अकेलालाई तथा जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान डा. रविन्द्र समीर पाण्डे र योगेन्द्र प्रधानाङ्गलाई प्रदान गरिएको छ । यसैवर्षदेखि प्रदान गरिएको जनमत–ज्ञानरत्न मंगलतारा राष्ट्रिय सम्मान टङ्कबहादुर आलेमगर, उदयपुर र जनमत–पूर्णमान लुचि समाजसेवा सम्मान रुमी राजभण्डारीलाई प्रदान गरिएको छ । कार्यक्रमको सभातित्व जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष्य मोहन दुवाल भएको उक्त कार्यक्रममा दुवालले मन्तब्य राख्दै साहित्यिक गतिविधि चोखो भावनामा लिप्त भएर गरे पछि असम्भव भन्नु केही नभएको बताए ।

    ‘यहि भावनाले जनमतको यात्रा निरन्तर हुन पाएको हो’, उनले भने– ‘जनमतको यात्रामा विभेद कुनै पनि क्षेत्रमा पाउन सक्नु हुन्न । सबैको मनमा जनमत पुर्याउने हाम्रो पवित्र उद्देश्य हो ।’ सम्मानित प्रतिभाहरु मध्यवाट अशेष मल्ल, रामकुमार पाडे तथा श्रीओम श्रेष्ठ, रोदनले अहिलेको साहित्य र पुुरस्कार सम्बन्धमा आ–आफ्ना धारणा राखे ।

    कार्यक्रममा जनमत प्रकाशनवाट प्रकाशित ५ वटा कृतिहरु जनमत कथा, जनमत लघु कथा, जनमत नियात्रा, जनमत जानकारी, गंगा लिगल सृष्टि, दृष्टि पुस्तक विमोचन गरिएको थियो । कुतः प्रकाशन भक्तपुरवाट प्रकाशित मोहन दुवालको नेपालभाषाको पुस्तक जिः न्हायंकः, न्हायकने दुनें जिः तथा भारती श्रेष्ठको विविधा पुस्तक पनि विमोचन गरिएको थियो ।

    कार्यक्रममा स्नेह सायमी, लक्ष्मी माली, मणी लोहनी, नरेन्द्रबहादुर श्रेष्ठलगायतले कविता वाचन गरेका थिए भने सूर्यप्रसाद लाकोजू, राम सुन्दर देउजा तथा विमल ताम्राकारले विमोचित पुस्तकको चर्चा गरिएको थियो । डा. कृष्ण सुवेदीलेले सञ्चालन गरेको कार्यक्रममा सिर्जना दुवालले सहभागि र स्रष्टाहरुलाई धन्यवाद दिएकी थिइन् ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

  • गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

  • पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द


  • ग्लोबल अपडेटथप

    बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

    Aparad

    गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    Helth Camp

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News

    पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द

    purbaaraniko-mk
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution