• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ श्रावण ५, मंगलबार | Tuesday, 21, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

बलेफीले ल्यायो ४७ करोड ६ लाखको बजेट

ग्लोबलपाटीप्रकाशित मिति: २०८० अषाढ ७, बिहिबार (३ साल अघि)
  • ९९० पाठक संख्या
  • Balephi Bujet

    बलेफी । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले बिहीबार नयाँ आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

    बलेफी गाउँ पालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि कूल ४७ करोड ६ लाखको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १३औं गाउँ सभा मार्फत बजेट पारित गरेसँगै बलेफी बागमती प्रदेशमै नीति, कार्यक्रम तथा बजेट ल्याउने पहिलो गाउँपालिका बनेको दावी गरिएको छ ।

    गाउँपालिकाले खाडिचौरस्थित सभाहलमा आयोजना गरेको गाउँ सभामा संघीय सांसद माधव सापकोटाले पालिकाले समयमै सहमतिमा नीति, कार्यक्रम तथा बजेट ल्याएकोमा खुसी व्यक्त गरे । संघीय संसदमा हुने बजेट निर्माण र छलफलको अभ्यासको जानकारी गराउँदै उनले स्थानीय सरकारको कामको प्रशंसा गरे । उनले नमूना वडा निर्माण, कृषिलाई प्राथमिकता लगायतका विषयले स्थानीय किसानलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    गाउँ सभाका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले गाउँ सभामा उपस्थित भएर संघीय सांसदले हौसला बढाएकोमा खुसी व्यक्त गरे । गत वर्ष गाउँ कार्यपालिकामा सहमति जुट्न नसक्दा नीति, कार्यक्रम तथा बजेटमा भएको ढिलाईबाट पाठ सिकेका अध्यक्ष तामाङले यस पटक समयमै गाउँ सभाको तयारी गरेका थिए । सोही अनुसार गाउँ कार्यपालिका सदस्यहरुबाट सहयोग भएकोमा उनले धन्यवाद दिए ।

    गाउँपालिका उपाध्यक्ष सरु तामाङले आगामी बर्षका लागि समयमै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न पाउँदा गर्व महसुस भएको बताइन् । गत बर्ष बजेट ल्याउन भएको ढिलाइका कारण लिजामा कम अंक आएपछि समयमै कार्यक्रम गर्न पालिकाको सिंगो समूहले तयारी गरेको थियो । गाउँ सभामा प्रतिवद्धता जनाउन उपस्थित आठ वटै वडाका वडा अध्यक्षले पहिलो वर्षको सिकाइबाट समयमै बजेट ल्याउन लागि परेको बताए ।

    लिजामा कम अंक आएपछि समयमै लागेको वडा नं १ का अध्यक्ष हुपबहादुर खड्काले बताए । समयमै काम गर्न अग्रसर बनेका वडा नं. २ का छविलाल न्यौपानेले सहमतिमा जोड दिए । वडा नं ४ का अध्यक्ष सूर्य तामाङले कृषि क्षेत्रमा बजेटले ध्यान दिनु पर्नेमा जोड दिए । वडा नं ६ का अध्यक्ष तेजबहादुर पराजुलीले समयमै पालिकाले काम गर्न पाएकोमा खुसी व्यक्त गरे । वडा नं ८ का अध्यक्ष रमेशकुमार श्रेष्ठले आफ्नै भेषभुषामा उपस्थित भएर स्थानीय सरकारको महत्व झल्काएका थिए ।

    नयाँ नीति, कार्यक्रम तथा बजेट अनुसार बलेफीका प्रत्येक कार्यपालिका सदस्यले जनही २ लाख रुपैंया विकास निर्माणमा खर्च गर्न पाउनेछन् । पालिकामा १७ जना कार्यपालिका सदस्य छन् । त्यस्तै पालिका भित्रका किसानले प्रतिलिटर दुधमा पाँच रुपैँया अनुदान पाउने छन् ।आफ्नो जमिनमा खेति गर्न नसक्ने अवस्था आएको जानकारी गराउने किसानको खेत बारीमा खेती लगाउन पालिकाले सहजीकरण गर्ने भएको छ । सामुदायिक विद्यालयमा आपतकालिन शिक्षकको व्यवस्था गर्ने, सुत्केरी भेटघाट कार्यक्रम पालिकाले सुरु गरेका नयाँ कार्यक्रम रहेका छन् ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution