• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० आश्विन ५, शुक्रबार | Friday, 22, Sep, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने
  • २संविधानको उपलब्धीबारे परिसम्वाद
  • ३साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?
  • ४प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छनाैट
  • ५दुर्घटनामा दुई विद्यार्थी नेताको निधन
  • ६क्यान सिन्धुले गर्यो १२औं साधारणसभा तथा साईबर सुरक्षाबारे कार्यशाला
  • ७अखिल (क्रान्तिकारी)ले बनायो ३५ सदस्यीय नगर समिति, अध्यक्षमा कसजू (सूचीसहित)
  • ८स्थानीय तहका कर्मचारी आन्दोलित, निजामती दिवस बहिस्कार गर्ने

प्रधानमन्त्री प्रचण्डद्वारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन

ग्लोबलपाटीप्रकाशित मिति: २०८० अषाढ २, शनिबार (३ महिना अघि)
  • ४५८ पाठक संख्या
  • Prachanda

    मेलम्ची । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन भ्रमण गरेका छन् ।

    शनिबार विहान मेलम्ची क्षेत्र पुगेका उनले हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुगी मेलम्ची आयोजनाको स्थलगत निरीक्षण गर्दै आयोजनाका कर्मचारीहरुसँग जानकारी लिएका हुन् ।

    मेलम्चीको संरचना मर्मतमा ढिलाई भईरहेको भन्ने जानकारी पाएपछि आफू स्थलगत अवलोकनको लागि आएको उनले प्रष्ट्याए । उनले मेलम्चीमा आएको बाढीले आसपासका ४ सय घरपरिवार नष्ट भएको र ती क्षेत्रका जनताले भोग्नुपरिरहेको समस्याका बारेमा समेत जानकारी लिएका थिए । ‘कहाँ के गर्नुपर्छ भन्ने एउटा चित्र आएको छ । बजेटसँग सम्बन्धित बिषयहरूलाई प्राथमिकतामा राखिने छ’, उनले भने । आफू बाटोमा आउँदा देखेको सडकको दुरावस्थालाई पनि गम्भीरतापूर्वक लिएको दाहालले बताए ।

    प्रधानमन्त्री दाहालले याङ्ग्री र लार्के खोलाबाट थप पानी ल्याउने विषयमा काठमाडाँै पुगेर गृहकार्य गर्ने बताए । त्यसका लागि आवश्यक बजेटको व्यवस्था मिलाउने उनको भनाई थियो । खानेपानी नागरिकको प्रत्यक्ष सरोकारको विषय भएको बताउँदै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाले प्रतिफल दिनुपर्ने उनको भनाई थियो ।

    प्रधानमन्त्री दाहालले आयोजनाको मुहान, मूख्य सुरुङ रहेको अम्बाथान क्षेत्र र मेलम्ची खानेपानी आयोजनाका सम्पूर्ण पक्षकोबारे जानकारी लिएका थिए । आयोजनाका बारेमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले प्रधानमन्त्रीलाई जानकारी गराए ।

    निर्देशक श्रेष्ठले बाढीपहिरोको सम्भावित जोखिमबाट आयोजनालाई बचाउन अहिलेसम्म कुनै ठोस उपाय अपनाउन नसकेको स्वीकारे । उनले बाढीको समयमा आयोजनाको गेट नं. १ र ९ लाई बन्द गर्न सकिने तथा धमिलो पानीलाई सफा गर्न सकिने प्रणाली जडान गरिएको भएपनि आयोजनाको मुहान, हेडवक्र्स र सुरुङसम्म बाढी पहिरोलाई आउन नदिन संरचना बनाउन नसकिएको जनाए ।

    प्रधानमन्त्री दाहालसँगको भेटमा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्ची खोला र सो क्षेत्रमा आउन सक्ने बाढीपहिरोको रोकथाम तथा जोखिमबाट बच्न कुनै उपाय नअपनाइएको बताए । उनले हेलम्बु क्षेत्रका बासिन्दा जोखिम र त्रासमा नै बाँच्नु परेको भन्दै आमनागरिकको जिउधनको क्षति हुन नदिन बेलैमा बाढीपहिरोबाट यस क्षेत्रलाई बचाउने गरी आवश्यक संरचना निर्माण गरिदिन संघ र प्रदेश सरकारलाई पटक पटक आग्रह गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको बताए ।

    प्रधानमन्त्री दाहालसँगै स्थलगत अवलोकनमा खानेपानी मन्त्री महिन्द्र राय यादव समेत आएका थिए । प्रधानमन्त्रीको टोलीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले मेलम्चीमा स्वागत गरेका थिए ।

    दुई वर्षअघि २०७८ असार १ र साउन १६ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षति पुर्याएको थियो । तर अहिलेसम्म आयोजनाको बाँध, अडिट सुरुङ, हेडवक्र्स, पुल, प्रवेश मार्ग र अन्य भौतिक संरचना पुनर्निर्माण वा मर्मतका पूर्ण रुपमा सम्पन्न भईसकेको छैन ।

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने

  • संविधानको उपलब्धीबारे परिसम्वाद

  • साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?

  • प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छनाैट


  • ग्लोबल अपडेटथप

    १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने

    380532760_997013611415888_2727565121418184396_n

    संविधानको उपलब्धीबारे परिसम्वाद

    Parisambad

    साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?

    Buddi

    प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छनाैट

    uml-logo_dampboJyTg
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution