• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ ३०, सोमबार | Monday, 14, Jul, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा
  • २बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • ३गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ४खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • ५पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ६खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ७कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ८लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु

तातोपानी नाका व्यवस्थित रुपमा खुलाउन सांसद सापकोटाद्वारा सरकारको ध्यानाकर्षण (भीडियोसहित)

ग्लोबलपाटीप्रकाशित मिति: २०८० बैशाख ५, मंगलबार (२ साल अघि)
  • ९१२ पाठक संख्या
  • Madhav Sapkota

    काठमाण्डौ । प्रतिनिधि सभा सदस्य माधव सापकोटाले सिन्धुपाल्चोकको लिपिङ क्षेत्रमा नेपालतर्फ अध्यागमन कार्यालय र कर्मचारीको व्यवस्था गरी मानव आवत जावतको कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा सम्बोधन गर्दै सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद सापकोटाले नेपाल चीन व्यापारिक नाका तातोपानी, लिपिङमा अध्यागमन कार्यालय र कर्मचारी नभएकोबारे ध्यानाकर्षण गराएका हुन् । उनले भने– ‘वैशाख ४ गते नेपाली र चिनियाँ पक्षबीच चीनको भूभाग लिपिडमा काउन्टरपार्ट बैठक सम्पन्न भएको छ । मे १ अर्थात यही वैशाख १८ गतेबाट मालबाहक बस्तुहरु मात्रै आयात निर्यात गर्ने जानकारी चिनियाँ पक्षले नेपाललाई दिएको छ ।’

    सांसद् सापकोटाले अगाडि भने– ‘नेपालतर्फ अध्यागमन कार्यालयका लागि भवन छैन र कार्यालयमा कर्मचारीहरुको पनि व्यवस्था छैन । यसको र बाटोको कारणले गर्दा मानव आवत जावतको भने निर्णय हुन सकेको छैन । म सम्मानीय सभामुख मार्फत तत्काल लिपिङ क्षेत्रमा अध्यानगम कार्यालयको व्यवस्थागरी कर्मचारीहरुको समेत खटनपटन गरी कुटनैतिक पहल मार्फत मानव आवत जावतको समेत व्यवस्था मिलाउनका लागि सदन र सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    अप्रिल १ देखि नेपाल चीनबीचको केरुङ नाका सञ्चालनमा आएको छ भने वैशाख १८ बाट तातोपानी नाका सञ्चालनको तयारी छ । सोही तयारी स्वरुप नेपाल र चिनियाँ सुरक्षा अधिकारीहरुबीच हिजो बैठक भएको हो । निवर्तमान सभामुख एवं माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, सांसद माधव सापकोटालगायतको अगुवाइमा तातोपानी नाका पूर्ववत सञ्चालनकालागि कुटनीतिक पहल भइ चीन सो विषयमा सहमत भए पनि उसले नेपालतर्फको बाटो र अध्यागमन कार्यालय तथा कर्मचारीको विषय उठाएर मानव आवत जावतको व्यवस्था गर्न नसकिने जानकारी दिएको बताइएको छ ।

    भूकम्प, बाढी पहिरो र कोभिडका कारण २०७२ साल यता सुनसान बनेको तातोपानी नाका पूर्ववत सञ्चालनका लागि नेपाली पक्षले कार्यालय र कर्मचारी समेत राख्न तदारुकता नदेखाएपछि सांसद सापकोटाल संसदमा आकस्मिक समय मागेर विशेष सम्बोधन गर्दै यसतर्फ सरकारको ध्यान आकृष्ट गराएका हुन् ।

    हेर्नुस भीडियोः

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

  • बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

  • गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ


  • ग्लोबल अपडेटथप

    १ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

    Chautara Campus

    बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

    Aparad

    गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    Helth Camp

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution