• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ फागुन २३, शनिबार | Saturday, 07, Mar, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

फोनिजद्वारा १२ बुँदे ‘चौतारा घोषणापत्र’ जारी

ग्लोबलपाटीप्रकाशित मिति: २०८० श्रावण २६, शुक्रबार (२ साल अघि)
  • ८५३ पाठक संख्या
  • Fonij 11

    चौतारा । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशले २४औं फोनिज स्थापना दिवस १२ बुँदे चौतारा घोषणापत्र जारी गर्दै सम्पन्न गरेको छ ।

    शुक्रबार सिन्धुपाल्चोक जिल्लाको चौतारामा सम्पन्न (फोनिज) बागमती प्रदेश (नेवा–ताम्सालिङ) समितिको आयोजना र फोनिज सिन्धुपाल्चोकको व्यवस्थापनमा २९औं विश्व आदिबासी दिवस तथा फोनिजको २४औं स्थापना दिवसको अवसरमा नेपालको आदिबासी जनजाति आन्दोलन र फोनिजको भूमिका विषय अन्तक्रिया कार्यक्रम गरी मनाइएको हो ।

    घोषणापत्रमा समानुपातिक विज्ञापन प्रणाली तीनै तहमा लागु गर्नुपर्ने, जनजाति पत्रकारहरुको वृत्तिविकासमा जोड दिनुपर्ने, पत्रकार महासंघले पत्रकार शुद्धिकरण अभियानमा आदिवासी जनजाति भएकै कारण विभेद गर्न नहुने, जनजातिको मैलिक संस्कृतिमाथी कसैले धावा बोल्न नपाईने लगायतका विषय समेटिएका छन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठले नेपालमा भएका सामाजिक, राजनीतिक परिवर्तनको उतारचढाबमा आदिवासी जनजातिहरुले अतुलनिय योगदान रहेको औंल्याएका छन् । उनले जनजातिहरुले सदियौं वर्षदेखि आफ्नो अस्तित्व रक्षा, आफ्नो भाषा संस्कृति, परम्परा जोगाउनको निम्ति संगठित रुपमा होस् वा असंठनिक रुपमा आदिवासी जनजातीहरुको त्याग तपस्या, बलिदानले नै समानुपातिक, समावेसी तथा धर्मनिरपेक्ष संघिय लोकतान्त्रीक गणतन्त्र राज्य संरचना स्थापित भएको जनाएका छन् ।

    ‘आयातित भाषा धर्म, संस्कृतिको प्रभावका कारण ओझेलमा पर्दै गएको जनजातिहरुको आफ्नो पहिचानसहितको राज्य संरचनाको निम्ति एक जुट भई आफ्नो भाषा, धर्म संस्कृति, परम्परा र अस्तित्वको संघर्षमा निरन्तर लागिरहनु पर्ने देखेको छु,’ उनले भने ।

    यसैगरी फोनिज स्थापना दिवसको अवसरमा सिन्धुपाल्चोक जिल्लामा रही लामो समयसम्म पत्रकारीता पेशा गरिरहेका अग्रज जनजाति पत्रकार ङेम्लिङ लामा सम्मानित भएका छन् । लामाले सम्मान पत्रका साथै नगद रु. पाँच हजार सम्मान स्वरुप प्रप्त गरेका छन् । भने कार्यक्रममा विभिन्न जिल्लामा उपस्थित अतिथिहरुलाई सिन्धुपाल्चोक जिल्ला अध्यक्ष लालकाजी तामाङले मायाँको चिनो प्रदान गरेका थिए । कार्यक्रम फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution