• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

शब्द सारथिले मनायो २१०औँ भानु जयन्ती

ग्लोबलपाटीप्रकाशित मिति: २०८० अषाढ २९, शुक्रबार (३ साल अघि)
  • ८१२ पाठक संख्या
  • Bhanu

    चौतारा । सिन्धुपाल्चोकको चौतारामा हरेक शुक्रबार सञ्चालन हुँदै आएको शब्द सारथिको सुन्ने सुनाउने शृङ्खलामा यसपटक आदिकवि भानुभक्त आचार्यलाई सम्झना गरिएको छ ।

    नियमित साहित्य सिर्जना सुन्ने सुनाउने साप्ताहिक शृङ्खला सञ्चालन गर्दै आएको शब्द सारथिले आचार्यको २१०औँ जन्मजयन्ती अवसरमा ‘१ सय ४७औं भानु विशेष शृङ्खला’ सञ्चालन गरेको हो । चौताराको शहीदचोक स्थित कञ्चन स्मृतिग्राम पुस्तकालय सञ्चालन गरिएको शृङ्खलामा स्रष्टाहरुले आदिकवि भानुभक्तलाई समर्पित गर्दै कविता वाचन गरेका थिए ।

    ‘नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ’, शृङ्खला सञ्चालनको सुभारम्भ गर्दै शब्द सारथिका सचिव सुन्दर शिरीषले भने– ‘भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता हो ।’

    विशेष शृङ्खलामा शब्द सारथिका अध्यक्ष अमित घिमिरेले भानुभक्तको सिर्जना र व्यक्तित्वको बारेमा चर्चा गरेका थिए । आफ्नो सिर्जनासहित संक्षिप्त मन्तव्य राख्दै घिमिरेले नेपाली भाषालाई लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेलेका आदिकविबारे प्राज्ञिक रुपमा बहस हुनुपर्ने बताए । ‘उहाँले नेपाली साहित्यमा पुर्याएको योगदान बारे प्राज्ञिक रुपमै बहस हुन जरुरी छ’, उनले भने– ‘भानुभक्त साहित्यकारका लागि मात्र प्रेरणाका स्रोत होइनन् । त्यसकारण मातृभाषाको शक्ति एवं महत्व जगाउन पनि आदिकविको सिर्जना र व्यक्तित्वबारे चर्चा परिचर्चा हुनुपर्दछ ।’

    IMG_5612

    कार्यक्रममा कञ्चन स्मृतिग्राम पुस्तकालयका अध्यक्ष, साहित्यकार एवम् पत्रकार सुरेश कजजूले भानुजनन्तीको शुभकामना दिएका थिए । त्यस्तै कवि एवम् अखिल नेपाल लेखक संघ बागमती प्रदेशका उपाच्यक्ष हेमन प्रधान, प्रगतिशील लेखक संघ सिन्धुपाल्चोकका अध्यक्ष निर्मल बस्नेत, कवि एवम् तेक्वान्दो खेलाडि रमेश गुरुङ लगायतका स्रष्टाले कवितामार्फत भानुभक्तलाई सम्झिएका थिए ।

    स्रष्टा, साहित्यकार, सञ्चारकर्मी, बुद्धिजीविको बाक्लो उपस्थितिमा भएको भानु विशेष शृङ्खलामा भानुभक्तकृत कृति ‘रामायण’, ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, लगायत फुटकर रचनाको बारे चर्चा परिचर्चा गरिएको थियो । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनि अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको विभिन्न सोधग्रन्थमा पाईन्छ ।

    शब्द सारथिले हरेक शुक्रबार सुन्ने र सुनाउने साहित्यिक शृङ्खला सञ्चालन गर्दै आएको छ । संस्थाले साहित्यको प्रबद्र्धनको लागि विशेष शृङ्खलाहरु सञ्चालन गर्दै आईरहेको छ । ‘न्यायको लागि कविता’, ‘पर्यटन प्रबद्र्धनको लागि साहित्य’, ‘सिन्धु–दार्जालिङ साहित्य यात्रा’, ‘पोखरेली स्रष्टासँग सिन्धु स्रष्टा,’ ‘सिन्धु साहित्य उत्सव’, ‘स्रष्टा सम्मान’ जस्ता महत्वपूर्ण साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको शब्द सारथिले कविता, गजल, मुक्तक, हाईकु, बालसाहित्य विशेष शृङ्खला समेत सञ्चालन गरेको जनाएको छ ।

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution