• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

४० किशोरीलाई आत्मरक्षा तालिम प्रदान

ग्लोबलपाटीप्रकाशित मिति: २०८० बैशाख १७, आईतबार (२ साल अघि)
  • ८७७ पाठक संख्या
  • Aatmarakshhya Training

    चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका– १ की जेशिका श्रेष्ठलाई कसैले दुर्व्यवहार गर्दा प्रतिकार गर्ने तरिका थाहा थिएन । तर अहिले त्यसको प्रतिकार गर्न सक्ने भएको बताउँछिन् ।

    सेतीदेवी माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दै गरेकी उनी भन्छिन्– ‘कतैबाट दुर्व्यवहार हुँदा कसरी प्रतिकार गर्ने भन्ने थाहा थिएन । तालिम लिएपछि आत्मविश्वास बढेको छ ।’ जिल्ला युवा समिति सिन्धुपाल्चोकले प्रदेश युवा परिषद् बागमतीको आर्थिक सहयोगमा आत्मरक्षा तालिम दिएपछि श्रेष्ठ दुर्व्यवहार भईहाले पनि प्रतिरक्षा गर्न सक्ने भएकी हुन् ।

    श्रेष्ठसहित चौतारा साँगाचोकगढी नगरपालिकाको सभाहलमा आईतबारदेखि ४० जना किशोरीहरु आत्मरक्षा तालिम लिईरहेका छन् । ‘यो तलिम मेरो लागि निक्कै फलदायी छ, ग्रामीण क्षेत्रमा रहनुपर्ने भएकोले हामीजस्ता किशोरीहरु केहि होला कि भन्ने डरमा बाँच्ने गथ्यौं । विद्यालयमा, बाटोमा, सार्वजनिक स्थलमा सबैतिर हामीलाई असुरक्षित महसुस हुन्थ्यो’, तालिममा सहभागि ज्ञानमन्दिर नमूना माद्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत सविना दंगालले भनिन्– ‘तालिमले त्यस्ता विषयलाई प्रतिकार गरी आत्मरक्षा गर्न सहयोग पुगेको छ । अब त डर पनि हटेको छ ।’

    २०/२० जनाको दुई समूहमा विभाजन गरी तालिम प्रदान गरिएको युवा स्वयम्सेवक रुपक दुलालले जानकारी दिए । २ वटा क्याम्पस, १ बहुप्रविधिक शिक्षालय र ९ विद्यालयका किशोरीहरुलाई तालिम प्रदान गरिएको दुलालले बताए । समाजमा हुने शारीरिक, मानसिक, भावनात्मक, यौनजन्यलगायत हिंसाकोविरुद्ध सशक्त रुपमा प्रतिकार गर्नका लागि किशोरीहरुलाई आत्मरक्षाको तालिम प्रदान गरिएको हो ।

    Training

    जुनसुकै समयमा पनि किशोरीमाथि हुन सक्ने विविध प्रकारका हिंसाहरुको विरुद्धमा प्रतिकार गर्न सशक्त बनाउने उद्देश्यसहित किशोरीहरुलाई तालिम दिईएको प्रशिक्षक पार्वती पौडेलले बताईन् । पछिल्लो समय किशोरीहरुमाथि भइरहेका यौनजन्य हिंसाको विरुद्धमा सशक्त रुपमा प्रतिकार गरी आत्मरक्षा गर्न सक्षम बनाउनु तालिमको उद्देश्य रहेको उनको भनाई छ ।

    तालिममा सकारात्मक सोच, नेतृत्व विकास, आत्मरक्षा तथा प्रतिकार गर्ने तौरतरिका, महिला तथा बालिकाको हक, अधिकार, घरेलु, सामाजिक र यौनजन्य हिंसा तथा न्यूनीकरणका उपायलगायत विभिन्न विषयहरुमा ज्ञान प्रदान गर्दै आत्मरक्षाको सीप प्रदान गरिने प्रशिक्षक सीतामाया ब्लोनले जानकारी दिईन् ।

    दुईदिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सीता थापाले तालिममा सिकेका ज्ञान, सिपलाई पूर्ण रुपले व्यवहारमा उतार्न सुझाव दिँदै नगरले समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी हिंसाका गतिविधिहरुलाई न्यूनिकरण गरिरहेको बताईन् । थापाले तालिमले किशोरीहरुमा आत्मरक्षा गर्ने क्षमताको विकास गर्नुका साथै सम्भावित घटनाको प्रतिकार तथा सुरक्षासहित सक्षम बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

    तालिम उद्घाटन समारोहमा विशेष अतिथि एवम् प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष सुन्दर शिरीषले आत्मरक्षा तालिमले समाजमा महिला, बालिका तथा किशोरीहरुमाथि हुने यौनजन्यलगायत हिंसाहरुको न्यूनीकरणमा सहयोग पुर्याउने बताए । ‘यो अहिलेको परिस्थितिमा निक्कै महत्वपूर्ण तालिम हो, जुन तालिम यहाँहरुले लिँदै हुनुहुन्छ’, उनले भने– ‘जीवन रहेसम्म दैनिक व्यवहारमा लागुहुने सीपलाई गम्भीर भएर ग्रहण गर्न आग्रह गर्दछु ।’ किशोरीहरु माथि हुने हिंसाहरु बढिरहेको परिस्थितिमा किशोरीहरुको कम्जोर मानसिकतालाई परिवर्तन गर्न सहयोग पुर्याउने उल्लेख गर्दै अध्यक्ष शिरीषले किशोरीको डर हटाई आत्मविश्वासि बन्न, कठिन परिस्थितिमा पनि नडराई कार्य गर्न केन्द्रित गर्न र हिंसाको विरुद्धमा प्रतिरोध गर्न तालिमले टेवा पुग्ने विश्वास व्यक्त गरे ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution