• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ १, शुक्रबार | Friday, 15, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

नगरस्तरीय वतृत्वकलामा श्रेष्ठ प्रथम

ग्लोबलपाटीप्रकाशित मिति: २०८० जेष्ठ २१, आईतबार (२ साल अघि)
  • २०६२ पाठक संख्या
  • Dalit Programme

    चौतारा । १८औं जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसर पारेर चौतारामा गरिएको नगरस्तरीय वतृत्वकला प्रतिगोगितामा दक्षिणकाली माविकी छात्रा स्मारिका श्रेष्ठ प्रथम भएकी छिन् ।

    प्रतियोगितामा सेतीदेवी माविकी सन्ध्या श्रेष्ठ द्वितीय, सेतीदेवी पञ्चकन्या माविकी सलिना भण्डारी तृतीय र श्री कृष्ण रत्नगंगा माविकी निहारीका मास्के सान्त्वना भईन् । नगर दलित समन्वय समिति चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा भएको प्रगियोगिताको विजेताहरुलाई क्रमस २ हजार, १ हजार ५ सय, १ हजार र पाँचसय रुपैंयासहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

    चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले विजेताहरुलाई नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगिहरुको मूल्याङ्कन नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन सिन्धुपाल्चोकका अध्यक्ष गोपाल खड्का, प्रगतिशील लेखक संघ बागमती प्रदेशका सचिव सुन्दर शिरीष र प्रगतिशील लेखक संघ सिन्धुपाल्चोकका सचिव दील कार्कीले गरेका थिए ।

    Dalit Pro

    सो अवसरमा नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले शताब्दीऔंसम्म विभेद र अन्यायको शिकार भएका दलित समुदायलाई शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा अगाडि बढाउन स्थानीय सरकार तल्लीन रहेको बताए । ‘जनयुद्ध र त्यसपछिका परिवर्तनले दलित समुदायमाथी हुँदै आएको विभेदलाई केहि हदसम्म भएपनि न्यूनिकरण गरेको छ’, उनले भने– ‘अब लामो संघर्ष र बलिदानबाट प्राप्त हक अधिकारलाई पूर्ण कार्यान्वयनमा लैजान प्रेरित हुनुपर्दछ ।’

    सापकोटाले जातीय छुवाछुतरहित नगरपालिका घोषणा गर्ने अभियान नगरको नीति कार्यक्रममै समावेश गरी सञ्चालन गर्ने उद्घोष गर्दै सो अभियानलाई सार्थक बनाउन सबै जुट्न आग्रह गरे । ‘हामीले हाम्रो समाजलाई कस्तो बनाउने भन्ने कुराको निर्धारण हामी आफैंबाट हुन्छ’, सापकोटाले भने– ‘परिवर्तनको सुरुवात आाफैंबाट गर्नुपर्छ, अनिमात्र समाज परिवर्तन हुनसक्छ ।’

    कार्यक्रममा नेकपा (माओादी केन्द्र) जिल्ला संयोजक गोविन्द पराजुली, नेपाल दलित मुक्ति मोर्चाको उपमहासचिव गणेश विक, नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिवालय सदस्य चन्द्र धिमालकोटी, नेकपा (एमाले) का जिल्ला सचिव रामचन्द्र बस्नेतलगायतले जातीय विभेद र छुवाछुतको अवस्थाबारे आफ्ना धारणा राखेका थिए ।

    चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा भएको कार्यक्रमको सञ्चालन नेपाल दलित मुक्ति मोर्चा बागमती प्रदेश समितिको सचिव रामशरण विकले गरेका थिए । कार्यक्रममा नगरभरका दलित अधिकारकर्मी, जनप्रतिनिधि, बुद्धिजीवि, शिक्षक, विद्यार्थी, अभिभावकहरुको उपस्थिति रहेको थियो ।

    १ जेठ २०६३ मा संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ देखि यो दिवस मनाउन शुरु गरिएको हो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution