• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ जेष्ठ ७, बुधबार | Wednesday, 21, May, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • २लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु
  • ३सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया
  • ४बोलेरो दुर्घटनामा १२ जना घाइते, दुई गम्भीर
  • ५चौताराले जित्यो ३० स्वर्ण
  • ६चौतारा अस्पतालले गर्यो निःशुल्क शिविर
  • ७स्ववियु: एक चर्चा
  • ८श्रीकृष्ण रत्नगंगाको विव्यसमा माओवादी समर्थित विजयी (मत संख्यासहित)

प्रभावकारी बन्दै ‘घर आँगनमा स्वाथ्य सेवा’

प्रत्येक नागरिकलाई स्वस्थ्य बनाउने चौतारा साँगाचोकगढी नगरपालिकाको लक्ष्य

सुन्दर शिरीषप्रकाशित मिति: २०८० बैशाख ३०, शनिबार (२ साल अघि)
  • ५२५ पाठक संख्या
  • Helth Camp

    चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका नागरिकको स्वास्थ्यप्रति गम्भीरता देखाएको छ । प्रत्येक नागरिकलाई स्वस्थ्य बनाउने चौतारा साँगाचोकगढी नगरपालिकाको लक्ष्य लिएको छ ।

    नगरका प्रत्येक नागरिकलाई स्वस्थ्य बनाउने चौतारा साँगाचोकगढी नगरपालिकाको लक्ष्य लिएको छ ।

    लक्ष्य अनुरुप नगरपालिकाले गाउँ–गाउँमै स्वास्थ्य सेवा पुर्याएसँगै नागरिकहरुले आफ्नो घर आँगनमै सेवा पाएका छन् । नगरभित्रका नागरिकले स्वास्थ्य समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रम गर्दै आएको छ । नगरपालिकाले नगरभित्रका १४ वटै वडामा जेष्ठ नागरिक लक्षित क्लिनिक तथा स्वास्थ्य परीक्षणको कार्यक्रम गरेको छ । सो कार्यक्रममा १ हजार ४ सय ५० महिला र ८ सय २१ पुरुष गरी २ हजार ६ सय ३६ जनाले निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गराएका छन् । २०७९ असोज १० गते १३ नम्वर वडाबाट सुरु गरिएको जेष्ठ नागरिक क्लिनिक तथा स्वास्थ्य परीक्षण २०७९ चैत्र १३ गते वडा नं. १० मा पुगेर समापन भयो ।

    स्वास्थ्य परीक्षण गरेका २ हजार ६ सय ३६ मध्ये २ हजार १ सय ३४ जनाको रक्त परीक्षण गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । रगत परीक्षण गराएका मध्ये १ सय ४२ जनामा उच्च रक्तचाप र ४७ जनामा सुगरको मात्रा अत्याधिक रहेको देखिएको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत दिनेश नेपालले जानकारी दिए । उनीहरुको उपचारको लागि जिल्ला बाहिरका विभिन्न अस्पतालमा पठाईएको उनले जानकारी दिए । आँखा परीक्षण गराएका १ हजार ६ सय ९९ मध्ये १ सय ११ जनाको मोतियाबिन्दूको शल्यक्रिया समेत गरिएको छ ।

    Helth Camp1

    नगरपालिकाको आ.ब. २०७९/८० को नीति तथा कार्यक्रम अनुसार जेष्ठ नागरिक क्लिनिक तथा स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको हो । वडा नम्बर– १३ ठूलोसिरूवारीको नर्सिङडाँडाबाट परीक्षणको सुरुवात गरेको थियो ।कार्यक्रमको शुभराम्भ चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाले गरेका थिए । स्वास्थ्य परीक्षणको सुरुवातमै २ सय ३८ जना जेष्ठ नागरिक बिरामीको जाँच गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
    जस अनुसार १ सय ९१ जनाको सुगरको जाँच, आँखा परीक्षण १ सय ३५ र खकार परीक्षण ३ जनाको गरिएको थियो । परीक्षणका क्रममा मोतिबिन्दु भएका १५ जनाको अप्रेशन गर्नुपर्ने तथा आँखामा मासु पलाएको अप्रेशन गर्नुपर्ने २ जना जेष्ठ नागरिकलाई निःशुल्क उपचारको लागि पठाईएको वडा अध्यक्ष रामप्रसाद गौतमले बताए । ‘अहिले उहाँहरु यी रोगबाट मुक्त हुनुहुन्छ’, गौतमले भने ।

    अभियानकै रुपमा सञ्चालन गरिएको जेष्ठ नागरिक लक्षित क्लिनिक तथा स्वास्थ्य परीक्षणको कार्यक्रममा वडा नं. ४ का २ सय ६२ जनाले सेवा लिए । २०७९ पुस १२ गते कुविण्डेमा सञ्चालन गरिएको शिविरमा २ सय जनाले रक्तपरीक्षण, १ सय ९० जनाले आँखा परीक्षण गराएका थिए । जसमध्ये ८ जनाको मोतियाबिन्दूको शल्यक्रिया गर्नुपर्ने देखिएको थियो । त्यस्तै २०७९ पुस १३ गते वडा नं. १ स्याउलेमा भएको शिविरमा १ सय १८ महिला र ५४ जना पुरुष गरी १ सय ७२ ले स्वास्थ्य परीक्षण गराए । जसमध्ये १ सय १७ जनाले रक्तपरीक्षण, १ सय ३५ जनाले आँखा परीक्षण गराएका थिए । परीक्षण गराएका मध्ये ४ जनालाई क्षयरोगको लक्षण र १४ जनाको मोतियाबिन्दूको शल्यक्रिया गर्नुपर्ने देखिएको थियो ।

    चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ को भिमटार आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सञ्चालन गरिएको शिविरबाट १ महिनाको वालकदेखि ८० बर्षसम्मका बृद्धासम्मले सेवा लिए । २०७९ पुस १४ गते गरिएको शिविरमा रगत परीक्षण, खकार परीक्षण, २ वर्षभन्दा कम उमेरको बालवालिकाको पोषण अवस्थाको परीक्षण, गर्भवती मलिाहरुको भिडियो एक्सरे र जनरल फिजिसियनको सेवा प्रदान गरिएको जनस्वास्थ्य अधिकृत दिनेश नेपालले बताए । ९५ महिला र ४३ पुरुष गरी १ सय ३८ जनाले गराएको परीक्षणमा १ सय १६ को रक्तपरीक्षण, १ सय ४३ को आँखा परीक्षण गरिएको थियो । परीक्षण गराएका मध्ये १ जनालाई क्षयरोगको लक्षण र ७ जनाको मोतियाबिन्दूको शल्यक्रिया गर्नुपर्ने देखिएको थियो । उनीहरुलाई उपचारको लागि चौतारा साँगाचोकगढी नगरपालिकाले सहयोग गरेको जनस्वास्थ्य अधिकृत नेपालले जानकारी दिए ।

    वडा नं. ७ मा २०७९ पुस २१ गते भएको जेष्ठ नागरिक लक्षित क्लिनिक तथा स्वास्थ्य परीक्षणको कार्यक्रममा ७८ महिला र ५२ जना पुरुष गरी १ सय ३० ले स्वास्थ्य परीक्षण गराए । जसमध्ये १ सय १८ जनाले रक्तपरीक्षण, १ सय १५ जनाले आँखा परीक्षण गराएका थिए । परीक्षण गराएका मध्ये १ जनाको मोतियाबिन्दूको शल्यक्रिया गर्नुपर्ने देखिएको थियो । त्यस्तै २०७९ पुस २१ गते वडा नं. १४ मा भएको स्वास्थ्य शिविरमा १ सय ७८ महिला र ९० जना पुरुष गरी २ सय ६८ ले स्वास्थ्य परीक्षण गराए । जसमध्ये १ सय २५ जनाले रक्तपरीक्षण, २ सय ११ जनाले आँखा परीक्षण र ७ जनाले गर्भवती जाँच गराएका थिए । परीक्षण गराएका मध्ये २ जनामा क्षयरोगको लक्ष्यण र ८ जनाको मोतियाबिन्दूको शल्यक्रिया गर्नुपर्ने देखिएको चिकित्सकले जनाएका थिए ।

    Helth Camp2

    वडा नं. १२ मा ९८ महिला र ५६ जना पुरुष गरी १ सय ५४ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गरे । २०७९ पुस २३ गते भएको शिविरमा १ सय ४७ जनाले रक्तपरीक्षण, १ सय ५५ जनाले आँखा परीक्षण र ९ जनाले गर्भवती जाँच गराएका थिए । त्यस्तै २०७९ माघ १५ गते भएको वडा नं. ३ को शिविरमा ६७ महिला र ३० जना पुरुष गरी ९७ ले स्वास्थ्य परीक्षण गरे । जसमध्ये ८१ जनाले रक्तपरीक्षण, ९६ जनाले आँखा परीक्षण र १२ जनाले गर्भवती जाँच गराएका थिए । वडा नं. २ मा १६ गते भएको शिविरमा १ सय २७ जनाले गराएको स्वास्थ्य परीक्षणमा १२ जनामा सुगरको लक्ष्यण भेटिएको थियो ।

    २०७९ माघ १७ गते वडा नं. ९ मा गरिएको स्वास्थ्य शिविरमा १ सय ५७ महिला र ८५ जना पुरुष गरी २ सय ४२ स्थानीयले स्वास्थ्य परीक्षण गराए । २ सय ४० जनाले रक्तपरीक्षण, २ सय १९ जनाले आँखा परीक्षण र ९ जनाले गर्भवती जाँच गराएको सो शिविरमा २ जनामा क्षयरोगको लक्ष्यण, १२ जनाको मोतियाबिन्दूको शल्यक्रिया गर्नुपर्ने, २६ जनामा उच्चरक्तचाप र ५ जनामा सुगर देखिएको थियो ।

    माघ १८ मा भएको वडा नं. ६ को शिविरमा १ सय २८ महिला र ५८ जना पुरुष गरी १ सय ८६ जनाले स्वास्थ्य परीक्षण गराए । त्यस्तै माघ १९ गते वडा नं. ५ चौतारामा भएको शिविरमा १ सय २६ महिला र ५९ पुरुष गरी १ सय ८५ जनाले स्वास्थ्य सेवा लिए । सेवा लिएकामध्ये १ सय ७५ जनाले रक्तपरीक्षण, १ सय ७८ जनाले आँखा परीक्षण र १६ जनाले गर्भवती जाँच गराए । परीक्षण गर्दा ११ जनाको मोतियाबिन्दूको शल्यक्रिया गर्नुपर्ने, ४६ जनामा उच्चरक्तचाप र २० जनामा सुगर देखिएको थियो ।

    वडा नं. ८ इर्खुमा २०७९ चैत्र १२ गते भएको विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य परीक्षण शिविरमा २ सय १९ जना नागरिकले स्वास्थ्य परीक्षण गराए । जसमध्ये १ सय ६९ जनाको रक्तपरीक्षण, ८८ जनाको आँखा परीक्षण र ८ जनाको गर्भवती जाँच गरिएको थियो । परीक्षण गर्दा १ जनामा क्षयरोगको लक्ष्यण, ९ जनाको मोतियाबिन्दूको शल्यक्रिया गर्नुपर्ने, २७ जनामा उच्चरक्तचाप र ७ जनामा सुगर देखिएको थियो ।

    जेष्ठ नागरिक लक्षित क्लिनिक तथा स्वास्थ्य परीक्षणको कार्यक्रम अन्र्तगत २०७९ चैत्र १३ गते वडा नं. १० मा गरिएको शिविरमा १ सय ४८ महिला र ७० पुरुष गरी २ सय १८ स्थानीयले स्वास्थ्य परीक्षण गराए । १ सय ९२ जनाले रक्तपरीक्षण, २३ जनाले आँखा परीक्षण र १८ जनाले गर्भवती जाँच गराएको सो शिविरमा ११ जनामा क्षयरोगको लक्ष्यण, ५ जनाको मोतियाबिन्दूको शल्यक्रिया गर्नुपर्ने, २७ जनामा उच्चरक्तचाप र ३ जनामा सुगर भएको पाइएको स्वास्थ्य शाखा प्रमुख शिव पुरीले बताए ।

    त्यस्तै नगरपालिकाले मानसिक रोग भएकाहरुलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको छ । परीक्षण शिविरमा मा ४९ जना महिला र ३७ जना पुरुष गरी ८६ जनाले सेवा लिए । मानसिक रोग भएका ८४ जनालाई निःशुल्क औषधि र बाँकी २ जनालाई परामर्श दिईएको थियो । परीक्षण गराएकाहरु मध्ये सबैभन्दा बढी २६ जनालाई चिन्ताजन्य रोग, १४ जना मनोरोग, १४ काम्ने रोग र ५ जनालाई डिप्रेसन भएको पाइएको मानसिक रोग विशेषज्ञ डा. बासु देव कार्कीले बताए । नगर स्वास्थ्य शाखाले मानसिक स्वास्थ्य समस्या भएका तर उपचारका लागी समस्यामा परेकालाई घरमानै गएर परामर्श दिने र औषधि वितरण गर्नेे काम गर्दै आएको छ ।

    चुनावी प्रतिबद्धता पूरा गर्दै नगरप्रमुख

    Helth Camp3

    स्थानीय निर्वाचन २०७९ को समयमा ३१ पृष्ठको प्रतिबद्धता पत्र जारी गर्दै चुनावमा होमिएको नगरप्रमुखका उम्मेद्वार कृष्णप्रसाद सापकोटाले निर्वाचनमा विजयी भएलगत्तै ती प्रतिबद्धताला पूरा गर्न जोडबलले लागिपरेका छन् ।

    स्वास्थ्यमा आम नागरिकको पहुँचः स्वस्थ समाज निर्माणको आधार भन्ने नारा दिएर स्वास्थ्यमा सबैको पहुँच पुर्याउने योजना अगाडि सारेका सापकोटाले आ.ब. २०७९/८० को नीति तथा कार्यक्रममा दीगो विकास र सुशासनका सोह्र नीति, चौतारा साँगाचोकगढी नगरको समृद्धि नारा अघि सारेर स्वास्थ्य सम्बन्धी महत्वपूर्ण नीति ल्याए । जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुको निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने, नगरबासीलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रवाह भएको सुनिश्चित गर्ने, जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न क्लिनिक सञ्चालन गर्ने, जनतासँग डाक्टर कार्यक्रम सञ्चालन गर्ने नीति ल्याएका सापकोटाले अधिकांश पूरा गरिसकेका छन् ।

    त्यस्तै नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन नगरपालिका भित्रका द्वन्दपीडित परिवार, दलित, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत, विपन्न परिवारबाट सुरुवात गरिने, नैराश्यता तथा मानसिक रोगलाई न्यूनीकरण गर्न निश्चित स्थान र समयमा बिशेषज्ञबाट मानसिक स्वास्थ्य सेवा शिविर र मनोसामाजिक परामर्श सेवा सञ्चालन गरिने, नेपाल सरकारले तोकेको विपन्न नागरिकले पाउने स्वास्थ्य सुविधा अन्तरगतका रोगहरु (क्यान्सर, टाउकोको गम्भिर चोट, ब्रेन ट्युमर, मृगौला, मृटु, मेरुदण्ड) लागेका विरामीहरुलाई राहत स्वरुप १५ हजार उपलब्ध गराइने, विद्यालय उमेरका बालबालिकाहरुको आँखा बचाउ अभियान अन्तर्गत निःशुल्क चस्मा बितरण कार्यक्रमलाई थप प्रभावकारी बनाइने नीतिलाई नगरप्रमुख सापकोटाले पूर्ण कार्यान्वयनमा ल्याएका छन् ।

    जनताको स्वास्थ्य सुरक्षा गर्नु राज्यको प्रथम दायित्व भएकोले नगरपालिकाले स्वास्थ्य सम्बन्धी नीतिलाई पूर्ण कार्यान्वयनमा जोड दिएको नगरप्रमुख सापकोटा बताउँछन् । सापकोटाले आफ्नो कार्यकालमा निरन्तर रुपमा जनताको स्वास्थ्य उपचारमा लागिरहने समेत बताए । नगरभित्रका आर्थिक कमजोर, असाय अशक्त, जेष्ठ नागरीक लगाएत विभिन्न जटिल रोग लागेका तथा समस्या भएकाहरुलाई आफ्नो कार्यकालमा नगरले भ्याएसम्म सहयोग गर्ने बताए ।
    उनले आफ्नो जीवनप्रति संवेदनशील र सचेत रहन नगरबासीलाई आग्रह गर्दै सबैभन्दा ठूलो सम्पत्ति भनेको मानव जीवनको स्वास्थ नै रहेको बताए । ‘रोगको पहिचान पहिलो हो, त्यसपछि उपचार हो’, उनले भने– ‘कतिपय स्थानमा स्वास्थ्यको पहुँच पुग्दा पनि ध्यान पुगेको देखिदैन । नगरभित्रको हरेक नागरिक स्वस्थ्य बनाउनु मेरो लक्ष्य हो ।’

    कार्यक्रमलाई परिमार्जनसहित निरन्तरता दिईने

    Helth Camp4

    चौतारा साँगाचोकगढी नगरपालिकाले स्वास्थ्यका कार्यक्रमलाई थप परिमार्जनसहित आगामी आर्थिक वर्षमा निरन्तरता दिने जनाएको छ ।

    स्वास्थ्य सम्बन्धी गुनासो सुनुवाईको लागि पनि आवश्यक संयन्त्रको प्रयोग गर्ने, नगरबासीलाई जीवनशैली परिवर्तन गर्न अभिप्रेरित गर्दै नसर्ने रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि नयाँ योजना ल्याउने, ब्लड बैंक स्थापना गर्ने, नगरपालिका भित्र नगर अस्पताल स्थापना गर्न संघीय सरकार तथा प्रदेश सरकारसँग समन्वय गर्नेजस्ता काम आगामी आर्थिक वर्षमा गर्ने योजना रहेको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले बताए ।

    चालु आर्थिक वर्षमा सञ्चालन भईरहेको जेष्ठ नागरिक लक्षित क्लिनिक तथा स्वास्थ्य परीक्षणको कार्यक्रम, विपन्न नागरिकले पाउने स्वास्थ्य सुविधाजस्ता कार्यक्रमलाई थप परिमार्जित गरी सञ्चालन गर्ने तयारी भईरहेको नगर स्वास्थ्य शाखाका जनश्वास्थ्य अधिकृत दिनेश नेपालले बताए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित

  • लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु

  • सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया

  • बोलेरो दुर्घटनामा १२ जना घाइते, दुई गम्भीर


  • ग्लोबल अपडेटथप

    कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित

    Mohan basnet1686494341

    लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु

    Jagaran

    सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया

    Cyber securety

    बोलेरो दुर्घटनामा १२ जना घाइते, दुई गम्भीर

    Accdent
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution