• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ ११, बुधबार | Wednesday, 25, Jun, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • २पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ३खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ४कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ५लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु
  • ६सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया
  • ७बोलेरो दुर्घटनामा १२ जना घाइते, दुई गम्भीर
  • ८चौताराले जित्यो ३० स्वर्ण

सुशासन विना समृद्धि सम्भव छैन: तामाङ

ग्लोबलपाटीप्रकाशित मिति: २०८० भाद्र ८, शुक्रबार (१ साल अघि)
  • १२९४ पाठक संख्या
  • Arun

    २०३९ सालबाट मोहनविक्रम नेतृत्वको नेकपा मसालबाट राजनैतिक यात्रा सुरु गरि २०५६ मा मसालबाट विद्रोह गरि सिन्धुपाल्चोक जिल्लामा विद्रोही मशाल हुँदै २०५७ मा तत्कालिन नेकपा (माओवादी)को दोस्रो राष्ट्रिय सम्मेलनबाट एकता हुदैं तत्कालिन नेकपा माअवादी पार्टीको होलटाइमर कार्यकर्ता हुदैँ हाल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य लालकान्छा तामाङ ‘अरुण’सँग सहकर्मी मिलन लामाले समसामयिक विषयमा गरेको कुराकानीः

    दिनहरु कसरी बितिरहेको छ आजकाल ?
    केन्द्रीय समितिको बैठकले ‘जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान’ तीन महिने अभियानको निर्णयसहित पार्टी सुदृढीकरण र जनसम्बन्ध सुदृढ सम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ । अहिले यहि अभियानको तयारीमा लागिरहेको छु ।

    अहिलेको माओवादी आन्दोलनलाई कसरी हेर्नुभएको छ ?

        वीर विरङ्गनाहरुको रगत पसिनाको जगमा आजको संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको हो

    माओवादी जनयुद्ध नेपालको तत्कालिन वस्तुगत परिस्थितिको माग थियो । तदानुरुप तात्कालिन ने.क.पा.(माओवादी) को नेतृत्वमा ०५२ साल फाल्गुन १ गतेबाट महान जनयुद्धको शंखनाद भयको थियो । तात्कालिन राजनीतिक दलहरु निरङ्कुश राजतन्त्रको छत्र छायाँमा आफ्नो दुनो सोझ्याउने काम वाहेक जनअधिकारको सम्बन्धमा सिन्को भाँच्दैनथ्यो । तसर्थ देशको अधिकांस ग्रामीण भूगोल स्वभाविक रुपमा माओवादीमय भएको थियो । जन अधिकार प्राप्तिको लडाईंमा सिंगो नेपाली जनताले साथ दिएको थियो । त्यो महा–अभियानमा हामीले मृत्यु या मुक्तिको कसम खाएर हामफाल्यौं । जनयुद्धको क्रममा हजारौं योद्धहरुले बलिदान गरे । हजारौं घाइते अपाङ्ग र कयौंको संख्यामा अहिले पनि वेपत्ता अबस्थामा छन् । जेल नेल र यातना खेपेका नेता कार्यकर्ताहरु आज पनि निरन्तर संघर्षमा छन् । तिनै वीर विरङ्गनाहरुको रगत पसिनाको जगमा आजको संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको हो । छोटकरीमा मैले यहि यथार्थलाई बुझेको छु ।

    तपाईं माओवादीमा किन र कसरी होमिनु भयो ? प्रष्ट्याईदिनुस् न ।
    मेरो राजनीतिक यात्रा मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट शुरु भएको हो । २०३९ सालबाट शुरु गर्दै ०५६ मा आईपुग्दा उक्त पार्टीबाट क्रान्ति सम्भव छैन भन्ने निष्कर्षमा पुगें । त्यहि सिलसिलामा ०५६ सालमा मसाल पार्टीबाट विद्रोह गरी जिल्लामा मेरो नेतृत्वमा विद्रोही मसाला गठन गरियो । र २०५७ सालमा तात्कालिन ने.क.पा.(माओवादी) को ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलनमा पार्टी एकता प्रकृयाबाट प्रतिनिधिको रुपमा सहभागी हुने अप्सर पाएँ । त्यसपछि पार्टीको होलटाईमर भयर हिंडेको हो । देशमा अन्याय अत्याचार र वेथितिले सीमा नाघी सकेको थियो । आफुलाई क्रान्तिकारी भन्न रुचाउने राजनीतिक दलहरु मूख्यतः कम्युनिष्ट भन्नेहरु आन्दोलन र सम्झौताको गोलचक्करमा फसिरहेको अवस्थामा भोका, नांगा जनताको वास्तविक प्रतिनिधित्व गर्ने एक मात्र क्रान्तिकारी कम्युनिष्ट पार्टी ने.क.पा.माओवादी हो भन्ने चेत खुल्न थालेपछि माओवादी जनयुद्धमा हामफालेको हो ।

    तपाईं माओवादी जनयुद्धमा होमिएको एक योद्धा हुनुहुन्छ, युद्धका दिनहरुअहिले कसरी स्मरण गर्नुहुन्छ ?
    जनयुद्धका त्यो दिनहरुलाई सम्झिदा आज गर्व अनुभूति हुन्छ । हुन त प्रत्येक क्षण र दिनहरु निकै कहालीलाग्दो थियो । हजारौं शहीद तथा वेपत्ता योद्धहरुलाई सम्झिदा र आफुले भोगेको जेल नेल, यातना शिविरहरुमा विताइएका कालारात्रीहरुलाई सम्झिदा निकै कठिन र कहाली लाग्दो नै थियो । तर युगौंदेखि जरा गाडेर बसेको सामन्तवादको मूख्य प्रतिनिधि संस्था निरंकुश राजतन्त्र फालेर आजको गणतन्त्र ल्याउने महान जनयुद्ध लड्न पाउनु हाम्रो पुस्ताका लागि धेरै ठूलो अप्सर हो भन्ने बुझेको छु । हामी आफु जलेर अरुलाई उज्यालो दिन सक्नु नै महानता हो । सायद् हामीले नलडेको भए यो देशमा कुनै महिला राष्ट्रपति हुने थिएन, कुनै मधेशको छोरा राष्ट्रपति उप–राष्ट्रपति हुने थिएन ।

    हामीले ल्याएको ब्यवस्थामा आज महिला, दलित, जनजाति, पिछडीएको वर्ग र क्षेत्रबाट राज्यको माथिल्लो तहदेखि तल्लो तहसम्म अति सुन्दर ढंगले प्रतिनिधित्व भएको देख्न सकिन्छ । यहि हो हामीले लडेर प्राप्त गरेको सबै भन्दा ठूलो उपलब्धी । त्यसैले विगत, इतिहास कठिन, दर्दनाक र कहाली लाग्दो भए पनि आज गर्व महसुस भैरहेको छ ।

    जनयुद्धको समयमा भोगेको अविस्मरणीय घटना वा परिस्थिति केहि छ त ?
    अविस्मरणीय क्षणहरु धेरै छन् ति मध्ये तात्कालिन शाही सेनाको कब्जामा पर्दाको क्षण अविस्मरणीय छ । शाही सेनाको कब्जामा परे पछि जलेटार ब्यारेकमा राखेर यातना दिने क्रममा यातना खप्न मलाई निकै कठिन भयो । त्यो क्षणमा मैले आफु मरेको नाटक गरेर यातना दिनेहरुलाई छक्काए पछि बल्ल मलाई मेडिकलमा लगेर केहि उपचार र आराम गराएका थिए । संघर्षको कठिन घडीमा आवश्यक पर्दा सास गएको नाटक गर्न पनि सक्दा रहेछ भन्ने अनुभव भयो । त्यो क्षण मेरो लागि एकदमै अविस्मरणीय छ ।

    तपाईंको पार्टीको नेता कार्यकर्ताहरु शान्ति प्रकृयामा आइसकेपछि सांस्कृतिक, आर्थिक र राजनैतिक दृष्टिकोणले स्खलन भए भन्ने आरोप पनि छ, खास के हो ?
    समग्रतामा होइन, प्रतिशतमा भन्नु पर्दा मेरो बिचारमा ३० प्रतिशत नेता कार्यकर्ताहरु बिग्रेकै हो । तर बाँकी ७० प्रतिशत नेता कार्यकर्ताहरु निरन्तर क्रान्तिको पक्षमा छन् । क्रान्तिको एउटा चरण पार गरिसक्दा केहि नेता कार्यकर्ता विचार, सिद्धान्तबाट च्युत हुनु र स्खलित हुनु स्वभाविक कुरा हुन्छ । मूख्य कुरा चाहिँ पार्टीले राजनीतिक बिचारधारा छोड्यौ कि छोडेन भन्ने हो । राजनैतिक विचारधारालाई देश, काल र वस्तुगत परिस्थिति अनुसार समृद्ध बनाउदै विचारलाई संगठनमा र संगठनलाई विचारमा परिस्कृत गर्ने कुरा महत्वपूर्ण हुन्छ । यसको लागि नेतृत्वको भूमिका प्रमुख र प्रधान हुन्छ । हाम्रो पार्टीको चौथो पूर्ण बैठकमा आठौं राष्ट्रिय महाधिवेशनकै निरन्तरताको रुपमा अध्यक्ष कमरेड प्रचण्डको राजनीतिक प्रतिवेदन आएको छ । समग्रतामा हेर्दा हाम्रो पार्टी नेतृत्व र राजनीतिक विचारधारा सहि छ । अब सहि विचार र गतिशील पार्टी नेतृत्वको जगमा पार्टी पुनःनिर्माण हुन्छ ।

        सहि विचार र गतिशील पार्टी नेतृत्वको जगमा पार्टी पुनःनिर्माण हुन्छ ।

    माओवादी केन्द्रको अगामी मुद्धा, आन्दोलन के हो ? तपाईंहरुको पार्टी अब कसरी अगाडी बढ्नुहुन्छ ?
    संविधानत हामी समाजवाद उन्मुख छौं । संविधानको यिनै बुँदामा टेकेर समाजवादको यात्रा तय गर्छौ । तर त्यसको लागि सर्वप्रथम समाजवादी आन्दोलनको नेतृत्व गर्न योग्य पार्टी निर्माण गर्न आवश्यक छ । पार्टीका नेता कार्यकर्ताले समाजवादी आन्दोलनको लागि विचार सिद्धान्तको दृष्टिले आफुलाई सुयोग्य बनाउन अति आवस्यक छ । केन्द्रीय समितिको चौथो पूर्ण बैठकले यहि संकल्प गरेको छ । तसर्थ आजसम्म कसैले नहिँडेको अथवा कुनै डोव समेत नभएको नितान्त नयाँ बाटो नेपाली मौलिकतामा समृद्धिसहितको समाजवादको दिशामा पार्टी अघि बढ्छ ।

    अहिले प्रचण्ड नेतृत्व सरकारले गरिरहेको कामलाई कसरी हेरिरहनु भएको छ ?
    भ्रष्टचार विरुद्धको महाअभियान र सुशासन कायम गर्न पार्टी अध्यक्ष कमरेड प्रचण्ड नेतृत्वको सरकारको काम उत्कृष्ट छ । सरकारको राम्रो काम देखेर प्रमुख प्रतिपक्ष र विपक्षहरु सबै नराम्रोसँग तिल्मिलाएका छन् । विगतमा राज्यको उच्च तहमा बसेर राज्यलाई नै दोहन गर्ने र संगठित रुपमा भ्रष्टचार र कुकर्म गर्नेहरु बढी विक्षिप्त भएका छन् । सुशासनको क्षेत्रमा प्रचण्ड सरकारले आजसम्म कुनै सरकारले गर्न नसकेको काम गरेका छन् । सरकारले गरेको राम्रो कामप्रति जनताको साथ र समर्थन बढिरहेको अवस्था छ । सुशासन विना समृद्धि सम्भव छैन । तसर्थ सुशासनसहितको समृद्धि प्रचण्ड सरकारको लक्ष हो भन्ने बुझेको छु ।

  • अन्तर्वार्ता
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्वार्ता सम्बन्धि थप
  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

  • पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द

  • खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई

  • कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित


  • ग्लोबल अपडेटथप

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News

    पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द

    purbaaraniko-mk

    खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई

    Run News

    कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित

    Mohan basnet1686494341
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution