• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ २१, शनिबार | Saturday, 05, Jul, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • २गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ३खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • ४पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ५खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ६कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ७लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु
  • ८सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया

जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा शर्मा प्रथम

ग्लोबलपाटीप्रकाशित मिति: २०८० जेष्ठ १७, बुधबार (२ साल अघि)
  • १०१२ पाठक संख्या
  • Baktritwokala

    चौतारा । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश युवा परिषद् अन्र्तगत जिल्ला युवा समिति सिन्धुपाल्चोकले आयोजना गरेको जिल्लास्तरीय वतृत्वकला प्रतियोगितामा चौतारा बहुमुखी क्याम्पसका अनिल शर्मा प्रथम भएका छन् ।

    प्रतियोगितामा विजयी शर्माले नगद १५ हजार रुपैंयासहित प्रमाणपत्र प्राप्त गरे । त्यस्तै द्वितीय जयन्ती बस्नेत र तृतीय श्रीकृष्ण लामा भए । उनीहरुले क्रमसः १० हजार, ५ हजार रुपैंया र प्रमाणपत्र प्राप्त गरे । चौतारा बहुमुखी क्याम्पसका उपप्राध्यापक जगतमणी सोती, पत्रकार एवम् राष्ट्रिय कविता प्रतियोगिता– २०७८ का स्वर्णपदक विजेता सुन्दर शिरीष र शिक्षक सुदर्शन न्यौपानेको समूहले प्रतियोगिहरुको मूल्याङ्कन गरेका थिए । युवा र नवप्रवर्तन शीर्षकमा आयोजना गरिएको प्रतियोगितामा जिल्लाभरका विद्यालय र क्याम्पसहरुबाट सहभागिता रहेको थियो ।

    343490643

    कार्यक्रमको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले युवाहरुनै देशको मूल खम्बा भएका कारण युवावर्गको विकासमा नगरपालिका सदैव प्रतिबद्ध रहेको बताए । ‘युवा विद्यार्थीलेनै देशको भविष्य निर्माण गर्ने भएकाले यो वर्गलाई विशेष महत्व दिनुपर्दछ’, उनले भने– ‘युवा विद्यार्थी वर्गले पनि आफ्नो सोच र चेतनालाई देश विकास र परिवर्तनमा लगाउनु पर्दछ ।’

    कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का पूर्व वडा अध्यक्ष नरमान श्रेष्ठ, प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिका उपाध्यक्ष निर्मल बस्नेत लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा सञ्चारकर्मी, विद्यार्थी नेता, शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रमका सभाध्यक्ष बागमती प्रदेश युवा परिषद्का स्वयम्सेवक रुपक दुलालले युवा र विद्यार्थीको विचारलाई अझ सशक्त बनाउन वतृत्वकला प्रतियोगिताको आयोजना गरेको बताए । उनले प्रतियोगितामा प्रथम हुनेले प्रदेशस्तरीय वतृत्वकला प्रतियोगितामा सहभागिता जनउने अवसर प्राप्त गरेको जानकारी दिँदै कार्यक्रमलाई सहयोग पुर्याउने सम्पूर्णप्रति धन्यवाद प्रदान गरे ।

    कार्यक्रमको सञ्चालन चौतारा बहुमुखी क्याम्पसका स्ववियु सभापति अमृत श्रेष्ठले गरेका थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

  • गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

  • पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द


  • ग्लोबल अपडेटथप

    बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

    Aparad

    गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    Helth Camp

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News

    पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द

    purbaaraniko-mk
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution