• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ १९, बिहिबार | Thursday, 03, Jul, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • २गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ३खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • ४पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ५खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ६कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ७लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु
  • ८सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया

नगर साँस्कृतिक उत्सव सम्पन्न

ग्लोबलपाटीप्रकाशित मिति: २०८० अषाढ २, शनिबार (२ साल अघि)
  • ११५३ पाठक संख्या
  • Nagar Utsab 2080

    चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको धार्मिक एवम् पर्यटकीय क्षेत्रको पदयात्रासँगै ‘चौतारा साँगाचोकगढी नगर साँस्कृतिक उत्सव– २०८०’ सकिएको छ ।

    प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजना र शब्द–सारथि, सिन्धु कला मन्दिर र प्रगतिशील लेखक संघ सिन्धुपाल्चोकको समन्वयमा असार १ गतेबाट साँस्कृतिक उत्सव सुरु भएको थियो । उत्सव अन्र्तगत भएको कविता प्रतियोगतामा सुषमा तिमल्सिना प्रथम भएकी छिन् । उनको सिंगो पाठशाला शीर्षकको कविता प्रथम भएको हो ।

    त्यस्तै विनोद श्रेष्ठको म सिन्धु पुत्र हुँ शीषकको कविता द्वितीय र राजाराम तिवारीको कविता आह्वान तृतीय भएको हो । विजयी कविहरुलाई चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले नगदसहित प्रमाणपत्रले सम्मान गरेका थिए । विजयी कविहरुलाई क्रमसः १० हजार रुपैंया, ७ हजार ५ सय रुपैंया र ५ हजार रुपैंयासहित सम्मान गरिएको थियो ।

    उत्सव अन्र्तगत असार १ गते साँझ साँस्कृतिक साँझ, विभिन्न विषयमा कार्याशाला समेत गरिएको आयोजक प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकका अध्यक्ष सुन्दर शिरीषले बताए । उनले पत्रकारितासँगै संस्कृतिको जगेर्ना गर्न उत्सवको आयोजना गरिएको प्रष्ट्याए ।

    उत्सवको उद्घाटन समारोहलार्ई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख कृष्णप्रसाद सापकोटाले विकास पूर्वाधारको निर्माणले मात्र नहुने भन्दै कला, साहित्यको पनि संरक्षण गरेमात्र विकासले गति लिने बताए । ‘मैले यो उत्सव अन्र्तगतका उत्कृष्ट ७ कविता सुने’, उनले भने– ‘कविता सुनिरहँदा मलाई लाग्यो कि कला, साहित्यको विकास विना भौतिक विकास अपूर्ण छ । अबको नीति तथा कार्यक्रम बनाउँदा नगरपालिकाले यो कुरालाई ख्याल गर्ने छ ।’

    विभिन्न साँस्कृतिक कार्यक्रमसहित सुरु भएको कार्यक्रमले छुट्टै अर्थ राखेको नेपाल पत्रकार महासंघ सिन्धु शाखाका अध्यक्ष जीवन श्रेष्ठले बताए । ‘हामीले पत्रकारितामार्फत सामाजिक सचेतना त फैलाईरहेका छौं तर प्रेस सेन्टर सिन्धुपाल्चोकले गरेको यो कार्यले पत्रकारितासँगै पत्रकारहरुले सांस्कृतिक क्षेत्र, कला, साहित्यको पनि जगेर्ना गर्न सक्छ भन्ने पुष्टि गरेको छ’, उनले भने ।

    उत्सव विभिन्न चरणमा साहित्यकार, बुद्धिजवि, सञ्चारकर्मी, स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

  • गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

  • पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द


  • ग्लोबल अपडेटथप

    बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

    Aparad

    गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    Helth Camp

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News

    पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द

    purbaaraniko-mk
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution