• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ १२, बिहिबार | Thursday, 26, Jun, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • २पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ३खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ४कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ५लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु
  • ६सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया
  • ७बोलेरो दुर्घटनामा १२ जना घाइते, दुई गम्भीर
  • ८चौताराले जित्यो ३० स्वर्ण

बलेफीले ल्यायो ४७ करोड ६ लाखको बजेट

ग्लोबलपाटीप्रकाशित मिति: २०८० अषाढ ७, बिहिबार (२ साल अघि)
  • ८४६ पाठक संख्या
  • Balephi Bujet

    बलेफी । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले बिहीबार नयाँ आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

    बलेफी गाउँ पालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि कूल ४७ करोड ६ लाखको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १३औं गाउँ सभा मार्फत बजेट पारित गरेसँगै बलेफी बागमती प्रदेशमै नीति, कार्यक्रम तथा बजेट ल्याउने पहिलो गाउँपालिका बनेको दावी गरिएको छ ।

    गाउँपालिकाले खाडिचौरस्थित सभाहलमा आयोजना गरेको गाउँ सभामा संघीय सांसद माधव सापकोटाले पालिकाले समयमै सहमतिमा नीति, कार्यक्रम तथा बजेट ल्याएकोमा खुसी व्यक्त गरे । संघीय संसदमा हुने बजेट निर्माण र छलफलको अभ्यासको जानकारी गराउँदै उनले स्थानीय सरकारको कामको प्रशंसा गरे । उनले नमूना वडा निर्माण, कृषिलाई प्राथमिकता लगायतका विषयले स्थानीय किसानलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    गाउँ सभाका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले गाउँ सभामा उपस्थित भएर संघीय सांसदले हौसला बढाएकोमा खुसी व्यक्त गरे । गत वर्ष गाउँ कार्यपालिकामा सहमति जुट्न नसक्दा नीति, कार्यक्रम तथा बजेटमा भएको ढिलाईबाट पाठ सिकेका अध्यक्ष तामाङले यस पटक समयमै गाउँ सभाको तयारी गरेका थिए । सोही अनुसार गाउँ कार्यपालिका सदस्यहरुबाट सहयोग भएकोमा उनले धन्यवाद दिए ।

    गाउँपालिका उपाध्यक्ष सरु तामाङले आगामी बर्षका लागि समयमै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न पाउँदा गर्व महसुस भएको बताइन् । गत बर्ष बजेट ल्याउन भएको ढिलाइका कारण लिजामा कम अंक आएपछि समयमै कार्यक्रम गर्न पालिकाको सिंगो समूहले तयारी गरेको थियो । गाउँ सभामा प्रतिवद्धता जनाउन उपस्थित आठ वटै वडाका वडा अध्यक्षले पहिलो वर्षको सिकाइबाट समयमै बजेट ल्याउन लागि परेको बताए ।

    लिजामा कम अंक आएपछि समयमै लागेको वडा नं १ का अध्यक्ष हुपबहादुर खड्काले बताए । समयमै काम गर्न अग्रसर बनेका वडा नं. २ का छविलाल न्यौपानेले सहमतिमा जोड दिए । वडा नं ४ का अध्यक्ष सूर्य तामाङले कृषि क्षेत्रमा बजेटले ध्यान दिनु पर्नेमा जोड दिए । वडा नं ६ का अध्यक्ष तेजबहादुर पराजुलीले समयमै पालिकाले काम गर्न पाएकोमा खुसी व्यक्त गरे । वडा नं ८ का अध्यक्ष रमेशकुमार श्रेष्ठले आफ्नै भेषभुषामा उपस्थित भएर स्थानीय सरकारको महत्व झल्काएका थिए ।

    नयाँ नीति, कार्यक्रम तथा बजेट अनुसार बलेफीका प्रत्येक कार्यपालिका सदस्यले जनही २ लाख रुपैंया विकास निर्माणमा खर्च गर्न पाउनेछन् । पालिकामा १७ जना कार्यपालिका सदस्य छन् । त्यस्तै पालिका भित्रका किसानले प्रतिलिटर दुधमा पाँच रुपैँया अनुदान पाउने छन् ।आफ्नो जमिनमा खेति गर्न नसक्ने अवस्था आएको जानकारी गराउने किसानको खेत बारीमा खेती लगाउन पालिकाले सहजीकरण गर्ने भएको छ । सामुदायिक विद्यालयमा आपतकालिन शिक्षकको व्यवस्था गर्ने, सुत्केरी भेटघाट कार्यक्रम पालिकाले सुरु गरेका नयाँ कार्यक्रम रहेका छन् ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

  • पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द

  • खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई

  • कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित


  • ग्लोबल अपडेटथप

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News

    पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द

    purbaaraniko-mk

    खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई

    Run News

    कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित

    Mohan basnet1686494341
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution