• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ माघ २९, बिहिबार | Thursday, 12, Feb, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

जुगललाई ‘पर्यटकीय केन्द्र’ बनाउन सुरु

ग्लोबलपाटीप्रकाशित मिति: २०८० बैशाख ७, बिहिबार (२ साल अघि)
  • ११८७ पाठक संख्या
  • Jugal Samjhauta

    बराम्ची । पर्यटकीय क्षेत्रको रुपमा परिचित जुगल गाउँपालिकालाई ‘पर्यटकीय केन्द्र’ काे रूपमा विकास गर्न सुरूवात गरिएकाे छ ।

    नेपाल पर्वतारोहण संघ र गाउँपालिकाबीच विहीबार पर्यटन प्रवद्र्धनको लागि सम्झौता भएको छ । जुगल गाउँपालिकालाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले नेपाल पर्वतारोहण संघबीच सम्झौता भएको जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोले बताए । पर्वतारोहण सम्बन्धी तालिम केन्द्र स्थापना गर्ने, तालिम सञ्चालन गर्ने, पर्यटन गुरुयोजनालाई निर्माण गर्ने, गाउँपालिका क्षेत्रमा रहेका आरोहणका लागी हिमचुलीहरुको प्रचार प्रसार गर्ने सम्झौता भएको अध्यक्ष स्याङबोको भनाई छ ।

    सम्झौता पत्रमा आरोहणका लागि सम्भावना भएर पनि हालसम्म खुल्ला नगरीएका हिमचुलीहरु खुल्ला गर्ने प्रयत्न गर्ने, नयाँ आरोहण मार्गहरुको पहिचान गर्ने, आरोहणहरुलाई ब्यवस्थीत गर्ने लगाएतका विषय समेटिएको छ । पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागि प्रशस्तै सम्भावनाहरु रहेकोे पालिका अध्यक्ष स्याङबोले बताए ।

    त्यस्तै जुगल गाउँपालिका– २ सिन्दुर्चे स्थित जुगल भ्यूप्वाइन्ट साँस्कृतिक केन्द्र निर्माणको लागि जुगल गाउँपालिका र हामी नेपाली ग्लोबल अन्र्तराष्ट्रिय संस्थाबीच पनि सम्झौता भएको छ । जुगल गाउँपालिका र संस्थाबीचको सम्झौतामा जुगल भ्यूप्वाइन्ट साँस्कृतिक केन्द्र निमार्णको समग्र विकासका लागि पूर्वाधार निमार्ण, प्रबद्र्धन, प्रचारप्रसार र उत्पादनका योजनाहरुमा समन्वय र साझेदारी गर्ने निर्णय भएको हो ।

    गेगङ पोखरी क्षेत्रमा पर्ने शिव लिंग, शिव पार्वती मन्दिर, १०८ धारा लगाएत अन्य पूर्वाधार निमार्णका लागि आवश्यक खर्च दोस्रो पक्षले ब्यहोर्ने र प्रथम पक्षले समन्वय गर्ने भनि सम्झौता पत्रमा उल्लेख गरीएको छ । सो क्षेत्रलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने उद्देश्यका साथ जुगल गाउँपालिका लागिपरेको गाउँपालिका अध्यक्ष रेशम स्याङबोले बताए ।

    सामाजिक न्यायसहितको समृद्ध जुगल भन्ने मूल नाराका साथ समृद्ध जुगल पर्यटन क्षेत्रलाई प्रमुख आधारको रुपमा लिएर जुगल गाउँपालिकाले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निमार्ण, प्रबद्र्धनका कार्यक्रमहरु अगाडि सारेर काम गरिरहेको छ । हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामा, वडा अध्यक्ष्य प्रेम तामाङ्, पर्यटन व्यवसायी मिलन तामाङ, तारा लामा लगाएतको उपस्थीतिमा सम्झौता भएको हो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    पर्यटन सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution