• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ ५, मंगलबार | Tuesday, 19, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

साईबर क्राइम र लागुपदार्थ दुव्र्यसनबारे सचेतना

ग्लोबलपाटीप्रकाशित मिति: २०८० जेष्ठ १९, शुक्रबार (२ साल अघि)
  • ८८३ पाठक संख्या
  • Schetana Programme

    चौतारा । किशोर किशोरी एवम् विद्यार्थीलाई सचेत गराउने उद्देश्यका साथ प्रदेश युवा परिषद् बागमती, जिल्ला युवा समिति सिन्धुपाल्चोकले साईबर क्राइम र लागुपदार्थ दुव्र्यसनबारे एकदिने सचेतना कार्यक्रम गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको समन्वयमा शुक्रबार जिल्ला प्रहरी कार्यालयमा गरेको सो कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका भित्रका क्याम्पस र माद्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता थियो । इन्टरनेट, साईवर क्राइम, सामाजिक सञ्जाल र यसको उपयोगिता, इन्टरनेटमा हुने बाल दुव्र्यवहार, जोखिम, बच्न सकिने उपाय आदि विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बालनरसिं राणाले सहजीकरण गरेका थिए ।

    Schetana Programme2

    उनले इन्टरनेटको सदुपयोगसँगै दुरुपयोग समेत बढेकाले हरेक किशोर किशोरी मात्र हैन, अभिभावक समेत सचेत हुनपर्ने आवश्यक्ता औल्याए । त्यस्तै उनले लागुऔषधले पार्ने नकारात्मक प्रभावबारे विद्यार्थीहरुलाई सचेत गराएका थिए । सानै उमेरदेखि बालबालिकालाई सम्झाउँदा कुलतमा फँस्ने जोखिम कम हुने उनले बताए । श्रव्यदृष्यसहितको प्रस्तुतीबाट सहजिकरण गरेका राणाले साईबर क्राइम र लागुपदार्थ दुव्र्यसनबाट युवा पुस्ता जोगिनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश परिषद् सदस्य एवम् प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकका अध्यक्ष सुन्दर शिरीषले युवा, विद्यार्थीहरु लागुपदार्थ र साईबर क्राईमको निशानामा रहेको भन्दै यो समूह गम्भीर हुनुपर्ने बताए । ‘प्रविधिको क्रमिक विकाससँगै त्यसले विक्रिति पनि निम्त्याईरहेको छ’, उनले भने– ‘लागुपदार्थको प्रयोगबाट क्रमसः माथि उक्लदै युवा पुस्ता विद्युतीय अपराधको जालोमा फसिरहेको छ, त्यसलाई न्यूनिकरण गर्न युवा विद्यार्थीको भूमिका उच्च रहन्छ ।’ अबको समाज कस्तो बनाउने भन्ने भूमिका युवा विद्यार्थीहरुको रहेको बताउँदै उनले यस्ता विकृति र अपराधबाट टाढै रहन सुझाव दिए ।

    Schetana Programme1

    त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका– ५ का पूर्व वडा अध्यक्ष नरमान श्रेष्ठले आफू र घरपरिवारबाटै अपराध र विक्रितिलाई रोक्न सुरु गर्नुपर्ने धारणा राखे । कार्यक्रममा सहभागिहरुलाई प्रहरी प्रमुख राणा, शिरीष र श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए । आयोजकले अतिथिहरुलाई मायाको चिनो प्रदान गरेको थियो ।

    विद्यार्थीहरुलाई कुलतबाट फस्न सचेत गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रमको अध्यक्ष एवम् प्रदेश युवा परिषद् बागमतीका स्वयम्सेवक रुपक दुलालले सिकेको कुरालाई व्यवहारमा उतारी सक्षम नागरिक बन्न अनुरोध गरे ।

    sa

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution